• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गाजापट्टीको अस्पतालमाथिको बमबारी इतिहासकै अमानवीय नरसंहार : मसाल

"मृतकप्रति श्रद्धाञ्जली "

  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले प्यालेस्टाइनको गाजापट्टीस्थित एक अस्पतालमा भएको बमबारीलाई इतिहासकै अमानवीय नरसंहारको संज्ञा दिएको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० असोज ३ गते शुक्रबार जारी प्रेसवक्तव्यमा पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा मृतक सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै हमलाका लागि जिम्मेवार पक्षका घोर निन्दा र भत्र्सना गरेको छ ।

    उक्त हमला इजरायल पक्षद्वारा गरिएको आशङ्का व्यक्त गर्दै वक्तव्यमा अमेरिकी साम्राज्यवादका कारणले नै त्यहाँ युद्ध भइरहेको ठहर गरेको छ । त्यस्तै, अहिलेको युद्धको विरोधमा अरब मुलुककबाट विरोधको आवाज उठेकोमा त्यसको समर्थन गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “गाजापट्टीको एउटा अस्पतालमा भएको बमबारी र त्यहाँ ५ सयभन्दा बढी बिरामी, महिला र बालबालिकासमेतको हत्या निश्चित रूपले इतिहासको नै अत्यन्त ठुलो अमानवीय नरसंहार हो । त्यो घटनाको लागि हामीले मृत सबै व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै त्यो बमबारीका लागि जिम्मेवार पक्षप्रति घोर निन्दा र भत्र्सना गर्दछौँ ।

    गाँजापट्टीमा भएको त्यो नरसंहारका लागि इजरायल र अमेरिका पक्षले हमासलाई नै जिम्मेवार बताइरहेका छन् तर स्वयम् हमासले नै आफ्नो भूमिमा त्यस प्रकारको हमला गरेको आरोप लगाउनुका पछाडि अलिकति पनि सत्यता देखिँदैन । त्यसैले यो सोच्नका लागि पूरा आधार छ कि त्यो हमला इजरायल पक्षद्वारा नै गरिएको हो । उनीहरूले गाजामाथि लगातार हमला गरिरहेका छन् र त्यसको एउटा कडी त्यहाँको अस्पतालमाथिको हमला हो भनेर निष्कर्ष निकाल्नका लागि पूरा आधार छ ।

    हामीले पहिले नै यो स्पष्ट गरिसकेका छौँ कि हमासद्वारा इजरायलका निरपराध वा निशस्त्र जनतामाथि गरिएको आतङ्कवादी हमला गलत थियो र त्यसको हाम्रो पार्टीले निन्दा गरिसकेको छ तर त्यो कारणले गाजापट्टीमा इजरायलले जुन नरसंहार गरिरहेको छ, त्यसलाई कुनै पनि अवस्थामा सही भन्न सकिन्न । अहिले गाँजापट्टीमा भइरहेको युद्ध इतिहासमा प्यालिस्टाइनमाथि भएको बर्बर र अन्यायपूर्ण कारबाहीसित जोडिएको छ, जुन बेला लाखौँ प्यालिस्टाइनीलाई आफ्नो भूमिबाट जबरजस्ती हटाइएको थियो र उनीहरूलाई खाडीका विभिन्न देशमा आश्रयहीन तथा शरणार्थी भएर बस्न बाध्य गरिएको थियो । उनीहरूले आफ्नो भूमिमा पुन: फर्केर जानका लागि मुक्ति आन्दोलन चलाउँछन् भने त्यसलाई कुनै पनि अवस्थामा गलत भन्न सकिन्न । त्यसैले हामीले प्यालिस्टाइनका जनताले चलाइरहेको मुक्ति आन्दोलनलाई सधैँ दृढतापूर्वक समर्थन गर्दै आएको छौँ ।

    आज इजराइलले सामान्यत: गाजापट्टीमाथि तथा विशेषत: सम्पूर्ण प्यालिस्टीयन जनतामाथि जुन हमला गरिरहेको छ, त्यसलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ । यो कुरा दिनको उज्यालो झै छर्लङ्ग छ कि गाँजापट्टी वा प्यालेस्टाइनी जनतामाथि इजराइलले गरेको हमलाका लागि इजरायलभन्दा बढी जिम्मेवार अमेरिकी साम्राज्यवाद नै छ । प्यालेस्टाइनी जनतामाथि इजरायलले गरेको हमला अमेरिकी साम्राज्यवादद्वारा संसारभरि गरिरहेको उत्पीडन तथा हमलाको एउटा अङ्ग हो । त्यसैले अमेरिका र सबै साम्राज्यवादी शक्तिका विरुद्ध सङ्घर्ष गरेर नै अमेरिकी साम्राज्यवादको त्यस प्रकारको विश्वव्यापी उत्पीडन र हमलालाई रोक्न सकिन्छ र रोक्नु पनि पर्दछ ।

    यो स्वागतयोग्य कुरा हो कि प्यालेस्टाइनी जनतामाथि इजरायल र अमेरिकी साम्राज्यवादले गरिरहेको हमलाका विरुद्ध कैयौँ अरब राष्ट्र पनि उठ्न थालेका छन् र इजरायलको त्यो हमलाका विरुद्ध विश्वव्यापी रूपमा प्रदर्शन भइरहेका छन् तर हामीले यो स्पष्ट गर्न चाहान्छौँ कि प्यालिस्टाइनका जनतामाथि इजरायलद्वारा भइरहेको हमला खालि एउटा मुस्लिम प्रश्न मात्र होइन र यो साम्राज्यवादका विरुद्धको सङ्घर्षको विश्वव्यापी समस्या हो । त्यसैले प्यालेस्टाइनी जनतामाथि भइरहेको साम्राज्यवादी हमलाका विरुद्ध सम्पूर्ण साम्राज्यवाद विरोधी जनता उठ्नुपर्ने आजको ऐतिहासिक र अन्तराष्ट्रिय आवश्यकता भएको छ ।”

    शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.