काबुल । पाँच हजार ५०० भन्दा बढी अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फर्किएका छन् ।
Advertisement
अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै पाँच हजार छ सय ४० शरणार्थी स्वदेश फर्किएका हुन् ।
त्यस्तै, सोमबार तीन हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको पनि मन्त्रालयले जनाएको छ ।
तथ्याङ्कअनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै सङ्ख्या इरानमा रहेको बताइएको छ ।
विगत दुई महिनामा ४ लाख भन्दा बढी अफगान शरणार्थी मातृभूमि फर्किएका छन् । अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँद याममा फर्किएकालाई अस्थायी आश्रयसहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ । (रासस–सिन्ह्वा)