केरसिंह अदै
कपिलवस्तु । कपिलवस्तुमा रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समितिको तेस्रो भेला सम्पन्न भएको छ ।
सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढा मगरको आतिथ्यतामा २०८० असोज २१ गते शिवराज नगरपालिकाको खरेन्द्रा पुरमा सो भेला सम्पन्न भएको हो ।
कार्यक्रलाई सम्बोधन गर्दै बुढाले रक्तिम सांस्कृतिक अभियानको उद्देश्य, कला प्रस्तुतिबाट समाजमा रहेको अन्धकारलाई चिर्नु यथार्थ चित्रण गर्नु हो र समाजमा प्रगतिशील चेतनाको प्रचार गर्नु रहेको बताउँदै उहाँले रक्तिम सांस्कृतिक अभियान नगर समितिले राम्रो गरेकोमा पनि खुसी व्यक्त गर्नुभएको थियोे ।
उक्त कार्यक्रमा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै, नगर अध्यक्ष तथा जिल्ला कोषाध्यक्ष केहर सिंह पुन मगरले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान सङ्घका केन्द्रीय सदस्य कर्मराज चौधरी, अखिल नेपाल महिला सङ्घ जिल्ला सहसचिव बिनिता अदैको पनि आतिथ्य रहेको थियो ।
भेलाले पूजा कुँवरको अध्यक्षतामा १७ सदस्यीय रक्तिम सांस्कृतिक अभियान शिवराज नगर समिति गठन गरेको छ ।
जस् अनुसार उपाध्यक्ष राजु विक, सचिवमा जस्मिन पुन मगर, कोषाध्यक्ष पूजा पोखरेल रहनुभएको छ ।
त्यस्तै सदस्यरू टिना अदै, सावित्रा परिवार, सिर्जना कार्की, जस्मिन कार्की, अस्मिता अदै, पूजा भण्डारी, बिहान अदै, रिजन सुनार, साजन अदैलाई चयन गरेको छ भने वैकल्पिक सदस्यमा सुस्मिता विक, सुजाता विक, सल्लाहकारमा सञ्जिला बुढा मगर र सुशीला खनाल रहनु भएको छ ।
राजु विकको अध्यक्षता र सञ्चालन टिना अदैले गर्नु भएको थियो, भने रक्तिम गीत एक बनौं लौ, एक बनौं गाएर कार्यक्रमलाई स्वागत गरिएको थियो ।
भेला पछिको बैठकले सदस्यता वितरण, नविकरण, महिनाको दुई दिन प्रशिक्षण गर्ने लगाएत निर्णय गरेको छ ।