काठमाडौं । विभिन्न विद्यालयबाट २०८० सालको एसईईमा सहभागी हुने विद्यार्थीहरूका लागि एक दिने सचेतना कक्षा सञ्चालन गरिएको छ । लिडर्स फरएजुकेसन एण्ड डेभलपमेन्ट सोसाइटी, नेपाल (लिड्स) ले शनिबार सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले नगरपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । एसईईमा सफलता प्राप्त गर्न नियमित तालिका बनाएर अध्ययन गर्न र शिक्षक शिक्षिकाहरुको निर्देशन अनुसार आफ्नो पढाइलाई अगाडि बढाउन उहाँले विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।

आयोजक संस्था लिड्स नेपालका अध्यक्ष एवम् फेरिल्याण्ड स्कुलका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले संस्थाको उदेश्यमाथि प्रकाश पार्दै २१ शौं शताब्दीमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, लिड्स नेपालका उपाध्यक्ष गणेश मिश्रले स्वागत गर्दै विद्यार्थीहरुको चौतर्फी विकासका लागि कार्यक्रम फलदायी हुने कुरा विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बूढानीलकण्ठ क्षेत्रमा रहेका फेरिल्याण्ड इन्टरनेसनल स्कुल, त्रिज्योती स्कुल, जुगल नवगुरुकुल, सेन्ट जेभियर स्कुल, नव ज्ञानभूमि स्कुल, सेन्ट जोसेफ स्कुल, स्कलर्स होम स्कुल, हिमालय इंग्लिस स्कुल, मञ्जरी स्कुल, नेसनल युनाइटेड स्कुल, प्रशान्ति एकेडेमी लगायतका २०८० सालको एसईई दिने विद्यार्थीहरू सहभागी थिए ।
नेसनल युनाइटेड स्कुलमा आयोजना भएको सो कार्यक्रमको सञ्चालन लिड्स नेपालका सचिव रूपक (जिवी) लामिछानेले गर्नु भएको थियो ।