काठमाडौँ । राष्ट्रिय जनमोर्चाले काठमाडौँ, बुढानीलकण्ठ–१० कपन–ज्योतिनगरस्थित केन्द्रीय कार्यालय भवन खरिद गर्दा आर्थिक सहयोग गर्ने सहयोगदाताको नामावलीमा छुट भएको भए यही कात्तिक ६ गतेसम्म जानकारी दिन आग्रह गरेको छ ।
२०८० कात्तिक २ गते बिहीबार युगदर्शनलाई सहयोगदाताको नामावली उपलब्धि गराउँदै राजमोले दस हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग गर्ने सहयोगदाताको नामावलीबारे यस्तो जानकारी दिएको हो ।
राजमो केन्द्रीय कार्यालयका अनुसार दस हजारभन्दा बढी आर्थिक सहयोग गर्नेहरूको नाम भवनमा लेख्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ । आगामी केही महिनाभित्रै भवनमा नाम लेखिने भएकाले उक्त नामावलीमाथि छुट भए जानकारी दिन भनिएको हो ।
‘दस हजार रुपियाँभन्दा बढी सहयोग गर्ने सहयोगदाताको नामावली हामीले प्रकाशन गरेका छौँ’ राजमो केन्द्रीय कार्यालयको भनाइ छ– ‘आज कात्तिक २ गतेदेखि कात्तिक ६ गतेभित्रमा छुट भए वा केही सच्याउनुपर्ने भए जानकारी दिन अनुरोध गर्दछौँ ।’
अहिले प्रकाशन भएको सूचीमा ९६३ जनाको नाम रहेको छ । सूची २९ पृष्ठको छ ।
राजमोले यस्तो छुट भएमा राजमो केन्द्रीय कार्यालयमा सिधै, राजमो केन्द्रीय समितिका साथी वा जिल्लाका साथीहरूमार्फत् छुटको जानकारी दिन सकिने बताएको छ ।
यस्तो छ नामावली