टेकराज भुसाल, बुटवल ।
कृषिमा उज्यालो ल्याउने उद्देश्यले बुटवलमा २०७२ साल साउनमा स्थापना गरिएको लालटिन कृषि सहकारी संस्था लिमिटेडले आफ्नो नियमित कार्यक्रम अन्तर्गत सोमबार ८ औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
Advertisement
सामाजिक सेवामा टेवा पुर्याउने र रुपन्देहीमा रगतको कमी हुन नदिने मूल उद्देश्यले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष गंगालाल सापकोटाले जानकारी दिनुभएको छ ।
८ औं रक्तदान कार्यक्रममा ५६ जना र अहिलेसम्म ४०६ जनाले रक्तदान गरेको जानकारी दिँदै संयोजक यज्ञप्रसाद उपाध्यायले अगामी दिनमा पनि नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष गंगालाल सापकोटा, रक्त संचार केन्द्र, बुटवलका बरिस्ठ प्राविधिक राधा शर्मा र संयोजम यज्ञप्रसाद उपाध्यायको विशेष उपस्थितमा सम्पन्न भएको हो ।