• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

माल्दिभ्स डुब्ने जोखिममा, बच्न टापु बनाइँदै


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • माले । यसअघि नै पिउने पानीको अभाव भएको हिन्द महासागरको टापु समूह मुलुक माल्दिभ्स समुद्रको बढ्दो जलस्तरले डुब्ने जोखिममा छ यद्यपि मुलुकका नयाँ राष्ट्रपतिले आफूले नागरिकलाई स्थानान्तरण गर्ने योजनालाई खारेज गरेको बताउनुभएको छ ।

    Advertisement

    यसको सट्टा राष्ट्रपति मोहम्मद मुइज्जुले समुद्री स्तरमा रहेको माल्दिभ्सले महत्त्वाकाङ्क्षी भूमिसुधार र उच्च टापु निर्माण गरेर समुद्री छाललाई पराजित गर्ने वाचा गर्नुभएको छ यद्यपि पर्यावरण तथा अधिकार समूहले राष्ट्रपतिको उक्त नीतिले बाढीको जोखिमलाई अझ बढाउन सक्ने चेतावनी दिएका छन् ।

    छुट्टी मनाइने महङ्गो गन्तव्यस्थल माल्दिभ्स आफ्नो सेतो बालुवा भएको समद्री तटहरू निलो–हरियो लगुन र विशाल कोरल चट्टानका लागि प्रसिद्ध छ । यता, एक हजार एक सय ९२ साना टापुको यो देश जलवायु सङ्कटको अग्रपङ्क्तिमा छ र आफ्नो अस्तित्वका लागि सङ्घर्ष गरिरहेको छ ।

    यो महिना सानो मुलुक टुभालुले आफ्नो मातृभूमि प्रशान्त महासागरमुनि हराएपछि आफ्ना नागरिकलाई अस्ट्रेलियामा बस्न पाउने अधिकार दिन एउटा सम्झौतामा हस्ताक्षर गरेको छ ।

    मुइज्जुले भने माल्दिभ्सले त्यस्तो मार्ग अनुसरण नगर्ने बताउनुभयो । ‘म स्पष्ट रूपमा भन्न चाहन्छु, हामीलाई निश्चित रूपमा कुनै पनि मुलुकसँग जमिन खरिद गर्न वा भाडामा लिनुपर्ने आवश्यकता छैन’ उहाँले भन्नुभयो ।

    समुद्री पर्खालले जोखिम भएका क्षेत्रलाई ‘सुरक्षित टापुका रूपमा वर्गीकृत गर्ने छ’ भन्ने सुनिश्चित गर्ने उहाँको भनाइ छ ।

    माल्दिभ्सको ८० प्रतिशत भाग समुद्री सतहभन्दा एक मिटर (तीन फिट) भन्दा पनि कमले माथि छ । किल्ला जस्तै बलियो पर्खालले छाल आउन रोके पनि पर्यटकहरू आउने समुद्री तटीय टापुको भाग्य अनिश्चित छ ।

    नासिदका पूर्ववर्ती मौमुन अब्दुल गयुम सम्भावित ‘मुलुकको मृत्यु’ को घन्टी बजाउने पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँले सन् १९८५ मा जलवायु परिवर्तनसँग सम्बन्धित समुद्रको बढ्दो स्तरबाट उत्पन्न जोखिमका बारेमा संयुक्त राष्ट्र सङ्घलाई चेतावनी दिनुभएको थियो ।

    जलवायु परिवर्तनसम्बन्धी राष्ट्र सङ्घको अन्तरसरकारी प्यानल (आइपिसिसी) ले सन् २००७ मा १८ देखि ५९ सेन्टिमिटर (सात दशमलव दुई देखि २३ दशमलव दुई इन्च) जलस्तरको वृद्धिले शताब्दीको अन्त्यसम्ममा माल्दिभ्सलाई वास्तवमै बस्न नसक्ने बनाउने चेतावनी दिएको थियो । चेतावनीको रातो बत्ती पहिलेदेखि नै चम्किरहेको छ ।

    जमिनमा नुनको मात्रा बढ्दै गएर पिउने पानी दूषित भएपछि आफ्नो मुलुकमा पिउने पानीको अभाव हुने पूर्वराष्ट्रपति गयुमको डर पहिले नै सत्य भएको छ ।

    ‘माल्दिभ्सका हरेक टापुमा ताजा पानी समाप्त भएको छ’ मुइज्जुको सरकार सत्तामा आउनुअघि गत सातासम्म पर्यावरणमन्त्री रहनुभएकी ३८ वर्षीया शौना अमिनाथले भन्नुभयो । (रासस/एएफपी)

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.