काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान जापानका नवीन बस्याल र निर्मला आचार्यले “नयाँ संस्कार निर्माण गर्दै मनाऊ तिहार” शीर्षकको सोरठी अडियो एल्बम सार्वजनिक भएको छ ।
नवीन बस्यालको युट्युब च्यानलबाट नोभेम्बर ८, २०२३ का दिन सो अडियो सार्वजनिक भएको हो ।
एल्बममा शब्द र सङ्गीत बस्यालको रहेको छ भने स्वर बस्याल र आचार्यको रहेको छ ।
नारायण दङ्गालले एल्बममा सङ्गीत संयोजन गर्नुभएको छ ।
यस्तो छ गीतको शब्द :
घुम्दै आयो फेरि पनि वर्षदिनको तिहार
गलाभरि फूलको माला टीका निधार
झिलिमिली गाउँघर झिलिमिली सहर
नयाँ संस्कार निर्माण गर्दै मनाऊँ तिहार
आँगनीमा भैली आए डम्फुमादल बजाउँदै
मखमली फूल फुले आँगन सजाउँदै
विकृति र कुरीतिलाई हटाउँ अब सबैले
गलत सन्देश दिने काम नहोस् कसैले
केही गरौँ देशको कुरा नदिनाला बेचेका
दलाल नै हुन् मिलिजुली सीमा मिचेका
सचेत बनौँ ऐ नेपाली आफ्नो माटो जोगाउन
सक्नुपर्छ यही माटोमा सुन फलाउन

