• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

शिक्षाबाट वञ्चित सुस्ताका बालबालिका


  •   बुधबार, कार्तिक ०८, २०८० मा प्रकाशित
  • भरत केसी, परासी (रासस) ।

    Advertisement

    पश्चिम नवलपरासीको विकट सुस्ता गाउँ भौगोलिक हिसाबले विकट मात्र छैन, शैक्षिक सुविधाको अवसरबाट पनि बञ्चित रहेको छ । यहाँका अधिकांश बालबालिकाले माध्यमिक कक्षासम्म पढ्न पाएका छैनन् ।

    तीनतिरबाट नारायणी नदी र एकातर्फ भारतको बिहार राज्यबाट घेरिएको छ सुस्ता । सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता गाउँमा नेपालको बाटो भएर आवतजावत गर्ने एक मात्र माध्यम नारायणी नदीमा जोखिमपूर्ण डुङ्गाबाट पार गर्नुपर्छ । यसबाहेक नारायणी नदीमा भारतले बनाएको बाँध माथिको पुल तरेर भारतीय भूमि हँुदै सुस्ता आवतजावत गर्ने अर्को कठिन विकल्प रहेको छ ।

    सुस्ता गाउँका जनतालाई शिक्षा, स्वास्थ्य र सुरक्षित आवासजस्ता आधारभूत सुविधासमेत पर्याप्त छैन । त्यहाँ रहेको एक मात्र जनता दलित आधारभूत विद्यालयमा चार सय बढी बालबालिका अध्ययन गर्छन् । २०५९ सालमा स्थापना भएको यस विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा सात शिक्षक र दुई कर्मचारी कार्यरत छन् । चार शिक्षक मात्रै दरबन्दीमा रहेकाले अन्य तीन शिक्षकलाई गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आएको छ ।

    विद्यालयमा भर्नादर उत्साहजनक भए पनि अन्तिम कक्षा ८ सम्म पुग्दा भने विद्यार्थीको सङ्ख्या न्यून हुने गरेको छ । विद्यालयमा कक्षा १ मा ९३ विद्यार्थी अध्ययनरत रहे पनि ८ कक्षासम्म पुग्दा धेरैले पढाइ छोडिसकेका हुन्छन् । गत वर्षका वार्षिक परीक्षामा कक्षा ८ मा जम्मा ११ जना विद्यार्थी सहभागी थिए । कक्षा ८ उत्तीर्ण गरेका विद्यार्थीमध्ये केही नजिकैको भारतीय विद्यालयमा र केही नारायणी नदी पारि कुडियास्थित सामुदायिक विद्यालयमा भर्ना भएको विद्यालयका प्रधानाध्यापक उदय रुचाल बताउनुहुन्छ ।

    एकातर्फ नारायणी नदीमा जोखिमपूर्ण डुङ्गाको यात्रा पार गर्नुपर्ने वा विकल्पको रूपमा भारतीय भूमि हुँदै जानुपर्ने भौगोलिक विकटताका कारण यहाँका बालबालिकालाई आफ्नो पढाइलाई निरन्तरता दिन सजिलो छैन । पूर्वाधार र शिक्षकको अभावका कारण विद्यालयमा माध्यामिक तहसम्म कक्षा सञ्चालन गर्न कठिनाइ भएको प्रधानाध्यापक रुचाल बताउनुहुन्छ ।

    ‘आधारभूत तह पार गरेपछि थप अध्ययनका लागि कि त नारायणी नदी पार गरेर अर्को विद्यालयमा जानुपर्यो कि त भारतीय विद्यालयमा जानपर्ने यहाँका बालबालिकाको बाध्यता हो’ विद्यालयका सहायक प्रधानाध्यापक औरङ्गजेब खान बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो– ‘जसको बाहिर व्यवस्था हुन्छ, नातेदार छन्, उनीहरूले मात्रै पढाइलाई निरन्तरता दिन सकेका छन् ।’

    नारायणी नदीमा निर्माणाधीन पुल सञ्चालनमा नआउँदासम्म कक्षा १ देखि माथिल्लो कक्षामा जाँदा नै क्रमशः विद्यालय छाड्ने क्रम बढदै जाने गरेको सहायक प्रधानाध्यापक खान बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “सबैभन्दा बढी कक्षा ८ देखि माथि त पाँच प्रतिशत विद्यार्थी पनि आफनो पढाइलाई निरन्तरता दिन सक्दैनन् ।’

    बालबालिकाले आफ्नो पढाइलाई निरन्तरता दिन सुस्ताको भौगोलिकताका कारण आधारभूत तह उत्तीर्णपछि बाहिर गएर अध्ययन गर्न मुख्य समस्या रहेको स्थानीय सामाजिक कार्यकर्ता मुन्सिकुमार हरिजन बताउनुहुन्छ ।

    ‘यहाँका बालबालिकाले आफ्नो पढाइलाई निरन्तरता दिन आर्थिक रूपमा जो सम्पन्न छन्, उनीहरूले मात्रै बाहिर गएर पनि पढाइलाई निरन्तरता दिन सक्छन् । कमजोर आर्थिक अवस्था भएकाले बिचमै पढाइ छाडेर बस्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ।

    छोराछोरीलाई इच्छा हुँदाहँुदै पनि पढाउन नपाएकामा गुनासो गर्दै सुस्तामै कम्तीमा कक्षा १२ सम्मको पठनपाठन हुनुपर्ने उहाँको माग छ ।

    नारायणी नदीमा झोलुङ्गे पुलको निर्माण सुरु गरेको वर्षौं हुँदासमेत निर्माण कम्पनीको ढिलाइका कारण पूरा भएको छैन । नदी वारपार गर्न जोखिमपूर्ण डुङ्गा प्रयोग गर्नुपर्छ । नदीमा पानीको सतह बढ्दा डुङ्गा सञ्चालन पनि हुँदैन ।

    माध्यमिक तहका लागि धेरै बालबालिका सीमापार बिहारको भेडिहारी वा लक्ष्मिपुर पुग्नुपर्ने बाध्यता छ ।

    भारतका विद्यालयमा पढ्न जाँदा जङ्गलको बाटो र सीमामा सुरक्षाकर्मीको कडा जाँचका कारण समस्या भएको अर्का स्थानीयवासी आदम खाँ बताउनुहुन्छ ।

    उहाँका अनुसार धेरै अभिभावक पक्लिहवामा कोठा भाडामा लिएर छोराछोरी पढाउन बाध्य छन् ।

    सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय सिङ्गो पालिका नै विकासका भौगोलिक हिसाबले मात्र नभई हरेक क्षेत्रमा पिछडिएको बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ– ‘अब पालिकाले नै विद्यालयमा थप शिक्षक तथा कर्मचारीको दरबन्दी व्यवस्था गरेर भए पनि स्तरोन्नति गर्ने सोचाइ बनाएका छौँ ।’

    गाउँपालिकाको कुल ४१ हजार तीन सय ९६ जनसङ्ख्यामध्ये सुस्ता गाउँमा करिब तीन सय घरधुरीमा ३३ सय मानिस बसोबास गर्छन् ।

    यहाँको साक्षरताको अवस्था ६२.४९ रहेको पालिकाको तथ्याङ्कमा उल्लेख छ । यस पालिकामा प्राथमिक तहका छ, माध्यमिक तह पाँच, आधारभूत तह पाँच, निजी पाँच र मदरसा पाँच शिक्षण संस्था रहेका छन् ।

    बुधबार, कार्तिक ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.