• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ८. वेदकालीन समाज

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

बागलुङमा विश्वकै दोस्रो लामो झोलुङ्गे पुल बन्दै


  •   सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
  • बागलुङबजार । सिङ्गल स्पान प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालीगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ ।

    Advertisement

    बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्ने गरी सिङ्गल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

    बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी चार वर्षपहिला एक टापुदेखि अर्को टापु सिधा जोड्ने विश्वकै लामो पुल तयार भएको थियो । पाँच सय ६७ मिटर लामो पुलको बागलुङ नगरपालिकाले गण्डकी स्वर्णीम झुला नामकरण गरेको छ । लामो पुल तयार भएको चार वर्षपछि बागलुङकै बागलुङ–४ देखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने गरी दोस्रो लामो पुल तयार भएको हो ।

    झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदीमाथि पुल बन्ने क्रम जारी छ । बागलुङ–४ गौरीधामदेखि पर्वतको जलजला–८ नाग्लिबाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको हो ।

    पाँच सय २४ मिटर लामो एक सय ८५ मिटर अग्लो सिङ्गल स्पानको विश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने पुल निर्माण गरिरहेको निर्माण कम्पनी प्रतिनिधि वसन्त घर्तीमगरले बताउनुभयो ।

    अहिले निर्माण भएको पुलले पर्वत र बागलुङ लामो यात्रा छोटिने छ । यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषिउपज बिक्री वितरण गर्नसमेत सहज हुने स्थानीय बताउँछन् ।

    २०७९ भदौ ४ गते सो पुल निर्माण थालनी भएको थियो । काम सुरु भएको एक वर्षभित्र करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ ।

    पुल निर्माण गर्न रु आठ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माणको म्याद झन्डै एक वर्ष बाँकी रहेको छ । पुल निर्माण गर्नका लागि पुलको मुखमा पर्ने जग्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले करिब पाँच आना जग्गा नि:शुल्क प्रदान गर्नुभएको थियो ।

    बागलुङ–१ बाङ्गेचौरदेखि पर्वत पाङ जोड्ने विश्वकै सबैभन्दा लामो पाँच सय ६७ मिटरको झोलुङ्गे पुल चार वर्ष अगाडि नै बनिसकेको छ ।

    यसभन्दा अघि स्विट्जरल्यान्डमा चार सय ९७ मिटर लामो सिङ्गल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो रहेको थियो ।

    सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.