• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

वालुङ समुदायले फुटुक पर्व मनाए


  •   सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
  • ताप्लेजुङबजार । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा वालुङ समुदायले मात्र मनाउने फुटुक पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् । कृष्णपक्षको द्वितीयादेखि सुरु हुने पर्व औँसीका दिन समापन गरिन्छ ।

    Advertisement

    यो पर्व परापूर्वकालदेखि ताप्लेजुङको आलाङचुङ्गोलाका वालुङ समुदायले मात्र मनाइँदै आएका छन् । पर्व अवलोकनका लागि विदेशी पाहुनासमेत यहाँ आएका पर्व कार्यक्रम संयोजक टाँसी शेर्पाले बताउनुभयो । उहाँका अनुसार बेल्जियमबाट पाँच जना नागरिक आएका थिए ।

    ‘अघिल्लो वर्षमा एक जना आउनुभएको थियो । उहाँलाई यो पर्व मन परेपछि यस वर्ष साथीहरू पनि लिएर आउनुभएको हो‘ शेर्पाले भन्नुभयो ।

    उहाँका अनुसार पर्व अवलोकनका लागि याङ्मा, घुन्सा, लुङ्थुङ, लेलेप, सेकाथुमलगायत बस्तीबाट स्थानीयको उपस्थिति थियो ।

    फक्तालुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु, उपाध्यक्ष विकास साम्रा, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकवीर हाङ लिम्बुलगायतको टोली फुटुक पर्व मनाउन ओलाङ्चुङ्गोला पुगेको थियो ।

    पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्नुका साथै देवनृत्यसमेत देखाउने गरिन्छ । चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने प्रचलन रहेको गाउँपालिकाका अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार घ्यू र तेल लगाई आगो बालेर आगोको रापलाई गुम्बाको धुरी कटाउँदै फुटुक पर्वको समापन गरिन्छ । यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने वालुङ जातिको विश्वास छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठुला देवताको नृत्य देखाउँछन् ।

    लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता र राक्षसबिचको युद्धको अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने प्रचलन रहेको स्थानीयको भनाइ थियो । गाउँलेले रकम जुटाएर मनाइँदै आइएको यो पर्व अहिलेसम्म कुनै वर्ष रोकिएको छैन ।

    फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन छ ।

    ओलाङचुङ्गोलामा करिब चार सय वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक दिकिछ्योलिङ गुम्बा छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई बर्सेनि विशेष रूपमा मनाइँदै आइएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।

    चीन र नेपालको सिमानाका नजिकै रहेको ओलाङचुङ्गोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्दछ । ऐतिहासिक महत्त्व भएकाले यो पर्वलाई संरक्षण र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको भन्दै गाउँपालिकाका अध्यक्ष लिम्बुले पालिकाले यसका लागि आर्थिक सहयोग गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार यस गाउँमा ५५ घरधुरी छन् । यो गाउँ सदरमुकामबाट सवारीसाधन र हिँडेर गरी एक दिनमा पुगिन्छ । (रासस)

    सोमबार, कार्तिक २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.