• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सौतेनी आमा ल्याएको इखमा बुबा-आमाकै हत्या !


  •   मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरस्थित कटान टोलका भण्डारी दम्पतीको हत्यामा उनकै छोराको संलग्नता रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्न भण्डारीका जेठा २६ वर्षीय छोरा भरतबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ ।

    Advertisement

    गत फागुन १५ गते ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी भण्डारी घरभित्रै घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो । प्रहरी समक्ष पक्राउ परेका भण्डारीले मादक पदार्थ सेवन गरी दुवै जनाको हसिया प्रयोग गरी हत्या गरेको बयान दिएका छन् ।

    हत्याको संलग्नताको आरोपमा पक्राउ परेका भण्डारी जयलालका जेठी श्रीमतीतर्फका जेठा छोरा हुन् । अंशबण्डा, सम्पत्ति भोगचलन, पारिवारिक झैझगडा र सल्लाहविना सौतेनी आमा भित्र्याएका कारणले बुबा जयलाल र सौतेनी आमा धनाको हत्याका कारण रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो ।

    उहाँका अनुसार भरत गत फागुन १३ गते सवारी चालक अनुमतिपत्रको परीक्षा दिनका लागि महेन्द्रनगर आएका थिए । परीक्षामा अनुत्तीर्ण भएपछि फागुन १४ गते आफन्तसँग भेटघाट गरी डडेल्धुरा फर्कन कैलालीको गोदावरी पुगेर पुनःकलुवापुरस्थित घरमा फर्केका थिए । राति ८ः३० बजे भरत कलुवापुरस्थित घर पुगेका थिए । घरमा पुगेपछि उनले बुबासँग केहीबेर कुराकानी गरेको त्यसपछि उनका बुबा सुत्न गएपछि सौतेनी आमा धनासँग केहीबेर कुराकानी हुँदा वादविवाद भएको थियो । वादविवादकै क्रममा धना भान्साकोठातिर लाग्नुभयो ।

    भान्सामा गएकी धनालाई लोरो प्रहार गरी उनले अचेत बनाए । अचेत भएर भूइँमा खसेकी धनालाई तत्कालै हसियाँ प्रहार गरी हत्या गरे भरतले दिएको बयान उद्धृत गर्दै प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा भन्यो, ‘त्यसपछि बुबा जयलाल सुतेको कोठामा गई उनले सुतेकै अवस्थमा सोही हतियारको प्रयोग गरी बुबासमेत हत्या गरे । सो हतियार लगाएको पञ्जा मोटरसाइलमा राखी भरत पुनःमोटरसाइकल चढेर डडेल्धुरातर्फ लागे ।’

    हत्या गर्न प्रयोग गरिएको हतियार र पञ्जा भासुको भिरबाट तल खसालेको र बारदातमा लगाएको कपडा डडेल्धुरास्थित घर नजिकै जलाएको पक्राउ परेका भण्डारीले प्रहरीलाई बताएका छन् । हत्या भएको स्थानमा प्रहरीले मोबाइलको हेडफोन फेला पारेपछि त्यसको अनुसन्धान गर्दा सो हेडफोन भरतकै रहेको खुलेपछि प्रहरीले केरकार गर्दा उनले बुबा आमाको हत्या गरेको स्वीकार गरेका हुन् । भरतकी आमाको स्तन क्यान्सरका कारण मृत्यु भएपछि जयलालले धनालाई भित्र्याएका थिए ।

    सौतेनी आमा ल्याएपछि बुबा भरतको सधैँ विवाद हुँदै आएको थियो । विवाद हुन थालेपछि उनीसँग विवाद भएपछि केही वर्षदेखि डडेल्धुराको अमरगढी नगरपालिका– २ जुगेना स्थित पुख्र्यौली घरमा बस्दै आएका. थिए । प्रहरीले भरतलाई चैत २ गते पुख्र्यौली घर डडेल्धुराबाट पक्राउ गरेको हो । हत्या गरिएका भण्डारी दम्पतीका सात महिनाकी एक छोरी रहेकी छन् । छोरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

    मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.