• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रक्तिम जापानको पहिलो गीतिएल्बम “एउटै यात्रा” विमोचन (अडियोसहित)


  •   बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान जापानको पहिलो गीतिएल्बम “एउटै यात्रा” विमोचन गरिएको छ ।

    Advertisement

    रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माले २०८० कात्तिक १६ गते बिहीबार भर्चुअल कार्यक्रममाझ सो एल्बमको विमोचन गर्नुभएको हो ।

    गीतको युट्युबबाट विमोचन गरेपछि सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध सङ्कल्प सांस्कृतिक परिवार, वेदना सांस्कृतिक परिवार हुँदै अहिले रक्तिम सांस्कृतिक अभियानले सशक्त भूमिका खेलिरहेको बताउनुभयो ।

    रक्तिमले जनवादी सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउँदै गइरहेको बताउँदै उहाँले त्यसलाई रक्तिम जापानले पछ्याइरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

    दृष्टिकोण र अनुशासन आवश्यक

    कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रगतिशील कलाकारहरूमा पनि क्रान्तिकारी दृष्टिकोण र अनुशासन आवश्यक रहेको बताउनुभयो ।

    ‘जसरी क्रान्तिकारी दृष्टिकोण र अनुशासनमा समस्या देखिँदा कम्युनिस्ट पार्टीका नेताहरूको विचलन वा पतन हुँदै गएको हामी देखिरहेका छौँ” उहाँले भन्नुभयो– ‘त्यो कुरा प्रगतिशील कलाकारको हकमा पनि सत्य हो ।’

    महामन्त्री सिंहले सांस्कृतिक आन्दोलनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको भूमिका खेल्नका लागि त्यसमा सामेल प्रगतिशील कलाकारहरूले क्रान्तिकारी दृष्टिकोण र कम्युनिस्ट अनुशासनको पालनामा ध्यान दिनुपर्ने बताउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले नेपालबाट धेरै टाढा रहेर पनि स्वदेशको क्रान्तिकारी सांस्कृतिक आन्दोलनमा सहयोग पुर्‍याउन सांस्कृतिक कोसेली प्रस्तुत गर्नुभएकोमा धन्यवाद दिनुभयो ।

    शुभकामना मन्तव्य

    कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, सोही समाजका उपाध्यक्ष हेमलाल गौतम, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह, जनवादी कलाकार मधु क्षेत्री, कुवेत नेपाली एकता समाजका अध्यक्ष खुम रायमाझी, जापान नेपाली एकता समाजका उपाध्यक्ष गोपाल सापकोटा, सोही समाजका महासचिव तेजेन्द्र क्षेत्री, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार थुमराज ढुङ्गाना, प्रगतिशील कलाकर्मी सौगात सायर, रक्तिम जापानका पूर्व अध्यक्ष सचित्र केसी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका खिमराज चालिसे, मूल प्रवाहकै सांस्कृतिक विभागका संयोजक जनक शर्मा, रक्तिम कतारका हुमाकान्त आचार्य, साउदी अरब नेपाली एकता समाजका अध्यक्ष राजकुमार धिताल, प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य शङ्करप्रसाद पोखरेललगायतले शुभकामना दिनुभएको थियो ।

    कार्यक्रम लीला परियारको अध्यक्षता, नवीन बस्यालको सञ्चालन र टीका केसीको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

    गीतिएल्बममा लीला परियारको शब्द र सङ्गीत रहेको छ । लीला परियार, नवीन बस्याल, टीका केसी र करिश्मा थापाको स्वर रहेको सो

    एल्बमको सङ्गीत संयोजन नारायण दङ्गालले गर्नुभएको छ ।

    एल्बम रक्तिम परिवार जापानको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.