काठमाडौं । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा शनिबार राति भएको चार जनाको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको हो।
उनले फर्निचरमा पसेर चारजनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
गैह्रीगाउँस्थित दिव्य सःमिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो।
सञ्जयले खुकुरी प्रहार गरी हत्या गरेका विशालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा विवाद हुँदा उल्टै आफूलाई कुटपिट गरेपछि क्रुद्ध बनेका भण्डारीले त्यसकै रिसइबी साँध्न चारजनाको ज्यान लिएका छन्।
उक्त घटनाको प्रतिशोधका कारण प्रतिवादी भण्डारीले बाटो आवतजावत गर्ने क्रममा सःमिलक्षेत्रमा निगरानी गरेका थिए। उनले विशाललाई उक्त घटना भएको सःमिलको टहरोमा पहिले पनि पटक पटक देखेपछि हत्याको योजना बनाएका थिए।
काठमाडौंको काँडाघारीस्थित दिदीमिनाजुको घरमा बस्दै आएका भण्डारी शुक्रबार दिउँसैदेखि खुकुरीसहितको झोला बोकेर निस्किएको अनुसन्धानले खुलाएको छ।
शुक्रबार बेलुका पनि उनी विशाललाई आज भेट्छु, निहुँ खोज्यो भने छप्काई दिन्छु भन्दै काँडाघारीस्थित दिदी भिनाजुको कोठाबाट खुकुरी र झोलासहित निस्केका थिए।
टहरोभित्र प्रवेश गरेका सञ्जयले विशाललाई खुकुरीले टाउकोमा पटक पटक प्रहार गरेर हत्या गरेका परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए।
त्यसपछि विशालको हत्या गर्ने क्रममा हजुरआमा शुभद्रा भुजेलले कराएको जस्तो लागेपछि आफूलाई चिनेर घटना बाहिर आउने डरले त्यही खुकुरीले टाउकोमा हानेर उनको पनि हत्या गरेका थिए।
त्यहीबेला पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको देखेपछि उनलाई टाउकोमै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको खुलेको छ।
त्यसपछि पूर्णबहादुरकी श्रीमती अम्बिका भुजेल पनि त्यहीँ आएपछी उनको पनि टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी सञ्जयले हत्या गरेका थिए।
प्रहरीले घटनाको अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
गैह्रीगाउँको दिव्य सस्मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो।