कम्पाला । शङ्कास्पद सहयोगी प्रजातान्त्रिक बल (एडिएफ) विद्रोहीले भर्खरै आक्रमण गरेपछि प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) बाट एक हजारभन्दा बढी शरणार्थी युगान्डा भागेको स्थानीय मानवीय संस्थाले जनाएको छ ।
Advertisement
युगान्डा रेडक्रस सोसाइटी (युआरसिएस) ले सोमबार राति शरणार्थीहरू युगान्डाको पश्चिमी क्षेत्र बुन्डिबुग्योको सीमावर्ती जिल्लाबाट प्रवेश गरेको बताएको छ ।
बुन्डिबुग्योका अधिकारीले उनीहरूलाई बुन्डिबुग्योको बुबुकवाङ्गा ट्रान्जिट सेन्टरमा राखिएको जानकारी दिएका छन् । उनीहरूलाई सरकार र अन्य साझेदारले मानवीय सहायता प्रदान गर्न सक्ने प्रवक्ता इरेन नाकासिटाले जनाए ।
नाकासिताले शरणार्थीको आगमनको अभिलेख विधिवत रूपमा दर्ता गरिएको थियो भने घाइतेलाई तत्काल प्राथमिक उपचार प्रदान गरिएको थियो । (रासस–सिन्ह्वा)