टुकबहादुर रामदाम (मस्कट ओमान)
मस्कट ओमानमा नेपाल तामाङ समाजले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।
जिल्ला नुवाकोट म्यागङ गाउँपालिका वडा नम्बर ३ बस्ने रिले तामाङको छोरा तथा नेपाल तामाङ समाज ओमानको केन्द्रीय सदस्य फूलमायाँ तामाङको भाई सुरेश तामाङलाई रु.४४,१२५ रुपिँया सहयोग गरेको हो ।
उहाँ विगत लामो समयदेखी मिर्गौला रोगबाट ग्रसित हुनुहुन्थ्यो र मृगौला पीडितको पारिवारीक आर्थिक अवस्था निकै कम्जोर भएको हुँदा उहाँको थप उपचारको लागि केही राहत होस् भन्ने चाहानाले नेपाल तामाङ समाज ओमानले आर्थिक सङ्कलन गरेको थियो ।
सो, रकम उहाँकी दिदी तथा समाजकी केन्द्रीय सदस्य फुलमायाँ तामाङलाई हस्तान्तरण गरिएको नेपाल तामाङ समाज तथा समाजका अध्यक्ष पासाङ मुक्ताङ तामाङले जानकारी गराउनु भएको छ ।
साथै मुक्ताङ तामाङले सहयोग सङ्कलनमा साथ दिनु हुने समाजका सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गर्दै समाजको तर्फबाट बिरामीलाई पूर्ण सिघ्र स्वस्थ्य लाभको कामना गर्नु भएको छ ।
