• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नेपालको कानुनमा धर्मसम्बन्धी कसुरको कानुनी व्यवस्थाबारे


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • सन्जीवकुमार श्रेष्ठ ##

    Advertisement

    धर्मसम्बन्धी कसुरका बारेमा केही जान्नुअगाडि हाम्रो देश नेपालमा भएका धर्म र कानुनबिचको अन्तरसम्बन्धको बारेमा जान्नु अतिउपयुक्त हुन्छ । हाम्रो देशको मूल कानुन संविधान हो, यसबाट शासन व्यवस्था सञ्चालन भइरहेको छ । उक्त संविधानको प्रस्तावनामा देश बहुधार्मिक भएको र धार्मिक विभेद गर्न नपाइने भनी लेखिएको छ ।

    अझ संविधानका पानाहरू पल्टाई हेर्दा त हरेक जनताले पाउने मौलिक हकको बारेमा स्पष्ट कोरिएको पाइन्छ, जसमा मौलिक हक र हरेक जनताले पालना गर्नुपर्ने कर्तव्यको व्यवस्थासमेत गरेको छ । उक्त मौलिक हकमध्ये धारा २६ मा धार्मिक स्वतन्त्रताको हकको व्यवस्था छ । उक्त धार्मिक स्वतन्त्रताको हकमा के कस्तो व्यवस्था गरिएको रहेछ ? सोबारेमा पनि जान्नु र बुझ्नु हरेक व्यक्तिको नैसर्गिक अधिकार हो । के छ ? के रहेछ ? व्यवस्था हेरौँ ।

    जसमा, (१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने छ ।

    (२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुने छ । तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानुन बनाई नियमित गर्न बाधा पुगेको मानिने छै न ।

    त्यस्तै;

    (३) यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने छ ।

    माथि उल्लेखित कुराहरू नेपाल संविधान–२०७२ मा व्यवस्था भएअनुरूप धार्मिक स्वतन्त्रताबारे भयो भने अब प्राचीनकालतिर हेरौँ, जुन समयमा ऐनकानुन र संविधान, जुन लिखित रूपमा थिएन । उक्त समयमा धर्म र धर्मग्रन्थलाई नै कानुन सरह मानिन्थ्यो र धर्मकै आधारमा समाज, राजनैतिक व्यवस्था, न्याय, शासन सञ्चालित भएका थिए । विभिन्न धार्मिक ग्रन्थ, रीतिरिवाज, धार्मिक, वचन, प्रथा, सनद, सवाल, स्थिती, बन्देज, लालमोहर, ताम्रपत्र, परम्परा एवम् धर्मशास्त्रमा लेखिएका वचनलाई कानुनसरह नै मानी दण्डसजाय दिई तत्काल आइपरेका समस्यालाई समाधान गरी देश र समाजमा शान्ति, सुव्यवस्था कायम गरिएको पाइन्छ ।

    नमेटिँदै गरिएका इतिहासमा भेटिएका कालखण्डमध्ये किरातकालमा मुन्धुम, लिच्छविकालमा धर्मशास्त्र, प्रथा, परम्परा, आदेश, सनद, त्यस्तै मल्लकालमा मानव न्यायशास्त्र र शाहकालमा गोरखाको रामशाहले जारी गरेका राजाज्ञा, छब्बिस दफे स्थिति, पृथ्वीनारायण शाहले दिएका दिव्य उपदेश र धर्मशास्त्र, प्रथा, स्थिति, सनद, सवालको आधारमा जनतालाई न्याय गरिएको इतिहास देखिन्छ ।

    यी भए प्राचीनकाल र इतिहास कालखण्डमा धर्मले न्यायमा खेलेको भूमिकाबारे भने अझ आधुनिक कालमा आएर समेत सबै धर्म, धर्मग्रन्थलाई उत्तिकै महत्त्व दिइएको देखिन्छ । उदाहरणका लागि हिन्दु धर्ममा मनुस्मृति, वेद, महाभारत, रामायण जस्ता धर्मग्रन्थ, त्यस्तै मुस्लिममा कुरान तथा क्रिस्चियन धर्ममा बाइबल आदि।

    राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले पहिलोपटक लिखित रूपमा ऐन बनाई लागु गरेको वि.सं. १९१० को मुलुकी ऐनमा पनि धर्मलाई बढी आधारित लिएको थियो । अहिलेको मुलुकी देवानी संहिता र कार्यविधि तथा मुलुकी अपराध संहिता, फौजदारी कार्यविधि संहिता र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४, जुन नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम व्यवस्थापिका–संसद्ले बनाई जारी गरिएको संहिता ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतको प्रतिपादन गरेको नजिर र २० प्रतिशत प्रतिशत अन्तर्राष्ट्रिय कानुन आधार बनाएको छ । साथै उक्त संहिता बनाउँदा ३१ ओटा कानुन खारेज र ३६ ओटा कानुनलाई एकीकृत गरी यो तर्जुमा गरिएको हो ।

    धर्मसम्बन्धी कसुर व्यवस्थाबारेमा मुलुकी अपराध संहिता–२०७४ को भाग˗२ फौजदारी कसुरहरू परिच्छेद ९ मा व्यवस्था गरिएको छ । उक्त मुलुकी अपराध संहिताको प्रस्तावनामा “मुलुकमा कानुन तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न, विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायबिचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसुर निवारण र नियन्त्रण गर्न र तत्सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गरी समयानुकुल फौजदारी कसुरसम्बन्धी संहिताको व्यवस्था गर्न बनेको ऐन हो” भनिएको छ ।

    फौजदारी कसुरहरूमध्ये परिच्छेद˗९ मा धर्मसम्बन्धी कसुरको व्यवस्था छ । उक्त कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पुर्‍याउन नहुने, धार्मिक भावनामा आधात पुर्‍याउन नहुने, धार्मिक रीतिस्थितिमा बाधा पुर्‍याउन नहुने र धर्म परिवर्तन गराउन नहुने जस्ता कार्य कानुनले कानुन विपरीत गर्न नहुने भनी उल्लेख गरिएको छ । कानुन विपरीत कार्य गरेमा कैद र सजाय र उक्त कार्य कानुन विपरीत भएमा के कति समयभित्र उजुर गर्ने हो ? सो उजुर गर्ने हदम्याद पनि स्पष्ट रूपमा लेखिएको छ ।

    अझ वितृत रूपमा बुझ्न उक्त मुलुकी अपराध संहिता २०७४ मा भएका कानुनी प्रावधान हेरौँ ।

    परिच्छेद˗९ धर्मसम्बन्धी कसुर

    दफा १५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानमा क्षति पुर्‍याउन नहुने

    (१) कसैले कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानी जानी कुनै धार्मिक पूजा, प्रार्थना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मसानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्‍याउन वा कुनै किसिमले दूषित गर्न, बिगार्न, फोहोरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुँदैन ।

    (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तिस हजार रुपैयाँसम्म जरिवाना हुने छ ।

    (३) विदेशीले उपदफा (१) बमोजिमको कसुर गरे वा गराएको रहेछ भने उपदफा (२) बमोजिमको कैद भुक्तान भएको सात दिनभित्र निजलाई नेपालबाहिर पठाउनुपर्ने छ ।

    दफा १५६. धार्मिक भावनामा आधात पुर्‍याउन नहुने

    (१) कसैले लेखेर, वचनले वा आकार वा चिह्नद्धारा वा अरू कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आधात पुर्‍याउन हुँदैन ।

    (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बिस हजार रुपैयाँसम्म जरिवाना हुने छ ।

    दफा १५७. धार्मिक रीतिस्थितिमा बाधा पुर्‍याउन नहुने

    (१) कसैले सनातनदेखि अपनाउँदै वा चलिआएको अरूको धार्मिक रीतिस्थितिमा जानी जानी बाधा पुर्‍याउन हुँदैन ।

    (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने छ ।

    दफा १५८. धर्म परिवर्तन गराउन नहुने

    (१) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनुहुँदैन ।

    (२) कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चली आएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्ने वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्नुहुँदैन ।

    (३) उपदफा (१) वा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने छ ।

    (४) उपदफा (१) वा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफाबमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपालबाहिर पठाउनुपर्ने छ ।

    दफा १५९. हदम्याद

    दफा १५८ अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेदअन्तर्गतको अन्य कसुरमा त्यस्तो कसुर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।

    अपराधलाई विधिशास्त्रीय कानुनले गर्नु भनेको कार्य नगर्नु र कानुनले नगर्नु भनेको कार्य गर्नुलाई अपराध मानेका छन् । फौजदारी कानुन भनेको अपराधसँग सम्बन्धित कानुन हो र अपराध भनेको राज्य र समाज विरोधी कार्य हो । मानिसले गर्न हुने वा गर्न नहुने व्यवस्थाको निर्माण गरी सम्पूर्ण मानव समुदायलाई अनुशासन, व्यवस्थित गर्नका लागि निर्धारण गरिएको संहिता नै कानुन हो ।

    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.