सन्तोष सुनार, सन्धिखर्क ।
अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय कोषाध्यक्ष तथा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला सल्लाहकार टेकबहादुर थापाक्षेत्रीका पितृशोकमा पर्नुभएको छ ।
२०८० असोज २२ गते सोमबार उहाँका बुबा ऋषिराम थापा क्षेत्रीको निधन भएपछि उहाँ पितृशोकमा पर्नुभएको हो ।
स्मृतिशेष थापाको असोज २३ गते मङ्गलबार गच्छेघाटमा दाहसंस्कार गरिएको छ ।
गोरुको आक्रमणले घाइते हुनुभएका थापा झन्डै एक हप्तादेखि बुटवलमा उपचाररत हुनुहुन्थ्यो । उपचारकै क्रममा हिजो आश्विन २२ गते उहाँको निधन भएको थियो ।
थापाको शवमाथि राजमो प्रदेश सल्लाहकार शेरबहादुर बिसीले पार्टीको झन्डा ओढाउनुभएको थियो ।
राजमो जिल्ला अध्यक्ष थम्मन केसीले श्रद्धाञ्जली दिँदै स्मृतिशेष थापाले लामो समयदेखि राजमो र पार्टीले उठाएका विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएको बताउनुभयो ।
दाहसंस्कारस्थलमा नेकपा (मसाल), राजमोका भ्रातृ सङ्गठनमा आबद्ध केन्द्रदेखि जिल्ला र विभिन्न वडासमितिका नेता, कार्यकर्ता र अन्य पाटीका कार्यकर्ता, प्रतिनिधि र पत्रकारको उपस्थिति रहेको थियो ।
दाहसंस्कारपूर्व उहाँको श्रद्धाञ्जलीस्वरूप एक मिनेट मौनधारण गरिएको थियो ।
७९ वर्षीय स्मृतिशेष थापाक्षेत्री भूमिकास्थान नगरपालिका वडा नं. ७ बर्बासमा बस्दै आउनुभएको थियो ।
