परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका वडा नं. ५ बन्डाघोलामा राष्ट्रिय जनमोर्चाको वडाभेला सम्पन्न भएको छ ।
ऐतिहासिक तीन अभियानअन्तर्गतको विशेष सङ्गठनात्मक अभियानको सिलसिलामा २०८० कात्तिक १२ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले चूडामणि चालिसे अध्यक्ष रहनुभएको सात सदस्यीय वडासमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सीता जैसी, सचिवमा तारक केसी र कोषाध्यक्षमा जुगलाल बुढामगर रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा बलराम खत्री, सरिता पोख्रेल र उषा क्षेत्री चयन हुनुभएको छ ।
त्यसैगरी भेलाले सल्लाहकारमा शोभाकान्त लामिछानेलाई मनोनयन गरेको छ ।
भेलामा प्रमुख अतिथि राजमो लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, राजमो नवलपरासीका जिल्ला सल्लाहकार रेम राना, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष सम्झना सुवेदी र राजमो जिल्ला सदस्य शोभाकान्त लामिछानेले ऐतिहासिक तीन अभियान र समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।
भेला शोभा लामिछानेको अध्यक्षता, चूडामणि चालिसेको सञ्चालन र तारक केसीको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।
