• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

खाँचिकोट दरबारको उत्खनन् सुरु


  •   शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
  • सन्धिखर्क । बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने खाँचिकोट दरबार तथा खाँचिकोट भगवती मन्दिरमा पुरातत्त्व विभागले उत्खनन् सुरु गरेको छ ।

    Advertisement

    पृथ्वीनारायण शाहलाई राज्य सञ्चालन तथा एकीकरणका लागि युद्ध कला सिकाउने चन्द्रप्रभावती यसै खाँची राज्यकी राजकुमारी हुनुहुन्थ्यो । सन्धिखर्क नगरपालिका–७ खाँचिकोटमा रहेको यो दरबार तथा मन्दिर ऐतिहासिक शक्ति पीठका रूपमा रहेको छ ।

    पुरातत्त्व विभाग काठमाडौँ रामशाहपथले २०८० असोज २२ गते सोमबारदेखि उत्खनन् सुरु गरेको प्रमुख पुरातत्त्व अधिकृत भाष्कर ज्ञवालीले बताउनुभयो । ज्ञवालीसहित पाँच सदस्यीय टोलीले ऐतिहासिक दरबारको उत्खनन् सुरु गरेको हो । उत्खनन्का क्रममा दरबारको भग्नावशेष प्राप्त भएको छ ।

    प्राचीन इँटा, झिङटी, चुराका टुक्रा, आधुनिक सिक्का, त्रिशूल, मालालगायतका प्राचीन वस्तु फेला परेको प्रमुख पुरातत्त्व अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । उहाँले प्राचीन दरबारमा रहेको पर्खाल भत्काएर नयाँ संरचना बन्न थालेपछि उक्त निर्माण प्रक्रिया रोकेर उत्खनन् सुरु गरिएको जानकारी दिनुभयो ।

    प्रमुख पुरातत्त्व अधिकृतसहित पाँच सदस्यीय टोलीमा पुरातत्त्व अधिकृत हरिप्रसाद भुसाल, विशेषज्ञ जगत कटुवाल, सहायक फोटोग्राफर रामचन्द्र श्रेष्ठ रहेका छन् । खाँची राज्य नेपाल एकीकरणको समयमा पाल्पा राज्यसँगै एकीकरण भएको थियो । तत्कालीन राज्य रहँदा निर्माण गरिएको इनार अहिले पनि रहेको छ ।

    पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण गर्न, राज दरबार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने चन्द्रप्रभावतीे खाँची राज्यका तेह्राँै राजा दलजित शाह र रानी सुभद्रावतीकी छोरी हुन् । नेपालको एकीकरण गर्न, राजदरबार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने उनै चन्द्रप्रभावतीको हात रहेको इतिहासमा उल्लेख छ ।

    उहाँको जन्म वि.सं. १७५९ मा खाँचीमा भएको थियो । उहाँको विवाह तत्कालीन गोरखा राज्यका राजा नरभुपाल शाहसँग भएको थियो । गोरखाका राजा नरभुपाल शाह जन्ती लिएर खाँचीमा आई विवाह गरेर गोरखा दरबारमा भित्राएको इतिहास चन्द्रप्रभा माविका शिक्षक तीर्थराज आचार्यले बताउनुभयो ।

    चन्द्रप्रभावतीबाट सन्तान नभएपछि नरभुपाल शाहले दोस्री पत्नी पाल्पादेखि विवाह गरेर लगेका बताइन्छ । तिनै पाल्पाली राजकुमारी कौशल्याबतीबाट नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्म भएको थियो । पृथ्वीनारायण शाहको जन्मैदेखि स्याहारसुसार र संरक्षण यिनै चन्द्रप्रभावतीले गरेको इतिहासकारहरू बताउँछन् । (रासस)

    शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.