• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतका २२ राज्यमा ‘लकडाउन’, पाकिस्तानमा पनि कडिकडाउ


  •   सोमबार, चैत १०, २०७६ मा प्रकाशित
  • काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस संक्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ ।

    Advertisement

    नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।

    भारतको राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि लकडाउन लागु भयो। तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।

    यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म ‘जनता कर्फ्यू’ लागू गरिएको थियो।
    आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गर्‍यो।

    कोरोनाभाइरस संक्रमण भेटिएका स्थानमा ती प्रतिबन्ध लागु हुनेछन्।

    नेपाल–भारत सीमामा के हुन्छ?
    मन्त्रिपरिषद्‌को निर्णयानुसार नेपाल–भारत सीमाबाट सोमवार १० बजेदेखि चैत १६ गतेसम्म यात्रु प्रवेश गर्न पाउनेछैनन्। तर वस्तुको प्रवेशमा कुनै रोक लाग्नेछैन।

    बालुवाटारमा आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधिका लागि नेपालका सबै अन्तर्राष्ट्रिय सीमाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ।

    ‘वस्तुको सीमा वारपार नियमित हुन्छ, यात्रुको मात्र आवागमन मात्र स्थगन गरेका हौँ,’ खतिवडाले भने।

    नेपाल–भारत नाकामा कतै कडाइ, कतै बेवास्ता
    ‘यो संक्रमण धेरै व्यक्तिको आवतजावतबाट र सीमा पार गर्नेबाटै सिर्जना हुने भएकाले अहिले उत्पन्न विषय र छिमेकी मुलुकहरुको हितलाई ध्यानमा राखेर आवागमन स्थगित गर्ने निर्णय भएको हो।’

    सरकारले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एउटा कोष बनाउने निर्णय गरेको छ। त्यसका लागि सरकारले ५० करोड रुपैयाँबाट छुट्याएको छ।

    के हो लकडाउन?
    लकडाउन भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ। अर्थात् कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्।

    भारतमा लागु गरिएको लकडाउन अनुसार त्यहाँ सार्वजनिक यातायात बन्द रहनेछ। तर केही राज्यले भने एकचौथाइ सरकारी बस चल्ने बताएका छन्।

    सबै पसल, स्टोर, कारखाना, वर्कशप, अफिस, गोदाम तथा साप्ताहिक बजार बन्द रहनेछन्।

    एक राज्यबाट अर्को राज्य जाने बस तथा रेल सेवा बन्द गरिनेछन्। साथै सबै धार्मिक तथा सामाजिक कार्यक्रम रद्द गरिनेछन्।

    तर लकडाउनको अवधिमा प्रहरी कार्यालय, अस्पताल, अग्नि नियन्त्रक कार्यालय, जेल, महत्त्वपूर्ण सरकारी कार्यालय तथा सरकारी खाद्यान्न एवम् किराना पसल खुला रहने भारत सरकारले जनाएको छ।

    साथै बिजुली, पानी, इन्टर्नेट ब्याङ्किङ तथा एटीएमजस्ता सुविधा जारी रहनेछन् भने प्रिन्ट तथा इलेक्ट्रोनिक सञ्चारमाध्यमलाई पनि काम गर्न दिइनेछ। पेट्रोल पम्प, औषधि पसल तथा दुग्ध सेवा जारी रहनेछन्।

    भारत सरकारका अनुसार हाल त्यहाँ ३५० जनामा कोरोनाभाइरस संक्रमण पाइएको छ भने सात जनाको ज्यान गइसकेको छ।

    पाकिस्तानमा पनि कडिकडाउ
    यसबीच पाकिस्तानमा अधिकारीहरूले दक्षिणी सिन्ध प्रान्तमा मध्यरातदेखि दुई सातासम्मका निम्ति आवतजावतमा प्रतिबन्ध घोषणा गरेका छन्।

    कराँची तथा उक्त प्रान्तका अन्य क्षेत्रमा मानिसहरूलाई अत्यावश्यक कामका लागि बाहेक घरबाहिर ननिस्कन भनिएको छ।

    पाकिस्तानमा ६८० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। तिनको आधा संख्या सिन्ध प्रान्तमा पाइएको छ।

    श्रीलंकामा प्रहरीले सप्ताहान्तमा लगाइएको कर्फ्यू उल्लंघन गरेकोमा झन्डै ८०० जनालाई प्रहरीले पक्राउ गरेको छ।

    त्यहाँ हालसम्म ८० जनामा संक्रमण भेटिएको छ। बीबीसी

    सोमबार, चैत १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.