• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

साम्राज्यवाद : विश्वकै लागि चुनौती


  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • नरबहादुर सिंह ##
    रुसलगायत अन्य धेरै देशको वामपन्थी अखडाबाट झस्किएको साम्राज्यवाद सोभियत सङ्घको पतनसँगै अस्थायी रूपमा विश्वलाई एकतन्त्रीय धु्रवमा बाँधी विश्वलाई गुलाम बनाउने सपना साकार पार्न तल्लीन रह्यो । त्यसै क्रममा उसले विश्वका धेरै देशमा विभिन्न बहानामा प्रवेश गरेको छ । त्यसका लागि उसले सबैभन्दा पहिला विश्वका कम्युनिस्ट पार्टी र निमुखा जनतामाथि इस्लामिक कट्टरपन्थी उत्पादन गर्ने काम तीव्र रूपमा अगाडि बढाएको छ ।

    Advertisement

    यता, वामपन्थीसँगको सङ्घर्षमा तिनै इस्लामिक कट्टरपन्थीसित सङ्घर्ष वा मुकाबिला गर्न कठिन भयो । जब स्लामिक कट्टरपन्थीहरू अमेरिकी साम्राज्यवादका विरुद्धमा उत्रिए, त्यसपछि अमेरिकी साम्राज्यवाद विरुद्धको असन्तोष झन् चुलिएर गयो । त्यसपछि अमेरिकी साम्राज्यवाद झन् आक्रोशित भयो । त्यस क्रममा कथित आतङ्कवाद नियन्त्रण गर्ने नाउँमा रानीबिनाको मौरी चिढिए झँै विश्वका त्योभन्दा साना साम्राज्यवादी देश र विकासोन्मुख देशमा आफ्ना देशमा सेना पठाउन सफल भयो । फेरि पनि अमेरिकी साम्राज्यवाद कथित आतङ्कवाद नियन्त्रण गर्ने नाउँमा सर्वसाधारण जनताको हत्या गर्दै अघि बढेको छ । त्यतिले मात्र रक्षा हुने नदेखेपछि अमेरिकी साम्राज्यवादले पुँजीवाद पनि सँगसँगै अघि बढाएको छ ।

    आज विश्वका जनताले चिनेका छन्, वास्तविक आतङ्कवादको जननी स्वयम् अमेरिकी साम्राज्यवाद हो । साम्राज्यवाद पुँजीवाद र युद्धबिना बाँच्न सक्दैन । पुँजी र नाफाबाट मात्रै सन्तुष्टि साम्राज्यवादलाई मिल्न सक्दैन । नाफा कमाउने उद्देश्यले आफ्नै घरेलु बजारबाट समेत साम्राज्यवाद निस्केर विश्वका बजार कब्जा गरी ती देशका साना र मझौला बजार तथा व्यापारीलाई विस्थापित गर्दै सिङ्गो देशमै वा सिङ्गो विश्व कब्जा गर्ने उद्देश्यका साथ अमेरिका अघि बढेको छ । स्वयम् साम्राज्यवादको उद्योगधन्दाबाट निस्किएका तयारी मालवस्तु बिकाउन उसलाई चुनौती थपिएको छ ।

    उता, विश्वका विभिन्न देशमा राष्ट्रिय मुक्तिको अन्दोलन चर्को रूपले अगाडि बढ्दै जाँदा सो आन्दोलन साम्राज्यवादको नियन्त्रणभन्दा बाहिर रहेर उसलाई ठुलो चुनौती थपिएको छ । यसरी दिनानुदिन विश्व सर्वहारा वर्ग सचेत बन्दै गइरहेको उदाहरणले साम्राज्यवादको आयु छोटिने निश्चित छ ।

    सोभियत सङ्घको विघटनबाट साम्राज्यवाद र पुँजीवाद आत्मसन्तुष्टि लिनबाट फेल भएको छ । त्यसैले विश्वभरि विशालु हतियार निर्यात, पुँजी निर्यात, विभिन्न धर्मको नाममा सङ्गठन विस्तार गरेर पनि अमेरिकी साम्राज्यवाद र युरोपियन युनियनको सुरक्षा छाता बलियो नभएको महसुस उनीहरूलाई भइरहेको छ । त्यसैले उसले सिरिया, अफगानिस्तान, कङ्गो, लेबनान, भेनेजुयला, इराकलगायतका विश्वका धेरै देशमा आफ्नो सैनिक क्याप स्थापना गर्ने काममा समेत पछि परेको छैन अमेरिकी साम्राज्यवाद ।

    बुझ्न गाह्रो पर्दैन कि विश्वका प्राकृतिक स्रोतसाधनमाथि पनि साम्राज्यवादको आक्रमण जारी नै छ । हत्या, रक्तपात र युद्ध अपराधमा सन्तुष्टि खोज्दै जाँदा स्वयम् उसैका निमित्त दिनानुदिन घातक हुँदै गइरहेको छ । अर्कोतिर, कम्युनिस्ट वा वामपन्थी आन्दोलनबाट अछुतो रहन खोज्ने साम्राज्यवादको अकल्पनीय अवसरवादबाट पृथक रहन सकिरहेको छैन ।

    नवउदारवादी नीतिमार्फत् मुक्त व्यापार र खुल्ला अर्थनीति अपनाएर बहुराष्ट्रिय भर्‍याङमै चिप्लिएको साम्राज्यवाद पुँजीको होडबाजी चलाएर विश्वबजार कब्जा गर्ने रणनीतिबाट विस्तारै विस्तारै हार स्वीकार गर्न वाध्य भएको छ किनभने चीन, रुसलगायत देशले दिएको आर्थिक चुनौतीको सामना गर्न नसकी शीतयुद्धमा फसेकोफस्यै छ । पुँजीवादबाट साम्राज्यवादग्रस्त निद्राका साथ सन्तुष्टि लिन सकिरहेको छैन उसले र यस सन्तुष्टि लिने एक मात्र बाटो हो साम्राज्यवाद ।

    आज साम्राज्यवादलाई साम्यवाद निल्नु न ओकल्नु भएको छ किनभने विश्वभरि शोषित, पीडित जनता उसको विरुद्धमा उभिएका छन् भने उसैका सहयोग मित्रदेशहरू युरोपका साम्राज्यवादी देश, भारतका साम्राज्यवादी देश, अमेरिकी साम्राज्यवादको एकाधिकारको नाफासँग सहमत छैनन् । यी देशहरू नाफासँग जीवनमरणको साथी बनाइरहेका छन् भने उनीहरूकै देशमा उत्पन्न हुने नाफाले सन्तुष्टि दिन सकिरहेको छैन । यसबाट यो बुझ्न सकिन्छ कि नाफाको कुनै मापदण्ड हुँदैन, न त त्यो स्थायी नै हुन्छ । पुँजीबाट कुनै देश साम्राज्यवादी होडबाजीमा नजाला भन्ने प्रमाण कसैसँग छैन भने चरम पुँजीवाद हावी भएको देशमा सर्वहारा वर्ग झन् गरिबी, भोकमरीको चपेटामा फसेको इतिहास विश्वका साम्राज्यवादी देशबाट छर्लङ्ग भइसकेको छ । विश्वका त्यो प्रेमी जनताले साम्राज्यवाद स्वीकार नगर्ने निश्चित भएपछि उसको यस खालको हुनुका साथै होस नभएको बहुला कुकर झैँ बहुलाएको छ । त्यसकारण आफ्नो सास जानुभन्दा पहिला ऊ छिमेकी देशलाई डस्न खोज्दै छ ।

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.