• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो


  •   आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    “कामरेड जलजला” उपन्यासको ‘दर्शन, क्रान्ति र बलिदानको महाद्वीप’ शीर्षकको सातौँ भागमा हिटलरको फासिवाद, यहुदीहरूमाथिका बर्बर अत्याचारसित सम्बन्धित केही परिच्छेद छन् । ती परिच्छेदमा हिटलरले यहुदीमाथि गरेका अमानवीय र बर्बर अत्याचारको विस्तृत रूपले वर्णन गरिएको छ । त्यस सिलसिलामा पोल्यान्डमा मात्र ६० लाख यहुदीको हत्या गरिएको थियो भने जर्मनीसहित युरोपका कैयौँ देशमा उनीहरूमाथि भिषण तथा बर्बर अत्याचार गरिएका थिए । वृद्ध, महिला र बालबालिकासमेत माथि त्यस प्रकारका अत्याचार गरिएका थिए ।

    हिटलरद्वारा युरोपमा यहुदीमाथि गरिएका त्यस प्रकारका अत्याचारसित सम्बन्धित कैयौँ म्युजियम युरोपभरि नै बनाइएका छन् । पार्टीको कामको सिलसिलामा युरोपका विभिन्न देशको भ्रमण गर्दा मैले त्यस प्रकारका कैयौँ सङ्ग्रहालयको अवलोकन गरेको छु । ती सङग्रहालयमा हिटलरले हत्या गरेका मानिसका लासको थुप्रो, कैयौँ ग्यासच्याम्बरका दृश्यसमेत देखाइएका छन् । यहाँ लाखौँ मानिसलाई एकै ठाउँमा राखिन्थ्यो, जसमाथि कैयौँ प्रकारका अत्याचार गरिन्थ्यो वा त्यहाँ एकैसाथ ग्याँसद्वारा हजारौँ मानिसको हत्या गरिन्थ्यो । निश्चय नै त्यस प्रकारका अत्याचार यहुदीमाथि मात्र हुँदैनथे र अन्य जातिका मानिसमाथि पनि ठुलो पैमानामा त्यस प्रकारका अत्याचार् गरिन्थे । तिनीहरूमध्ये ठुलो सङ्ख्या यहुदीको नै हुन्थ्यो ।

    जर्मनीमा ‘हाउस्ट’ नामको एउटा सङ्ग्रहालय छ । त्यहाँ दुईओटा यहुदी बच्चाले आफ्ना बाबुलाई लेखेको पत्र राखिएको छ । त्यो पत्रमा भनिएको छ : ‘हामीलाई बाँच्ने ठुलो इच्छा छ तर तिनीहरूले हामीलाई बाच्न दिने छैनन् । बाबा, अलबिदा’ ।

    त्यो अत्यन्त कारुणिक दृश्य थियो । हिटलरको अत्याचारसित सम्बन्धित त्यस प्रकारका हजारौँ, लाखौँ घटना छन् ।

    जुन यहुदीले त्यस प्रकारका बर्बर अत्याचारको सामना गर्नुपरेको थियो, के अहिले उनीहरूले नै हिटलरका फासिवादी कार्यविधिलाई अपनाइरहेका त छैनन् ? हमासले अक्टोबर ७ मा इजरायलका जनतामाथि जुन प्रकारको अमानवीय र बर्बर अत्याचार गरे, त्यसलाई हामीले सही मान्दैनौँ र त्यसको विरोध गर्दछौँ तर त्यस सन्दर्भमा यो कुराप्रति पनि हामीले ध्यान नदिइकनरहन सक्दैनौँ, त्यस प्रकारको कारबाहीका पछाडि इजरायलद्वारा ठुलो पैमाना उनीहरूमाथि गरेका अत्याचारका विरुद्ध उनीहरूमा पैदा भएको आक्रोशले काम गरेको छ ।

    सर्वप्रथम त लाखौँ प्यालेस्टाइनीलाई आफ्नो भूमिबाट जबरजस्ती देशनिकाला गरेर पठाइयो र अहिले उनीहरू खाडीका विभिन्न देशमा शरणार्थी बनेर दु:ख पाउँदै बस्नुपरिरहेको छ । त्यो कार्यलाई कुनै पनि अवस्थामा न्यायोचित भन्न सकिन्न । इजरायल सरकारद्वारा ठुलो सङ्ख्यामा प्यालेस्टाइनीका निर्दोष महिला र केटाकेटीसमेतको हत्या हुने गरेको छ । ती सबैको परिणामस्वरूप प्यालिस्टाइनी जनतामा इजरायलप्रति पैदा हुने आक्रोश, घृणा र बदलाको भावना स्वाभाविक नै हुन् र तिनीहरूलाई कुनै पनि अवस्थामा गलत मान्न सकिन्न । ७ अक्टोबरको घटनालाई पनि त्यही परिवेशमा बुझ्नुपर्दछ तैपनि कुनै पनि पक्षद्वारा गरिने त्यस प्रकारको कारबाहीलाई हामीले सही मान्न सक्दैनौँ । त्यो निश्चित रूपले एउटा आतङ्कवादी कारबाही हो र जुनसुकै पक्षले त्यस प्रकारको कारबाही गरे पनि त्यसलाई हामीले गलत नै मान्नुपर्दछ ।

    इजरायलमा प्यालेस्टाइनी जनतामाथि दसकौँदेखि जुन अत्याचार हुँदै आएका छन्, त्यसका लागि सम्पूर्ण यहुदी जातिलाई नै दोषी ठहराउनु अवश्य पनि न्यायसङ्गत हुने छैन । इजरायलमा जसरी त्यहाँ बसोबास गरेका प्यालेस्टाइनी जनतालाई जबरजस्ती त्यहाँबाट निकाल्ने काम गरियो, त्यसका लागि पनि सम्पूर्ण यहुदी जातिलाई दोष दिनु सही हुने छैन । त्यसका पछाडि मुख्य रूपमा अमेरिकी साम्राज्यवादको नै भूमिका रहेको छ ।

    वास्तवमा अहिले इजरायलमा जुन सरकार बनेको छ, त्यो सरकार अमेरिकी साम्राज्यवादको बलमा नै बनेको हो । खाडी देशमा आफ्नो प्रभुत्व कायम गर्न नै अमेरिकाले त्यहाँ इजरायल सरकारको स्थापना गरेको हो । त्यो सरकारले सम्पूर्ण यहुदी जातिको हितको होइन, अमेरिकी साम्राज्यवादको नै स्वार्थको प्रतिनिधित्व गर्दछ र मध्यएसियामा आफ्नो प्रभुत्व कायम गर्नका लागि अमेरिकी साम्राज्यवादले त्यो सरकारलाई उपयोग गर्ने काम गरिरहेको छ । एकातिर इजरायली सरकारको त्यस प्रकारको अमेरिकी साम्राज्यवादपरस्त र अर्कातिर, आम इजरायली जनताका बिचमा भएको त्यो अन्तरप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।

    आज प्यालिस्टाइन र इजरायली जनताका बिचमा बाह्य र प्रकट रूपमा शत्रुतापूर्ण सम्बन्ध भए जस्तो देखिए पनि आधारभूत रूपमा उनीहरूका हितमा कुनै अन्तर छैन । त्यसरी उनीहरूका बिचको शत्रुता होइन, उनीहरूका बिचको एकता नै प्रधान र दीर्घकालीन महत्त्वका विषय हो ।

    हिटलरद्वारा यहुदी जातिमाथि कति धेरै अत्याचार भएका थिए ? विश्वको इतिहास त्यसको साक्षी छ । जुन जातिले स्वयम् त्यस प्रकारका अत्याचार भोग्नुपरेको थियो । त्यही जातिद्वारा अहिले गाजापट्टीमा त्यहाँका निर्दोष जनता, महिला, बालबालिका र गर्भवती तथा भर्खर जन्मेका शिशुसमेत माथि बर्बर अत्याचार हुनु धेरै नै दु:ख र पीडाको कुरा हो ।

    अमेरिकी साम्राज्यवाद वा त्यसको कठपुतली इजरायली सरकारद्वारा त्यस प्रकारका अत्याचार हुनु सामान्य कुरा हो । उनीहरूले संसारभरि नै त्यस प्रकारका अत्याचार गर्दै आएका छन् । वास्तवमा साम्राज्यवाद युद्ध तथा सबै प्रकारका अन्याय र अत्याचारको स्रोत हो । त्यसले लोकतन्त्र र मानवताको ठुला ठुला कुरा गर्दछ तर अमेरिकी साम्राज्यवादको बलमा गाजामा भइरहेका अत्याचारबाट यो कुरामा कुनै शङ्का रहन्न कि त्यसको लोकतन्त्र र मानवअधिकारको प्रचार कति धेरै नक्कली र अवास्तविक छ ।

    गाजापट्टीमा भइरहेको अत्याचारप्रति इजरायल सरकार गम्भीर रूपले दोषी ता छ नै तर त्योभन्दा कैयौँ गुणा गम्भीर रूपले अमेरिकी साम्राज्यवाद नै दोषी छ । जुन पक्षले गाजामा भइरहेका घोर, अमानवीय र बर्बर अत्याचारलाई समर्थन गर्ने काम गरिरहेका छन्, उनीहरूले वास्तवमा शान्ति र न्याय होइन, अमेरिकी साम्राज्यवादलाई नै मदत पुर्‍याउने काम गरिरहेका छन् ।

    यो साच्चै नै दु:खको कुरा हो कि गाजामा सामान्त: इजरायल सरकारद्वारा र मुख्यत: अमेरिकी साम्राज्यवादद्वारा भइरहेका बर्बर अमानवीय अत्याचार खालि त्यहाँ मात्र होइन, सम्पूर्ण विश्वसित जोडिएका समस्या हुन् । आज त्यहाँ जे भइरहेको छ, त्यो संसारको कुनै पनि देशमा हुन सक्दछ । त्यसकारण प्यालेस्टाइनी जनतामाथि भइरहेका त्यस प्रकारका अत्याचारका विरुद्ध संसारभरि र नेपालमा पनि आवाज उठाउनुपर्ने आवश्यकता छ । त्यसरी हामीले खालि प्यालेस्टाइनका जनतालाई मात्र समर्थन गरिरहेका हुँदैनौँ तर भोलि हाम्रो देशमा पनि सम्भावित त्यस प्रकारको स्थितिलाई रोक्नका लागि प्रयत्न गरिरहेका हुने छौँ ।

    आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.