• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

एघारौँ राष्ट्रिय विज्ञान दिवसमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न


  •   बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । दश वर्षदेखि मनाइँदै आएको एघारौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् ।

    Advertisement

    सोही सन्दर्भ पारेर मानववादी समाज नेपाल (सोच नेपाल) को आयोजना र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सहआयोजना तथा सहकार्यमा काठमाडौँमा यही असोज २ गते विज्ञानसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको रानीपोखरीमा अवस्थित दरबार हाइ स्कुलको एक हलमा सम्पन्न “विज्ञान सबैका लागि” विषयक अन्तर्क्रियात्मक कार्यक्रमको अध्यक्षता सोच नेपालका अध्यक्ष अर्थविद, साहित्यकार एवं सामाजिक अभियन्ता डा दामोदर पुडासैनीले गर्नुभएको थियो ।

    महिला अध्ययन केन्द्रका अध्यक्ष, साझा प्रकाशनका सञ्चालक समितिका सदस्य एवं कुरीतिविरुद्धका प्रखर अभियन्ता सीताकुमारी ओझाको प्रमुख आतिथ्य रहेको कार्यक्रमको सञ्चालन सोच नेपालका अर्जुन परियारले गर्नुभएको थियो भने स्वागत तथा कार्यक्रममाथि प्रकाश पार्ने काम सोच नेपालकै एलिसा सुबेदीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख वक्ताका रूपमा अर्थशास्त्रविज्ञ, सामाज शास्त्रका अनुभवी व्यक्तित्व डा निरज पौड्याल रहनुभएको थियो ।

    “विज्ञान सबैका लागि” विषयमा डा। निरज पौड्याल र सीताकुमारी ओझाको प्रस्तुतिपछि विभिन्न वक्ता तथा टिप्पणीकर्ताहरुलाई छलफलमा सहभागी गराइएको थियो । दलित अभियन्ता सीताराम घले (परियार), समाजसेवी साहित्यकार नरबहादुर बिसी, राजनीतिज्ञ जेपी नेपाल, पत्रकार यशोदा अधिकारी, साहित्यकार शैलेन्दुप्रकाश नेपाल, पत्रकार अश्विनी कोइराला, कुरीतिविरुद्धका सामाजिक अभियन्ता एवं साहित्यकार रामदेव पाण्डे र एलिसा सुबेदीलगायतका सहभागीहरुले विषयवस्तुमाथि गहन तर्कपूर्ण छलफल गर्नुभएको थियो ।

    कार्यक्रमका अधिकांश वक्ता तथा टिप्पणीकर्ताहरुले विश्वका धेरै देशहरुमा आआफ्नै राष्ट्रिय विज्ञान दिवस रहेका र नेपालले ढिलै भए पनि विज्ञान दिवसको घोषणा गरी कार्यक्रमहरु गर्न थालेकोमा खुसी व्यक्त गरेका थिए । विज्ञानलाई व्यवहारमा र सकारात्मक उपयोगमा लगाउनु आजको अपरिहार्य आवश्यकता हो भने छद्म विज्ञानको भ्रमबाट सावधान रहनु पर्ने आवश्यकतालाई पनि औँल्याइएको थियो ।

    कार्यक्रममा वक्ता एवम् टिप्पणीकर्ताहरुले समय सान्दर्भिक विचारहरु व्यक्त गरेका थिए । एक चक्कुको निर्माण तरकारी तथा फलफूल काट्नका लागि गरिन्छ तर त्यसैको प्रयोग गरेर कसैले मान्छेमाथि हमला गर्छ भने यो चक्कु बनाउने विज्ञानको दोष नभई मानिसको सोच र विवेकको कुरा हो । त्यसैले विज्ञानले विनाश गर्छ भन्ने धारणा राखी विज्ञानविरुद्ध विचार राख्नु, प्रचार गरिनु प्रतिगामी, पुरातनवादीको षडयन्त्र हो । विज्ञानिबनाको आजको संसार कल्पनाबिहरको कुरा हो । वैज्ञानिक अन्धविश्वासी हुन सक्छ किनकि ऊ मान्छे हो तर विज्ञान कहिल्यै तर्क र प्रमाणविहिन कुरा गर्दैन । विज्ञानले कुनै धर्म, जात, रङ वा लिङ्ग चिन्दैन । विज्ञानले सबैका लागि फाइदा वा नोक्सान उत्तिकै गर्छ ।

    धर्मग्रन्थमा विज्ञान र विज्ञानमा धर्मग्रन्थ या धर्म खोज्नु् पागलपनबाहेक केही हुन सक्दैन । यस्ता कुराले कुनै पक्षलाई पनि फाइदा गर्दैन । विज्ञान नभएको भए मान्छे आज पनि जङ्गली युगमा नै बाँचिरहेको हुन्थ्यो । मान्छेभन्दा पुराना र पहिलेका जीव आज पनि कसरी खाने, कसरी जोगिएर बाँच्ने भन्ने कुरामा मात्र तल्लीन छन् भने मान्छे भ्रूतलाई सम्झँदै भविष्यको सोचाइमा समेत लाग्ने गरेको छ । यो सबै विकसित मष्तिस्क र विज्ञानका आविष्कारबाट सम्भव भएको हो, आदि विचारहरु प्रस्तुत भएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक, साहित्यिक, सामाजिक एवं राजनीतिक क्षेत्रका व्यक्ति र व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    नेपाल सरकारले आजभन्दा दश वर्ष पहिले असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसका रूपमा मान्यता दिएको थियो । आम जनताका छोराछोरीले पनि विज्ञान विषय पढ्न पाउने गरी खोलिएको अमृत साइन्स क्याम्पसको स्थापनाको दिन पारेर राष्ट्रिय विज्ञान दिवस घोषणा गरिएको कुरा सोच नेपालका अध्यक्ष डा। पुडासैनीले जानकारी गराउनुभएको थियो ।

    बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.