धर्मराज शर्मा, कोट्टयाम (केरला) ।
पर्सा जिल्लाको साविक निचुटा गाविस वडा नम्बर ९ निवासी ३६ वर्षीया कबिता ओझैया थारु विकको भारतको कोट्याममा मृत्यु भएको छ । केरला राज्यको अलपुणा जिल्लास्थित चेट्टेकुलंगारामा गाईको फारममा मजदुरी गर्दै आएकी कबिताले २६ अक्टोबर राति झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवा टुहुरेचौरका दिल बहादुर विक र रुन्जाकला विककी छोरी कबिता आफ्नो श्रीमान र १४ महिनाकी छोरीसहित भारतमा बस्दै आएकी थिइन् । स्थानीय प्रहरीले मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरेको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको सहयोगमा परिवारले कबिताको अन्तिम संस्कार गरेको छ ।
मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिका सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा क्षेत्रीय, नगर सचिव मनोज जिसी, क्षेत्रीय सदस्य भद्रबहादुर थापा, क्षेत्रीय रक्तिम विभागका सम्झना थापा, केन्द्रीय समितिका सदस्य चोबनाथ शर्मा, नगर सदस्य बुद्विमान नेपाली, महिला नगर विभागका कुमारी थापा, कौशिला परियारसहित चेट्टिकुलंगारा तथा कायमकुलम एरियाका मूल प्रवाहका कार्यकर्ता र आफन्तजन कायमकुलम मुनिसिपाल्टिको संशानघाटमा अन्तिम संस्कारमा सहभागिता थियो ।