• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

के गर्दै छ मानव मस्तिष्क ?


  •   बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
  • भीष्म जोशी ##

    Advertisement

    हामीले अहिलेको शताब्दीलाई एक्काइसौँ शताब्दी हो भनेर भन्छौँ । के मानवजातिको सुरुआत भएको २१०० वर्ष मात्र भएको होला त ? होइन । अफ्रिकी एप जातिबाट विकसित मानवजाति यो धर्तीमा रहन थालेको सत्तरी हजार वर्षजति भएको छ । बिग ब्याङ सिद्धान्तलाई आधार मान्ने हो भने हामीले बसिरहेको पृथ्वीको उत्पत्ति भएको करिब साढे चार अर्ब वर्ष बितिसकेको छ्र ।

    मानिस सानो शिशु भएर जन्मिन्छ र अन्त्यमा बुढो भएर मर्छ भने जस्तै हामीले बस्ने पृथ्वी पनि साढे चार अर्ब वर्षपहिला जन्मेको हो । यो धतीको जीवनमा आएका विभिन्न उतारचढावका कारण मान्छेको उत्पत्ति सत्तरी हजार वर्षपहिला अफ्रिका महादेशमा भएको एक किसिमको बाँदर प्रजातिबाट भएको कुरा पत्ता लागेको हो । विस्तार विस्तारै हरेक कुरा गतिशील हुन्छ भने झैँ मानव मस्तिष्क पनि विकसित भएर अहिलेको यो अवस्थामा आइपुगेको हो ।

    आजभन्दा करिब बाह्र हजार वर्षपहिला मानव मस्तिष्कले अभूतपूर्व विकास गरेको पाइन्छ । सत्तरी हजार वर्षपहिला देखि मानिसले गर्दै आएको सङ्घर्षका कारण अहिलको यो अवस्थासम्म आइपुगेको हो । मानिसले हजारौँ वर्ष लामो कठिन सङ्घर्षबाट मात्र अहिलेको ज्ञान हासिल गर्न पुगेको हो । मानिसले जङ्गलीयुग, ढुङ्गेयुगमा हजारौँ वर्ष बिताएपछि आजभन्दा करिब बाह्र हजार वर्षपहिला कृषियुगमा प्रवेश गरेसँगै जङ्गली युगमा घुमन्ते जीवन बिताइरहेको मानिसले जङ्गली जनावर खाने, फलफूल, कन्दमुल तरुल, बोटबिरुवाका पात खाने अवस्थाबाट अभूतपूर्व क्रान्ति गर्न सफल भयो र उसले कृषियुगमा प्रवेश गरेर कृषिखेती गर्न सिक्यो । खेती गर्न सिक्नु, आगोको आविष्कार गर्नु, पशुपालन गर्न सिक्नु त्यतिखेरको कम अभूतपूर्व सङ्ज्ञानात्मक क्रान्ति थिएन त्यो । यसले गर्दा हजारौँहजार मानिसले खान पाए भने शासकले बलिया सैनिकलाई खाना खुवाउन पुगे । यसले गर्दा मानवजातिमा खुसियाली छायो । यही खुसियालीका कारण मानिस प्रकृतिको पूजा गर्न सुरु गर्‍र्यो । प्रकृतिका हरेक चिजवस्तु ढुङ्गामाटो, पानी, आगो, तलाउ, नदी, जनावरको पूजाप्रार्थना गर्न थाल्यो । यो चरण आजभन्दा करिब छ हजार वर्षपहिला सुरु भएको पाइन्छ । यस सँगसँगै समाजमा धनी र गरिबबिचको खाडलको पनि सुरुवात भएको पाइन्छ ।

    मानिसले मन्दिर बनाउन सुरु गर्‍यो । देवताको सिर्जना गर्‍यो । देवताको सिर्जना गरेसँगै आफ्ना आफ्ना देवताको पूजाप्रार्थना गर्न थालियो । मन्दिरलाई जग्गादान, सम्पत्तिदान गर्न थालियो । प्रार्थनास्थल राजनैतिक जमघटको केन्द्र बन्न थाले । धार्मिकस्थल आर्थिक–सामाजिक केन्द्रसमेत बन्न थाले । धार्मिकस्थलमा आर्थिक गतिविधि बढेसँगै पुजारी, मन्दिरका भण्डारको रक्षा गर्न कर्मचारी रहन थाले । यही बेलादेखि मानिसले ईश्वरमा विश्वास गर्न थालेको हो ।

    आजभन्दा करिब चार हजार वर्षपहिला मानिसले पैसाको आविष्कारसमेत गर्‍यो । स्रोतसाधन विनिमयको साधन मुख्य बन्न पुग्यो पैसा ।
    ज्ञानको क्षेत्रमा पनि श्रुतिस्मृतिमा चलिरहेको परम्परागत ज्ञानमा लेखनको सुरुवात भयो । मानिसले लेख्न सिक्यो । मानिसले आफ्नो विचार विनिमय गर्न चराका प्वाखले पात वा रुखका बोक्रामा लेख्ने गर्न थाल्यो । पछि तामालगायतका धातु र ढुङ्गामा समेत लेख्न थालियो । यो मानव मस्तिष्कको अर्को नयाँ क्रान्ति थियो ।

    सानो भूगोल वा केन्द्रमा मात्रै सीमित ठानेको मानिसले काठको डुङ्गा बनाउन सिक्यो । डुङ्गाले नदी तलाउ र समुद्रमा पौडिन सिक्यो । मानिसले यसरी आफ्नो मस्तिष्कमा नयाँ नयाँ परिवर्तन गर्दै आयो र आजको यो अवस्थामा आइपुगेको हो ।

    अहिलेसम्म आइपुग्दा मानिसले समुद्रमाथि ठुला ठुला भवन, समुद्रभित्र सुरुङमार्ग निर्माण गर्न पुग्यो । मानिसले भीमकाय पानिजहाज बनायो । दिशानिर्देशक यन्त्रले विशाल समुद्रमा दिशा बताउन थाल्यो । यो सँगसँगै यातायातका साधनका साथसाथै अत्याधुनिक रकेटको माध्यमबाट चन्द्रमा र अन्तरिक्षसम्म पुगेको छ ।

    मानिसले अरू सबै प्राणी जातिमाथि शासन गर्न सफल बन्यो । भीमकाय हात्ती, जङ्गलको राजा सिंहसमेत लाई चिडियाखानामा कैद गर्न सफल भयो । समुद्री जीव ह्वेलमाछासम्म माथि शासन गर्न पुग्यो मानिस ।

    मानिसले मानव स्वास्थ्यको क्षेत्रमा यस्तो चमत्कार गर्‍यो कि सुँगुर, बाँदरलगायतका जनावरको अङ्ग मानव शरीरमा प्रत्यारोपण गर्न सफल बनेको छ । अहिले मानवका संवेदनशील मानिएका अङ्गहरू मुटु, कलेजो, मिर्गौलालगायतका अङ्ग प्रत्यारोपण गरेर मानिसको बिमार निर्मूल पार्ने दिशामा अगाडि बढिरहेको छ । अहिले मानिसको शरीरभित्र रहेका प्रत्येक ३७ खर्बभन्दा बढी कोषिकाको सूक्ष्म अध्ययन गरिरहेको छ चिकित्सा विज्ञानले ।

    मानिसले परमाणुसमेत लाई विभाजन गरी त्यो भित्रको सूक्ष्म गडपार्टिकलको अध्ययन गरी ऊर्जाको असीमित र अजेय स्रोतको खोजमा तल्लीन छ । सामान्य आँखाले पल्लो डाँडासम्म मात्रै हेर्ने आँखाले अत्याधुनिक टेलिस्कोपको माध्यमबाट आकाशगङ्गाको सूक्ष्म परिवर्तनको अध्ययन गरिरहेको छ । अर्कोतिर, खाद्यान्नको क्षेत्रमा जेनेटिक इन्जिनियरिङको माध्यमबाट आवश्यक खाद्यान्न उत्पादन गरिरहेको छ । जनावरको उत्पादन र उत्पादकत्वको क्षमतामा अभूतपूर्व प्रगति गरेको छ । यो अवस्थासम्म आइपुग्दा सामान्य अफ्रिकन बाँदरबाट यो अवस्थाको मस्तिष्क निर्माण गर्न सत्तरी हजार वर्ष लामो समय समय खर्चेको छ ।

    हामी अहिले एक्काइसौँ शताब्दीको तेस्रो दसकमा बाचिरहेका छौँ । तेस्रो दसकसम्म आइपुग्दा इन्टरनेटको सञ्जाल र कम्प्युटरको दुनियाले सञ्चार प्रविधिमा अत्याधुनिक फड्को मारेको छ । गुगल, माइक्रोसफ््ट, फेसबुक, एमेजोनलगायतका कर्पोरेसनले मानिसलाई हरेक कुरामा सजिलो बनाइरहेका हुन्छन् । मानिसका हरेक गतिविधिको कुशल निगरानी गर्ने बनेका छन् यी सञ्जाल ।

    हाम्रा हरेक क्रियाकलाप र काम अब बौद्धिक कृत्रिमता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) ले गर्ने भएको भएको छ । सामान्य घरायसी कामदेखि अत्याधुनिक रकेट चलाउनेसम्मका काम एआईले गर्ने अवस्थाको सिर्जना भएको छ । मानिसले गर्ने हरेक काम एआईले गर्ने हुने हुँदा अबको दसकपछि मानिस कामविहीन बन्न जाने र बेरोजगारी बढ्ने खतरा रहेको कुरा अनुसन्धानले बताइरहेका छन् ।

    बिसौँ शताब्दी वा आजभन्दा दुई दसकअगाडिको शताब्दीमा मानिस युद्धको सिकार बनिरहेको थियो । दुई ठुला विश्वयुद्ध बिसौँ शताब्दीले व्यहोर्नपर्‍यो । औपनिवेशिक युद्ध, कम्युनिस्ट आन्दोलनलाई दबाउने युद्ध, शक्तिराष्ट्रबिचका युद्ध आदिका कारण करोडौँ मानिसले ज्यान गुमाउनुपर्‍यो । दोस्रो– भोकमरीका कारण करोडौँ मानिसको ज्यान गयो । तेस्रो– विश्वव्यापी महामारीका कारण करोडौँ मानिसको ज्यान गयो । अहिले एक्काइसौँ शताब्दी बिसौँ शताब्दीभन्दा अकल्पनीय रूपले अगाडि बढेको छ ।

    अहिले मानिसले युद्ध गर्नेलाई घृणा गर्ने स्थिति सृजना हुन थालेको छ । अब मानिस आफ्नो मृत्युको कारणलाई प्राविधिक मान्ने अवस्था सृजना भएको छ । प्राविधिक पक्षको समाधान गर्ने दिशातर्फ विज्ञान अगाडि बढिरहेको छ । आजभन्दा आधा शताब्दीअगाडि मानिसको औसत आयु अहिलेको भन्दा आधा कम थियो । त्यसैगरी अबको पचास वर्षपछाडि मानिसको औसत आयु एक सय पचास वर्ष पुर्‍याउने दिशातिर विज्ञान अगाडि बढिरहेको छ । विज्ञानका यी चामत्कारिक उपलब्धिले मानव जीवनलाई थप ऊर्जाशील, सुखमय र आनन्ददायी बनाउने छ ।

    विज्ञानको यो चमत्कार एकातिर भइरहेको छ भने अर्कातिर मानिसले मानिसको शोषण गरिरहेको छ । अहिलेको विश्वमा जति आर्थिक असमानता विश्व इतिहासमा सायदै थियो होला । विश्वका करिब ६५ धनाढ्यको सम्पति विश्वका आधाभन्दा बढी जनसङ्ख्याको सम्पत्तिभन्दा बढी रहेको कुरा तथ्याङ्कले बताइरहेका छन् । दुई अर्बभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि बस्न विवश छ । जटिल मानिएका बिरामीको उपचार तिनीहरूको लागि पहुँचभन्दा बाहिरको विषय बनेको छ । विज्ञानका नयाँ खोजको उपभोग पनि गरिबका लागि “आकाशको फल आँखा तरी मर” सरह भएको छ । यसले मानवबिच डरलाग्दो असमानता र विभेदको सृजना गरेको छ । अब एकातिर, सबै कामदारले रोजगारी गुमाउने र कामविहीन बन्ने हो भने कस्तो अवस्था को सृजना हुने हो भन सकिने अवस्था छैन ।

    त्यसैले मानव मस्तिष्कले आविष्कार गरेका नयाँ वैज्ञानिक उपलब्धिलाई मानवजातिले समान रूपमा कसरी उपभोग गर्न पाउँछन् । त्यतापट्टि मानव मस्तिष्कले काम गर्न जरुरी देखिन्छ ।

    वैज्ञानिक उपलब्धिको प्रयोग समानता र मानवीय दृष्टिकोणको आधारमा गरिनुपर्दछ । यसका लागि पुँजीवादी उदारवादमा चलिरहेको राजनैतिक व्यवस्थामा पनि परिवर्तन गरिनु जरुरी छ । नयाँ उपलब्धिसँगै नयाँ राजनैतिक व्यवस्थाको सुरुआत जरुरी छ । सामाजिक न्याय र समानतामा आधारित मानवकेन्द्रित राजनीतक व्यवस्थाको पनि सुरुआत हुनु जरुरी देखिन्छ । त्यसपछि मात्र मानवजातिले मानव, प्राणी जगत् र हाम्रो साझा एक मात्र धर्तीको संरक्षण गरी सत्तरी हजार वर्षपछिको यो सङ्ज्ञानात्मक क्रान्तिले प्रविधि मानवको सहायतामा यो धर्तीमा मात्र होइन, जसरी आजभन्दा छ हजार वर्षअगाडि काल्पनिक देवताको रचना गरेको थियो, त्यही मानिसले अब यथार्थमा आफै मानिसको ठाउँमा मानवदेवताको स्थान ग्रहण गरी यो आकाशगङ्गामाथि नै शासन गर्ने दिशामा अगाडि बढिरहेको छ । यसरी वैज्ञानिक खोज–अनुसन्धानले मानिसलाई अजर बनाउने दिशामा अगाडि लैजान सक्छ ।

    २०८० मङ्सिर २ गते

    बुधबार, मङि्सर ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.