• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

महिलाको सामूहिक प्रयासमा ‘पाहाँ छें’ सञ्चालन


  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
  • धुलिखेल (काभ्रेपलाञ्चोक) । बिस्तारै बजार सुनसान हुँदै जाने र आर्थिक हिसाबमा सुधार गर्न आवश्यक देखिएपछि यहाँका महिलाहरुको सामूहिक प्रयासमा नेवारी परिकारको स्वाद लिन पाउने गरी पाहुना खाजा घर सञ्चालनमा ल्याएका छन् ।

    Advertisement

    काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ पुरानो बजारका विभिन्न पेसा व्यवसायमा आबद्ध महिलाहरुले सामूहिक रुपमा ‘पाहाँ छें’ नेवारी खाजा अर्थात् पाहुना खाजा घर सञ्चालनमा ल्याएका हुन् ।

    लोप हुँदै गएको नेवारी परिकार तखाला ९छाला र हड्डीसहितको मासुलाई गालेर पकाएको थलथली०, योमरी र सांगाख्वा विशेष खाजाको परिकारको स्वाद लिन पाइन्छ ।

    एकातिर बजार क्षेत्र सुनसान बन्दै गएको र अर्कोतिर घरमा बिहान–बेलुकाको काम सकेपछि फुर्सदमा रहेका कारण आफूहरुले आम्दानीको नयाँ आधार खोज्ने क्रममा पाहाँ छें सञ्चालन गरेको उहाँहरु बताउनुुहुन्छ । “बजारमा थप चहलपहल बढाउन र दिनभरिको समयलाई सदुपयोग गर्दा आम्दानी पनि हुने भएकाले सामूहिक रुपमा पाहुना खाजा घर सञ्चालनमा ल्याएका हौँ”, पनौती नगरपालिका–७ का सुनिता श्रेष्ठले भन्नुभयो ।

    नेवारी परिकार बारा, योमरी, चटामरी लगायतका सबै प्रकारका खाजाको परिकार एकै ठाउँमा पाउने गरी खाजा घर सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब पनौतीको खाजाको परिकार के हो रु हामी यहाँबाट देखाउने छौँ ।”

    खाजा घरमा विशेषगरी तखाला, योमरी र सांगाख्वा यहाँको विशेष खाजा सेट रहेको छ । नेवारी समुदायको भोजमा प्रयोग हुने खाजाको एउटा महत्वपूर्ण परिकार जुन पकाउनका लागि धेरै समय र गाह्रो हुने भएकाले लोप हुँदै गएको अवस्थामा त्यसको संरक्षण गर्ने गरी पाहाँ छेंमा आउने पाहुनाले स्वाद लिन पाउने उहाँहरुको भनाइ छ ।

    गुठी भोजमा अनिवार्य रुपमा हुने गरेकामा पछिल्लो समय लोप भइसकेको अवस्थामा त्यसको प्रयोगलाई स्थापित गर्नका लागि विशेषगरी तखालालाई परिकारको आकर्षकका रुपमा राखेको अर्का सञ्चालक रीता श्रेष्ठले बताउनुभयो । विभिन्न आकृतिहरुको चित्रहरु कोर्ने कामको प्रशिक्षकसमेत रहनुभएका उहाँले सामूहिक रुपमा सञ्चालन गरेको खाजा घरमा समेत सक्रिय हुनुभएको छ ।

    अर्का सञ्चालक अम्बिका रघुश्रेष्ठ बुटिक कामको अलावा सञ्चालनमा आएको खाजा घरमा पनि संलग्न रहनुभएको छ । ब्युटीपार्लर व्यवसायी रमा कर्माचार्य पनि त्यसको अलावा खाजा घरमा संलग्न भएर काम गर्नुभएको छ । नेवारी खाजाको प्रचारप्रसार गर्नाका साथै पनौती बजारमा आउने पाहुनालाई नेवारी परिकारको रैथाने स्वाद चखाउनका लागि यो व्यवसाय रोजेको कर्माचार्य बताउनुहुन्छ । व्यवस्थापन र सञ्चालनमा आहरु नै खटिरहनुभएको उहाँहरुले अर्को एक जनालाई रोजगारीसमेत दिनुभएको छ ।

    पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले आन्तरिक पर्यटकलाई आकर्षण गर्नका लागि सञ्चालनमा ल्याएको पाहुना घरमा हरेक दिन भिन्न प्रकारको परिकार उपलब्ध गराउँदै आकर्षणको थलो बनेकाले यसमा केन्द्रले आवश्यक सहयोग गरेको बताउनुभयो ।

    केन्द्रको सहकार्यमा चारजना सञ्चालकको रु पाँच लाखका दरले लगानी रहेको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पुरानो परिकारलाई प्रोत्साहन हुने किसिमबाट गर्ने व्यावसायिक कार्यमा नगरपालिकको तर्फबाट सहयोग रहने बताउनुभयो । नगरभित्र सञ्चालन हुने उद्योग व्यवसायमा पनि आफ्नो मौलिक प्रकारको व्यवसायलाई स्थापित गर्नेलाई नगरपालिकाको सहयोग गर्ने नीति रहेको छ उहाँले भन्नुभयो ।

    यसअघि पनौती नगरपालिका–७ पुरानो बजारमा नै महिलाहरुको सामूहिक प्रयासमा पन्ति कौला छें सञ्चालन गर्दै आएको छ ।

    मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • २.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ३.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ५.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ७.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ८.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.