• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कुनै व्यक्ति हुनु र नहुनुले संगठनको लक्ष्य र उद्देश्यमा फरक पार्दैन : अध्यक्ष खनाल


  •   बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
  • नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४५औं स्थापना दिवस मनाएको छ । केन्द्रीय समितिले बदरपुरस्थित समाजको कार्यालयमा र अन्य विभिन्न नगरहरुमा पनि स्थापना दिवसको कार्यक्रम सम्पन्न भएका छन् ।

    Advertisement

    केन्द्रीय समितिको आयोजनामा सम्पन्न ४५औं स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले संगठनको कुनै व्यक्ति छ वा छैन भन्ने कुराले संगठनको लक्ष्य र उदेश्यमाथि कुनै प्रकारको अबरोध नहुने स्पष्ट पानर्जुभयो ।

    ‘आज हामीले भारत व्यापी रुपमा ४५औं स्थापना दिवस मनाइरहेका छौं, तर संगठनका कैयौं स्थांपकहरु जिवित हुनुहुन्न भने भएकाहरु पनि हामीसँग हुनुहुन्न’ खनालले भन्नुभयो, ‘संगठनको कुन व्यक्ति छ वा छैन भन्ने कुराले संगठनको लक्ष्य र उदेश्यमाथि कुनै प्रकारको अबरोध उत्पन्न हुँदैन । ‘मूल प्रवाह’ नै एकता समाजको ‘मूल प्रवाह’ हो ।’

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नै एकता समाजको लक्ष्य र उदेश्यमा नीहित रहेर अगाडि बढिरहेको अध्यक्ष खनालको भनाई थियो ।

    एकता समाजको स्थापना केवल सात जना व्यक्तिहरुको जोड भएको थियो भनिएता पनि त्यसको पछाडि कैयौंले योगदान पुर्‍याउनु भएको थियो । एकता समाजलाई फलाउन फूलाउन स्वदेशबाट आएका कैयौं नेता एवं कलाकारहरुलाई स्थापना दिवसको अवसरमा धन्यवाद प्रकट गर्नुभयो ।

    उहाँहरुले एकता समाज फलाउन फूलाउन पुर्‍याउनु भएको महत्वपूर्ण योगदानलाई सदा स्मरण गरिने अध्यक्ष खनालले बताउनुभयो । संगठन विस्तारका दौरानमा साहदत प्राप्त गर्नुभएका नेता कार्यकर्ताहरु सरोज शर्मा, गंगाधर घिमिरे, जलजला, हरिलाल शर्मा, वाशुदेव भुसाल, लिलानाथ कुशुम, मित्रलाल भुसाल, खड्क बहादुर जिसी, रुकबहादुर केसी लगायतलाई स्थापना दिवसको अवसरमा स्मरण गर्नुभयो । 

    ‘कतिपय व्यक्तिहरुले एकता समाजको स्थापना केवल सामाजिक कार्यका लागि स्थापना गरिएको थियो भन्दै हिँड्ने गरेता पनि वास्तवमा यसको स्थापना राजनीतिक उदेश्यसँग जोडिएर नै भएको हो’ अध्यक्ष खनालले भन्नु भयो, ‘अहिले पनि कतिपय तत्वहरुले एकता समाजलाई लक्ष्य र उदेश्यबाट विचलित बनाउने र आफ्नो निहित स्वार्थ एवं महत्वाकांक्षा पूर्ति गर्ने उदेश्यले सञ्चालन गर्न चाहनेहरुले आफूलाई खाँटी एकता समाज भएको बताउँदै दिगभ्रमित बनाउने कोशिसमा लागेका छन् ।’

    यस्ता तत्वहरुलाई कम्जोर नठान्न पनि आफ्ना कार्यकर्ताहरुलाई अध्यक्षले सचेत गराउनुभयो ।

    ४४औं वर्षको अवधिमा संगठनले भारतमा रहेका नेपालीहरुको बीचमा सामाजिक आन्दोलनको सम्वाहकको साथसाथै एउटा विश्व विद्यालयको रुपमा पनि भूमिकाको निर्वाह गरेको खनालको भनाई थियो ।

    ‘कैयौं व्यक्तिहरुलाई न्याय दिने सावालमा अहिले पनि मूल प्रवाह अग्रपंक्तिमा रहँदै आएको छ । उनीहरुलाई राजनीतिक चेत प्रदान गर्ने सवालमा पनि मूल प्रवाह अनुशासित रुपमा अगाडि बढिरहेको छ’ खनालले भन्नु भयो, ‘अहिले पनि मूल प्रवाह भारतका करिब २५० भन्दा बढि शहरहरुमा अनवरत रुपमा श्रमजीवि नेपालीहरुका बीचमा विभिन्न खाले असामाजिक तत्वहरुलाई परास्त गर्दै अगाडि बढिरहेको छ ।’

    उपाध्यक्ष कपिल खनालको अध्यक्षता र केन्द्रीय सदस्य शिव केसीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञातअज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पछि केन्द्रीय सचिवालय सदस्य धनवीर पुन मगरले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमलाई तराई जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, रक्तिम साँस्कृतिक अभियान केन्द्रीय समितिबाट मीना बुढाथोकी, पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य पिनु थापा मगर, फरीदावाद नगर समितिबाट सूर्यबहादुर क्षेत्री, पूर्वी दिल्ली नगर समितिबाट चक्रसिंह केसी, गुडगाव नगर समितिबाट गोपाल भट्टराई, नयाँ दिल्ली नगर समितिबाट दिनेश पन्थीले शुभकामना दिनुभएको थियो ।

    बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.