• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हामीले आफैलाई चिन्न सकौँ


  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
  • ढुण्डीराज शर्मा ##

    Advertisement

    कस्तुरी मृगले आफ्नो नाभीको सुगन्ध थाहा नपाएर वासना खोज्दै जङ्गल जङ्गल दौडिन्छ रे !

    एक दिन कस्तुरी दौडिरहेको देखेर खरायोले सोधेछ : “कस्तुरी, तिमी किन दौडिरहेको ?”

    ऊ टक्क रोकिएर भनेछ : “हेर न, यति मिठो वासना, यति मिठो गन्ध कहाँबाट आइरहेछ ? त्यसैको खोजीमा हिँडेको नि !

    मगमग वासना आइरहेको थियो । खरायोले ठोकेरै भनेछ : “यो त तिम्रै शरीरको नाभीमा रहेको वासना हो ।”

    छक्क परेर कस्तुरीले आफ्नो शरीरका सबै अङ्ग सुघ्यो । नाभी सुघ्यो । ओहो ¤ वासना त मेरै शरीरमा पो रहेछ ।

    हाम्रो पार्टीमा यस्तै भइरहेछ। “जान्नेलाई श्रीखण्ड, नजान्नेलाई काठ” भने झैँ बाहिरी दुनियाँलाई भनेजति हाम्रो राजनीति बुझाउन सकिएन होला तर भित्री दुनियाँले त चिन्नु, बुझ्नुपर्‍यो नि, कहाँ छ कस्तुरी, कहाँ छ श्रीखण्ड भनेर । वास्तवमा आफूले आफैलाई चिन्न र बुझ्न नसकेकै कारण हामी हाम्रो क्रान्ति र पार्टीप्रतिको विश्वास घट्दै गएर आज यो स्थितिमा आइपुगेका हौँ ।

    कसरी बुझ्ने आफूले आफैलाई ? यदि हामी पार्टीले उठाएका एजेन्डा र नीतिलाई गहन रूपमा अध्ययन गर्न सक्यौँ र क्रन्तिकारी विश्वदृष्टिकोणलाई बुझ्न सक्यौँ भने निश्चित रूपमा हामी सही ठाउँमा हुने छौँ र नयाँ जोस र नयाँ जाँगरका साथ पार्टीको काममा होमिन सक्ने छौँ यद्यपि नेपालमा साथै विश्व परिवेशमा क्रान्तिकारी शक्ति कमजोर र प्रतिकृयावादी शक्ति हावी भएको आजको स्थितिमा राष्ट्रियता, राष्ट्रिय अखण्डतामा चरम सङ्कट भएका बेला प्रतिकृयावादी शक्ति र सत्तालाई पनि उपयोग गर्दै विदेशी हस्तक्षेपको विरुद्ध संयुक्त मोर्चा बनाएर सशक्त प्रहार गर्ने रणनीति रुसी र चिनियाँ नेताहरूले अपनाउँदै आएको र नेपालमा पनि सोही रणनीति अङ्गीकार गर्दै हाम्रो पार्टीले क्रान्तिकारी सङ्घर्षका साथै वैधानिक सङ्घर्ष, चुनाव उपयोगका लागि सङ्घर्षमा जोड दिदै आएको कुरा स्पष्ट छ ।

    यस क्रममा २००७ सालदेखि यताका हरेक घटनाक्रममा हाम्रो पार्टीले आफ्नो स्पष्ट दृष्टिकोणका साथ देश र जनताको पक्षमा समयसापेक्ष एजेन्डा उठाउँदै आएको र सङ्घर्षमा होमिँदै आएको छ । पार्टीले लिएका नीति तथा एजेन्डा आज इतिहासको कसीमा सही सावित भएका छन्† जस्तै : संविधानसभा निर्वाचनका लागि सङ्घर्ष जुन माग २००७ सालदेखि उठ्दै आएको थियो, अरूले छोड्दै गए पनि हाम्रो पार्टीले त्यो माग उठाउँदै आयो र बहुदलको आगमनपश्चात् २०४८ को आम निर्वाचनसमेत बहिष्कार गरेको थियो । त्यो माग २०७२ सालमा संविधानसभाको चुनावबाट पूरा भयो ।

    २०३६ सालको पञ्चायतको जनमत सङ्ग्रहमा पार्टीले तुलनात्मक रूपमा बहुदलीय व्यवस्थालाई समर्थन गर्ने नीति लियो । त्यो पछि सही सावित भयो । बहुदलीय व्यवस्थाको आगमनपश्चात् २०५३ सालमा राष्ट्रघाती महाकाली सन्धि विरुद्ध सदनमा संशोधन प्रस्ताव पेस गर्‍यो, जुन सन्धि पछि गलत सावित भयो । २०५३ सालमा दलित अधिकार र छुवाछुत विरुद्ध विधेयक पेस भयो । १५ वर्षपछि संसद्बाटै पारित भयो । महिलालाई अंशमा समान अधिकारको माग, जुन पछि संविधानसभाबाटै पारित भयो । प्रवासी नेपालीका लागि चुनावमा मताधिकारको माग, जुन सर्वोच्च अदालतद्वारा मताधिकार आदेश भइसकेको छ । दलितका लागि छुट्टै निर्वाचन क्षेत्रको माग, विघटित संसद्को पुनस्र्थापनाको माग, जुन २०६१ सालमा ज्ञानेन्द्रद्वारा विघटन गरिएको थियो, २०६२–६३ सालको आन्दोलनबाट पूरा भयो । सङ्घीयताको विरोध, प्रदेश संरचना खारेजको माग र सङ्घर्ष, जुन आज सबैको साझा माग बनेको छ ।

    त्यस्तै, माओवादीको जनयुद्धबारे विश्लेषण, रवि लानिछानेको स्वतन्त्र पार्टीबारे विश्लेषण, प्रतिगमनबारे पार्टीले गरेको विश्लेषण, अमेरिकी साम्राज्यवादी षड्यन्त्र, इन्डोप्यासिफिक रणनीति, एमसिसी, एसपिपीबारे गरेको व्याख्या, विश्लेषणलगायत अनेकौँ जल्दाबल्दा विषयमा पार्टीका दृष्टिकोण बिलकुल सही सावित भइसकेको स्थिति छ ।

    हाम्रो पार्टीले उठाएका एजेन्डामा शासक वर्गले सुरुमा सहज रूपमा ग्रहण गर्न सक्दैनन् तर इतिहासको कसीमा सत्य पुष्टि हुँदै जाँदा स्वीकार्न बाध्य हुन्छन् र ती एजेन्डा राष्ट्रिय एजेन्डा बन्न पुग्दछन् । त्यसैले हामीले उठाएका एजेन्डा र अन्य जल्दाबल्दा विषयहरू; जस्तै : राष्ट्रियताको रक्षा, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालाई संस्थागत गर्ने, सङ्घीयताको खारेजीलगायत देशीविदेशी प्रतिकृयावादी साम्राज्यवादी तत्त्व विरुद्ध सङ्घर्ष जस्ता विषय लिएर हामी जनतासमक्ष जानुपर्छ वा जान सक्नुपर्दछ । पार्टी ठुलो कि एजेन्डा ठुलो ? जनतालाई सम्झाउन, बुझाउन सक्नुपर्दछ ।

    राजनीति सम्भावनाको खेल पनि हो, गर्दै जाँदा भोलिको दिनमा हाम्रो पक्षमा माहोल बन्न पनि सक्दछ । देश हाँक्ने अवसर पनि मिल्न सक्दछ । तसर्थ हामीले सपना देख्नुपर्छ, राष्ट्रनिर्माणको सपना, नौलो जनवादी क्रान्तिको आधार तयार गर्ने सपना । यी सपना पूरा गर्न आफूले आफैलाई चिन्न सकौँ, बदलिन सिकौँ । शोषित उत्पीडित वर्गको मुक्तिको लागि सङ्घर्षको आँधीबेहरी सृजना गरौँ ।

    बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.