धनवीर पुन, नयाँदिल्ली ।
भारतको मेघालयको ज्वाईमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समिति पुनर्गठन गरिएको छ ।
अध्यक्ष ठाकुर खनाल, महसचिव प्रेम पौडेल र पूर्वोत्तर भारतका क्षेत्रीय सचिव गमबहादुर सुनारको उपस्थितिमा सेप्टेम्बर २५, २०२३ का दिन सम्पन्न भेलामाझ उक्त समिति निर्माण भएको हो ।
भेलाले दुर्गाबहादुर अधिकारी अध्यक्ष रहनुभएको ११ पूर्ण, तीन वैकल्पिक र तीन सल्लाहकार गरी १७ सदस्यीय नगर समिति पुनगर्ठन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रकाश सुनार, सचिवमा देवेन्द्र क्षेत्री, सहसचिवमा पदम पुन र कोषाध्यक्षमा पद्मा क्षेत्री रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा गौतम राजवंशी, अमित केसी, गोपिराम सुनार, थानेश्वर पाण्डे, अर्जुन खदाल र हीरा क्षेत्री रहनुभएको छ ।
भेलाले वैकल्पिक सदस्यमा रिता सिंह र राज सुनारलाई चयन गरेको छ ।
निर्वाचित समितिलाई अतिथिहरू खनाल, पौडेल र सुनारले बधाई तथा शुभकामना दिनुभएको थियो ।