डोटी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) डोटीको जिल्ला भेला सम्पन्न भएको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको जिल्लाब्यापी संगठनात्मक अभियान अन्तर्गत विद्यार्थी संगठनको भेला भएको हो । बुधवार सम्पन्न भेलाले नयाँ समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा पारस जोशी, उपाध्यक्ष कृष्ण धामी, सचिव प्रकाश नेपाली र कोषाध्यक्षमा महेश्वरी भट्ट चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरुमा कृष्ण वोगटी, सन्देश ताम्राकार, दिनेश विक, दिपक जोशी, राम जाग्री, संजोग बिष्ट रहनुभएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ ।
भेलालाई राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रशिक्षणसहित शुभकामना दिनुभएको थियो । यस्तै, राजमो डोटीका अध्यक्ष डबल बोगटी लगायत नेताहरुको भेलामा आतिथ्यता रहेको थियो ।