• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

युवा श्रमिक पलायनको दारुण चित्र


  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित
  • चेतनाथ आचार्य ##

    Advertisement

    युवा श्रमिक विदेश पलायनबारे धेरै चर्चापरिचर्चा भइरहेको छ । अहिले अध्ययन र रोजगारीको खोजीको नाममा नेपाली युवाहरू संसारको विभिन्न मुलुकमा भौतारिरहेका छन् ।

    नेपाल सरकार श्रम विभागको तथ्याङ्कअनुसार रोजगारीको लागि विदेश जानेको सङ्ख्या ६ लाख ३० हजार ९० छ, जसमा पुरुषको सङ्ख्या ५ लाख ८० हजार ९ सय ६२ छ भने महिलाको सङ्ख्या ४९ हजार १ सय २८ जना छ । यो सङ्ख्या गत वर्षको हो । चालु वर्षमा विदेश जानेको सङ्ख्या बढेर करिब ८ लाखको हाराहारीमा पुगिसकेको अनुमान छ ।

    तथ्याङ्कलाई आधार मान्दा उच्च दक्ष, दक्ष, अर्धदक्ष र अदक्ष गरी चार प्रकारका युवा श्रमिक रोजगारीको खोजीमा विदेश पलायन भएको स्थिति देखिन्छ, जसमा उच्च दक्ष जनशक्तिको सङ्ख्या १२५ जना, व्यावसायिक ६८० जना, दक्ष २ लाख ९१ हजार ८ सय ८९ जना, अर्धदक्ष ५४ हजार ३ सय २८ जना र अदक्ष २ लाख ९० हजार ७९ जना छन् ।

    उपर्युक्त सङ्ख्या औपचारिक र कानुनी रूपमा बाहिरिनेको मात्र हो । यसमा घरेलु कामदारको रूपमा जाने महिला, भारतमा काम गर्न जाने श्रमिक, भिजिट भिसा लिने र भारतको बाटो भएर वा अध्यागमन विभागसँग सेटिङ मिलाएर श्रमस्वीकृति नलिई अनौपचारिक र गैरकानुनी रूपमा बिदेसिनेहरूको सङ्ख्या समावेश छैन । अनौपचारिक रूपमा रोजगारीका लागि विदेश पलायन हुने श्रमशील जनशक्तिको सङ्ख्या समावेश गर्ने हो भने हाम्रो अगाडि डरलाग्दो चित्र आउन सक्छ ।

    अध्ययन अनुमतिपत्र लिएर अध्ययनका नाममा विदेश जाने युवाहरूको आ.व. २०७४ देखि २०८० सम्मको तथ्याङ्क ४ लाख ४७ हजार ७ सय ७१ छ । २०७३ सालदेखि यताका प्रत्येक वर्षको तथ्याङ्क विश्लेषण गर्दा बिचका दुई वर्षबाहेक अन्य वर्षमा विदेश जानेहरूको ग्राफ तीव्र गतिमा उकालो लागेको देखिन्छ ।

    आव २०७८/७९ र २०७९/८० मा यो सङ्ख्या अनपेक्षित रूपमा वृद्धि भएको छ । आ.व. २०७३/७४ मा ५० हजार ७ सय ९६ जना, २०७४/७५ मा ५८ हजार ७ सय ५८ जना, २०७५/७६ मा ६३ हजार सात सय १७ जना, २०७६/७७ मा ३३ हजार १ सय ९६ जना, २०७७/७८ मा २८ हजार ८ सय ८३ जना, २०७८/७९ मा १ लाख २ हजार ५ सय ४ जना र २०७९/८० मा १ लाख १० हजार २ सय १७ जनाले नो अब्जेक्सन लेटर लिएको देखिन्छ ।

    बैदेसिक रोजगारीमा जाँदा कति विदेशी मुद्रा खर्च हुन्छ ? त्यसको वास्तविक श्रोतको खोजी गर्नुपर्ने भएकाले उल्लेख गर्न सम्भव भएन तर नेपाल बैङ्कको अभिलेखअनुसार आर्थिक वर्ष २०७८/७९ मा अध्ययन शीर्षकमा ६७.७ अर्ब नेपाली रुपियाँ बराबर विदेशी मुद्रा बाहिरिएको थियो भने चालु आर्थिक वर्षको दस महिनामा ७५.१४ अर्ब रुपियाँ बाहिरिसकेको छ ।

    २०७८ सालको जनगणनाको रिर्पोट केही समयपहिले सार्वजनिक भएको छ । सार्वजनिक भएको तथ्याङ्कलाई आधार मान्दा प्रत्येक वर्ष ५ लाख पचास हजारभन्दा बढी श्रमशील जनशक्ति श्रमबजारमा रोजगारीको लागि आउँछन् । त्यसरी श्रमबजारमा आएको

    जनशक्तिमध्य थोरैले मात्र देशभित्र रोजगारीको अवसर पाउँछन् । श्रमबजारमा प्रवेश गरेका अधिकांश जनशक्ति या त बेरोजगार हुन्छ, या विदेश पलायन हुन्छ । यसरी विदेश पलायन हुनेको दैनिक सङ्ख्या रोजगारीको नाममा २२ सयदेखि २५ सय हुन आउँछ भने अध्ययनको नाममा जानेको सङ्ख्या ३ सयदेखि ६ सयसम्म छ ।

    अधिकांश ग्रामीण युवाहरू रोजगारीको लागि खाडी, मलेसिया, जापान, दक्षिण कोरिया जस्ता मुलुक पुगेका छन् । यी मुलुकलाई गन्तव्य बनाउनुपर्ने कारण उनीहरूको आर्थिक हैसियत र दक्षताको आधार हुने गरेको छ । कमजोर आर्थिक अवस्था हुने र सिपविहीन जनशक्ति जो शारीरिक श्रममा मात्र भर पर्नुपर्ने हुन्छ । उनीहरूको रोजाइ खाडी र मलेसिया हुन्छ । दक्षिण कोरिया र जापानलाई कर्मथलो बनाउनेको अवस्था खाडी र मलेसियालाई कर्मथलो बनाउनेको भन्दा राम्रो आर्थिक हैसियत हुने समूहमा पर्दछन् भने आर्थिक स्थिति राम्रो भएका, दक्ष र सिपयुक्त जनशक्तिको रोजाइ अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक हुन् ।

    कान्तिपुर दैनिकले दूतावासको हवाला दिँदै प्रकाशित गरेको समचारअनुसार युरोपियन मुलुकमध्ये सबैभन्दा बढी पोर्चुगलमा ४५ हजार, रोमानियामा २१ हजार, टर्कीमा १० हजार, पोल्यान्डमा २१ सय छन् । नेपाली कामदारको आकर्षण युरोपतिर बढेसँगै मानव तस्करको सकृयता र सञ्जाल पनि विस्तार भएको छ । गत वर्ष ३८ हजार जना श्रमस्वीकृति लिएर युरोपियन देशमा गएका थिए, जुन बैदेसिक रोजगारीमा जान श्रमस्वीकृत लिनेमध्यको ७.७८ प्रतिशत हो । यसको ९० प्रतिशत कामदार व्यक्तिगत रूपमा गइरहेका छन् । यो तथ्याङ्कले मानव तस्कर कति धेरै सकृय छन भन्ने चित्र प्रस्तुत गर्दछ । साथै विदेश जानका लागि युवाहरूले जस्तोसुकै जोखिम मोल्न तयार छ भन्ने तथ्य पनि उजागार गर्दछ ।

    पछिल्लो समयमा विदेश जाने युवाको वृद्धिदर जुन रूपमा बढिरहेको छ, त्यसले के सङ्केत गर्छ भने युवाहरूले देशभित्र आफ्नो भविष्य देख्न छोडिसके । यही क्रमले निरन्तरता पाइरहेमा केही वर्षभित्रमा युवाहरू रित्तिने छन्, खालि श्रम गर्न नसक्ने बालबालिका र ज्येष्ठ नागरिकहरू, जसलाई राज्यले संरक्षण गर्नुपर्ने हुन्छ, मात्र बाँकी रहने छन् ।

    बताइरहन आवश्यक छैन कि २०७८ सालको जनगणनाको तथ्याङ्कअनुसार देशविकासका निम्ति चाहिने जनसाङ्ख्यिक लाभको सुनौलो अवसर अझै कही वर्ष बाँकी छ । नेपाल २०४८ सालपछि लगातार जनसाङ्ख्यिक लाभ लिन सक्ने अवस्थामा छ । २०६८ सालको तथ्याङ्कअनुसार काम गर्न सक्ने उमेर समूहको सङ्ख्या ४०.३५ प्रतिशत थियो भने अहिले अर्थात् २०७८ सालको जनगणनामा त्यो समूहको सङ्ख्या झन्डै २ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसको अर्थ अहिले पनि देशविकासको निम्ति चाहिेने जनशक्ति पर्याप्त छ तर विदेश पलायनको पछिल्लो ट्रेन्ड हेर्दा देश छिट्टै युवाविहीन हुँदै छ भन्ने सङ्केत मिलिरहेको छ । जुन देशले सृजनशील युवाहरूलाई देशविकासमा लगाउन सक्दैन, त्यो भन्दा ठुलो दुर्भाग्य अरू के हुन सक्छ ?

    आज मुख्यत: युवाहरू रोजगारी र अध्ययनको नाममा बिदेसिएका छन् । कतिपयको रहर पनि होला । रहरले बिदेसिनेको सङ्ख्या नगन्य छ । युवा विदेश पलायनबाट देशको हरेक क्षेत्र प्रभावित भएको छ । विश्वविद्यालयले विद्यार्थी अभावको समस्या झेलिरहेका छन् । स्वास्थ्य क्षेत्रको अवस्था पनि दयनीय छ । अबको एक/दुई वर्षमा नर्सिङ स्टाफहरू पाउन मुस्किल देखिन्छ । कृषिक्षेत्रमा आबद्ध युवा जनशक्तिको सङ्ख्या पनि ह्वाट्टै घटेको छ । कृषि क्षेत्रमा संलग्न महिला र प्रौढको सङ्ख्या वृद्धिले युवाको उपस्थिति कम छ भन्ने जनाउँछ । विकास निर्माणको काममा युवा संलगनता शून्यप्राय छ । औद्योगिक उत्पादन नभएका कारण सम्पूर्ण उपभोग्य वस्तुमा परनिर्भर हुनुपरेको छ ।

    युवा वर्ग देश, परिवार र व्यक्तिगत समृद्धिको आधारस्तम्भ हो । आजको युवाले सामान्यभन्दा सामान्य कामको सम्भावना देशभित्र देख्दैन । भविष्य देख्ने त धेरै टाढाको विषय भयो । विदेशमा भविष्य खोज्ने सबै युवाहरूको सपना पूरा भएको पनि कहाँ छ र ? अध्ययनका लागि भनेर गएका अधिकांश युवाहरू कामको खोजीमा भौतारिन परेको हृदयविदारक कथा पनि थुप्रै छन । कामको खोजीमा गएका सबै युवाहरूको कमाइ राम्रो छ भन्ने पनि छैन । लाखौँ ऋण खोजेर गएका युवाहरू ऋण तिर्न सकेकोमा आफूलाई धन्य सम्झिन्छन् । कैयौँ युवाहरू ऋणको बोझले थिचिएर मानसिक रूपमा विक्षिप्त भएका छन् । कैयौँले आत्महत्या गरेका छन् । पचासौँ लाख खर्च गरेर गैरकानुनी तरिकाले गएकाहरूको धन र जन दुवै गएको छ । अध्ययनको नाममा काम गर्न पठाउने अभिभावकले पनि सोच्ने बेला आएको छ । काम नभएका, नपाएका युवाहरू पलायन हुुनु स्वाभाविक मानिएला तर आयश्रोत राम्रो भएका, उच्च

    अधिकृतका जागिर, रोजगार र व्यवसाय सञ्चालन गरेर बसेकाहरूका छोराछोरीको विदेश मोह देख्दा अनौठो लाग्छ । अखिर विदेशमा त्यस्तो सञ्जीवनी बुटी के छ, जसले करोडपतिदेखि रोडपतिसम्मलाई आकर्षित गरिरहेको छ ।

    तत्काल युवाहरूको विदेश आकर्षण रोक्न सक्ने अवस्था त देखिँदैन तर विदेश पलायनको तीव्रतामा ब्रेक लगाउनैपर्छ । अब ढिलो गर्न हुन्न । यस विषयमा सर्वप्रथम त राज्य गम्भीर बन्नपर्छ । नागरिक स्तरबाट पनि आवाज बुलन्द गर्न र सरकारलाई सकारात्मक दबाब दिन ठोस कदम चाल्नुपर्ने आवस्यकता छ । राज्य किन यति धेरै उदासिन र असंवेदनशील हुँदै गइरहेको छ । किन युवाहरूलाई देशको यस्तो अवस्था हुँदा पनि विदेश जान प्रेरित गरिरहेछ । यसको खास कारण छ ।

    सत्ता सञ्चालकहरूले युवा विदेश पलायनमा नै आफ्नो दीर्घकालीन हित देखेका छन । उनीहरू आफू विरुद्ध विद्रोह गर्न सक्ने शक्ति देशभित्र नबसोस भन्ने चाहान्छन् । त्यसैले उनीहरूले योजनाबद्ध र सचेत रूपमा युवाहरूलाई निकम्मा, निष्क्रिय, शक्तिहीन, पथभ्रष्ट, विचारशून्य, दुर्बल, पलायनवादी, कायर, मानसिक रूपले विक्षिप्त, छाडा, नग्न, अश्लील र विकृत बनाउने काम गरिरहेका छन् । देशविकासको लागि रोजगारी सिर्जना गर्नु, उद्यमशीलताको विकास गर्नु, दिगो विकासका लागि जनहितकारी कार्यक्रम लागु गर्नुसँग सरोकार हुँदैन ।

    शिक्षालाई जीवनोपयोगी, व्यावहारिक र उत्पादनमूलक बनाउने दायित्व सरकारको हो तर सरकारले शिक्षालाई जीवनोपयोगी, व्यावहारिक र उत्पादनसित गास्ने प्रयत्न कहिल्यै गरेन बरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोको रूपमा रूपान्तरण गर्‍यो । शिक्षालाई दुईखम्बे नीतिअन्तर्गत निजी र सरकारी गरी दुई वर्गमा विभाजन गरियो । सरकारी शिक्षालयबाट प्रदान गरिने सेवा गुणस्तरहीन हुन्छ भन्ने भाष्य तयार गरेर सरकारी विद्यालय बेबारिसे बनाइयो । त्यहाँ जागिर खाने ठुलै समूहले निजी विद्यालयलाई प्रमोट गर्दै लगे । सरकारी संस्थामा जागिरको नाममा आरामगृह जस्तो बनाइयो ।

    निजी संस्था सञ्चालकहरू दिनप्रतिदिन इलिट (कुलीन) वर्गमा परिणत हुँदै गइरहेका छन् । पुँजीवादी प्रणालीको विशेषता नै हो कि त्यहाँबाट उत्पादित जनशक्तिले पुँजीवादको दासको रूपमा काम गरोस् । यो मिसनमा उनीहरूलाई काफी हदसम्म सफलता मिलेको छ । युवा वर्गको विदेश पलायनको परिदृष्यले जे देखाइरहेको छ, त्यो विद्यामान शिक्षानीतिको परिणति हो । “न रहे बाँस न बजे बाँसुरी” । जब ऊर्जाशील जनशक्ति देशबाट विभिन्न बहानामा पलायन हुन्छ, तब जनविरोधी तत्त्वलाई हाइसन्चो हुन्छ ।

    वर्तमान राज्यव्यवस्थाको स्वरूप नै देशको युवा वर्गलाई यो वा ऊ बहानामा विदेश पलायन हुन बाध्य बनाउनु रहेको छ । यसो गर्दा शासक वर्गलाई दीर्घकालीन फाइदा हुन्छ । सचेत युवा वर्ग, जसले जनविरोधी तत्त्वको विरुद्ध सङ्गठित आन्दोलन गर्न सक्छन् ।

    उनीहरूले दुईओटा विकल्पमध्ये एउटा रोज्नुपर्ने हुन्छ : या त विद्यमान यथास्थितिको दास बनेर बस्ने वा सबै प्रकारका अन्याय, अत्याचार, बेथिति र विसङ्गतिको विरुद्ध विद्रोह गर्ने । श्रमशील जनशक्ति पलायन भएर देशको राष्ट्रिय शक्ति र ताकत कमजोर पार्दै लैजाने कि मजबुत बनाउँदै देशलाई बर्बाद हुनबाट जोगाउने सचेत युवाले अब सोच्ने बेला आएको छ । देशभित्र रहेको अपार सम्पदाको सदुपयोग गरेर यही केही गर्न सकिन्छ भन्ने भावना जगाउन युवाहरू स्वयम् उठनुपर्छ । देशमा भविष्य नदेख्ने युवाहरूको मर्नै लागेको देशभक्ति पूर्ण भावनाको पुन:जागृत गराउन नसक्ने हो भने देश भड्खालोमा जाकिने निश्चित जस्तै छ ।

    सरकारको दायित्व युवाहरूलाई सर्वप्रथम– व्यावहारिक सिपमूलक, र उत्पादनसँग जोडिएको शिक्षा प्रदान गर्नु, द्वितीय– स्वदेशमै पर्याप्त रोजगारीको अवसर प्रदान गर्नु, तृतीय– युवाहरूलाई मानसिक र शारीरिक स्वस्थ्यता विकासको लागि उचित व्यवस्था मिलाउनु र अन्तिममा मनोरञ्जनको उचित प्रबन्ध गर्नु हो । सरकार यी सबै दायित्वबाट चुकेको छ ।

    समाजशास्त्रीहरूले पनि शैक्षिक गुणस्तरको कमी, अवसरको अभाव, बेरोजगारी, महङ्गी, भ्रष्टाचार, कुशासन, दण्डहीनता सामाजिक निराशालाई विदेश पलायनको कारक तत्त्वको रूपमा औल्याएका छन् । यसलाई रोक्न उत्पादनसँग सम्बन्धित व्यावहारिक शिक्षा प्रदान गर्ने र पर्याप्त राजगारी सिर्जना गर्न, दण्डहीनताको अन्त्य गरी ललितानिवास प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, सुनकाण्ड, यती, ओमनी, वाइडबडी जस्ता दर्जनौँ काण्डका दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाव दिन जरुरी छ ।

    जीवन र मानव विकास वा प्रगतिको लागि चाहिने हरेक वस्तु श्रमबाट नै उत्पादन हुने हो भन्ने चेतनाको विकास गराउन सकेमा हरेक व्यक्ति देशभित्र श्रम गर्न तयार हुने छ । देशभित्र रहेको अपार सम्पदाको सदुपयोग गरेर देशको समृद्धिमा टेवा पुर्‍याउन सकिन्छ भन्ने भावनाको विकास गराउन सके युवाहरूले देशमै भविष्य देख्न थाल्ने छन् र विदेशगमन क्रमश: रोकिँदै जाने छ ।

    अन्तिममा, यो राज्यप्रणालीअन्र्तगत युवाहरूको आधारभूत समस्या समाधान हुन्छ भनी सोच्नु गल्ती हुने छ । त्यसका लागि सचेत र सङ्गठित विद्रोहको आवश्यकता पर्दछ । समाज र आफ्नै कल्याणका लागि आवश्यक पर्ने साधनको उत्पादन श्रम गर्ने व्यक्तिको संलग्नतामा हुने भएकाले यो अवस्थाबाट पार पाउन प्रयत्न गर्ने जिम्मा पनि हामी सबैको हो ।

    बुधबार, असोज १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.