• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल (छैठौँ) ले शिक्षा विधेयक जलाउने


  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौँ) ले असोज २ गते मङ्गलबार सरकारले हालै संसद्मा प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक–२०८० जलाउने भएको छ ।

    Advertisement

    सरकारद्वारा प्रस्तुत विधेयकमा शिक्षाको निजीकरण र व्यापारीकरण जोड दिएको, निजी स्कुललाई लुत्न छुट दिएको, फेरि पनि शैक्षिक माफिया दलाल र व्यापारीको हातमा शिक्षालाई वैधानिक रूपमै सुम्पेको भन्दै अखिल (छैठौँ) ले सो कार्यक्रम निश्चित गरेको हो ।

    अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षणमा २०८० असोज १ गते सोमबार सार्वजनिक गरिएको प्रेस वक्तव्यमा सो जानकारी दिइएको हो ।

    शिक्षा विधेयकलाई कलङ्कित विधेयकको संज्ञा दिइएको उक्त विधेयकमा सोको खारेजीको लागि एकल तथा संयुक्त आन्दोलन गर्न समेत अखिल (छैठौँ) तयारी रहेको वक्तव्यमा उल्लेख छ ।

    यस्तो छ अध्यक्ष कुँवरको प्रेस वक्तव्यको पूर्ण पाठ :
    सरकारले भर्खरै संसदमा प्रस्तुत गरेको “विद्यालय शिक्षा ऐन–२०८०“ (विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक) प्रती हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । हामीले उक्त ऐनको सन्दर्भमा संगठनको धारणा स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरेका छौं ।

    १. शिक्षा ऐनले देशको भुगोल, माटो र आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्दछ । वर्तमान शिक्षा प्रणाली आफैमा अवैज्ञानिक, अव्यवहारिक र कर्मकाण्डी छ । त्यसको ठाउँमा शिक्षा जनवादी, वैज्ञानिक, गुणस्तरीय, व्यवहारिक, प्रयोगात्मक र कामकाजी हुन जरुरी छ । शिक्षाले वेरोजगारीहरुको उत्पादन होइन स्वरोजगार र सिपयुक्त जनशक्तिको उत्पादन गर्न सक्नुपर्दछ । वास्तवमा शिक्षा ऐनले यी कुराहरुलाई निर्दिष्ट गरि त्यसको मार्गनिर्देश गर्न सक्नुपर्छ ।

    २. हालै संसदमा प्रस्तुत नयाँ शिक्षा ऐनले वर्तमान शैक्षिक समस्याहरुको समाधान गरि त्यसलाई निकास दिने र गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि मार्गदर्शन गर्नु पर्ने हो । तर त्यसको साटो नयाँ शिक्षा ऐन संविधान विपरित, पश्चगामी र कर्मकाण्डी आएको छ । संविधानमा समाजवाद उन्मुख भनिए पनि ऐनले शिक्षाको निजीकरण र व्यापारीकरणमा जोड दिएको छ । संविधानमा निशुल्क शिक्षा भनिएको छ, ऐनमा निजी स्कुलहरुलाई लुट्नको लागि छुट दिइएको छ । ऐनले शिक्षालाई फेरि पनि शैक्षिक माफिया, दलाल र व्यापारीहरुको हातमा वैधानिक रुपमै सुम्पेको छ । यसरी ऐन शैक्षिक माफियाहरुको संलग्नतामा निर्माण भएको कुरा बुझ्न कुनै गार्हो छैन । वास्तवमा यो सार्वजनिक शिक्षालाई धोस्त पार्न गरिएको गम्भीर षड्यन्त्र हो ।

    ३. वर्तमान शिक्षा प्रणालीले वेरोजगारहरुको उत्पादन गरेको छ । अहिले ठूलो संख्यामा युवा पिढिंले देश छोडिरहेको छ । शिक्षाले नै रोजगार उन्मुख गराउने कुराको ऐनमा कुनै गन्ध छैन । वरु शिक्षकको जागिरको लागि कुरिरहेका युवाहरुमा समेत चरम वितृष्णा उत्पन्न भएको छ । कसैलाई खुसी पार्नको लागि बनाइएको नीतिले निकट भविष्यमा नै शिक्षकहरुको ठूलो खडेरी हुने कुरा निश्चित छ । ऐनले स्वदेशमै रोजगारी सृजना हुने कुरा ग्यारेन्टी त परको कुरा उल्टै विदेश पलायन गराउन मलजल गरेको छ । शिक्षकको योग्यता र उमेरको हद सम्वन्धी ऐनको व्यवस्था हाम्रो देशको समस्यासङ्ग मिल्ने कुरा होइनन् ।

    ४. शिक्षा केन्द्रीय सरकार र राज्यको अनिवार्य दायित्व हो । सरकार कुनैपनि बाहानामा शैक्षिक दायित्ववाट पन्छिन मिल्दैन । विगतमा पनि राज्य शैक्षिक दायित्ववाट पन्छिन धेरै नै प्रयत्न गरेको हो । अहिलेको नयाँ ऐनले पनि केन्द्रीय सरकार शैक्षिक दायित्ववाट पन्छिन अनेकन उपायहरु लगाएको बुझ्न सकिन्छ । शिक्षाको व्यवस्थापनमा स्थानीय तहलाई दिइएका अधिकारहरुलाई अन्यथा भन्न मिल्दैन । त्यस प्रकारका अधिकारहरु स्थानीय तहलाई दिएर मात्र हुँदैन, स्थानीय तहको सशक्तीकरणमा पनि उत्तिकै जोड दिनुपर्दछ । तर कतिपय गम्भीर विषयहरु पनि स्थानीय तहलाई छोडेर राज्य उम्कने व्यवस्था स्वीकार हुन सक्दैन ।

    ५. राज्यको शिक्षा नीतिलाई कार्यान्वयन गर्ने प्रमुख अंग शिक्षक हो । समय मै सहि ऐन वन्न नसक्दा शिक्षकहरुको वीचमा समस्याहरुका चाङ्ग छन् । एउटै विद्यालय भित्र दर्जन वढि शिक्षकहरुका “क्याटोगरी“ छन् । त्यसले शिक्षकहरु वीचमै असमानता र विभेद उत्पन्न गरेको छ। त्यसलाई तुरुन्त समाधान गर्नुपर्ने आवस्यकता छ। तर ऐनले यो कुरालाई राम्रोसँग सम्बोधन गर्न सकेको छैन । शिक्षकहरुलाई दिने सेवा सुविधा र तलव निकै न्यून छ। त्यसबारे शिक्षकहरुले उठाएका जायज मागहरुलाई हामीले समर्थन गर्दछौं । अस्थायी, राहत र अनुदान जस्ता कोटामा कार्यरत शिक्षकहरुलाई स्वत, प्रक्रिया पुराई वा आन्तरिक स्थाई गर्ने कुरालाई हामीले गलत मान्दछौ र त्यसप्रकारका कोटामा खुल्ला प्रतिस्पर्धाका आधारमा शिक्षक छनोट गर्नुपर्ने कुरामा जोड दिन्छौं ।

    ६. हामीले यो विधेयक संविधान विपरित, दलहरुका पुराना प्रतिवद्दता विपरित र विद्यार्थी आन्दोलन र वलिदानको विपरीत सिमित शैक्षिक माफियाको स्वार्थमा आएकोले यो कलंकित विधेयक खारेजीको माग गर्दै यही असोज २ गते देशव्यापी रुपमा विरोध स्वरुप विधेयक जलाउने र सरकारले समयमै हाम्रा मागहरूको सुनुवाइ नगरेमा अखिल (छैठौँ) ले उक्त विधेयक विरुद्ध संयुक्त तथा एकल आन्दोलनको लागि समेत तयार रहेको कुरा जानकारी गराउँदछौँ ।

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.