काठमाडौँ । राष्ट्रिय जनमोर्चाले व्यक्तिहत्याका दोषी योगराज ढकाल रिगलको विरुद्ध सही फैसला दिएकोमा सर्वोच्च अदालतलाई धन्यवाद ज्ञापन गरेको छ ।
Advertisement
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० कात्तिक १६ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै राजमोले धन्यवाद ज्ञापन गरेको हो ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“व्यक्तिहत्यामा दोषी ठहरिएका योगराज ढकाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको दिन आममाफी दिने निर्णयका विरुद्ध हाम्रो पार्टीले संसद्भित्र र बाहिर विरोध जनाउँदै आएको थियो । सर्वोच्च अदालतले निज युवराज ढकाललाई आममाफी दिने सरकारको निर्णयलाई आज खारेज गर्ने फैसला गरेको छ । सर्वोच्चको त्यो फैसलालाई हाम्रो पार्टीले स्वागत गर्दै सर्वोच्च अदालतलाई धन्यवादसमेत दिन चाहन्छ ।”