तौलिहवा । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ४ त्रिपालनगरमा राष्ट्रिय जनमोर्चाको वडा भेला सम्पन्न भएको छ ।
राजमो जिल्ला सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८० असोज २६ गते शुक्रबार सो भेला सम्पन्न भएको हो ।
ब्यानर पढेर भेलाको उद्घाटनपछि मन्तव्य राख्दै प्रमुख अतिथि अदैले राष्ट्रिय जनमोर्चा जनताको आँखाको ज्योति बन्दै गएको बताउँदै दाबी गर्नुभयो ।
राष्ट्रिय जनमोर्चा ठिक छ भन्नेहरूको सङ्ख्या बढ्दै गएको बताउँदै उहाँले कार्यकर्ता सीमित भएका कारण राजमो सानो देखिएको बताउनुभयो ।
भेलामा राजमो विजयनगर पालिका समितिका अध्यक्ष गोविन्द परिवारले पनि मन्तव्य राख्नुभएको थियो ।
भेलाले रामप्रसाद लोनिया अध्यक्ष रहनुभएको १५ सदस्यीय राजमोको वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सीता पाण्डे, सचिव रामभरोसे यादव, कोषाध्यक्षमा सोमना रैदास तथा सदस्यहरूमा खड्क काउचा, मुन्द्रे यादव, अजघाप्रसाद कोरी, जग्जु रैदास, चन्द्रिका खटिक र विष्णुमाया परियार रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक सदस्यहरूमा पुनम नेपाली र आशा सुनार तथा सल्लाहकारमा नागराज योगी, गोविन्द परिवार र कुञ्जबिहारी खतिक रहनुभएको छ ।
मुन्द्रे यादवको अध्यक्षता तथा नागराज योगीको सञ्चालनमा अघि बढेको भेलामा उपस्थित जनसमुदायलाई सूर्यबहादुर जिसीले गर्नुभएको थियो ।
भेलापछिको बैठकले राजमोको सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।
