काठमाडौं । नेपाल वायुसेवा निगमको (एन–एकेएक्स जहाज मर्मतको लागि आइतबार ९१७ सेप्टेम्बर) इजरायल जाने भएको छ।
Advertisement
आज बेलुकी साढे ११ बजे जहाज इजरायल उडान गर्ने निगमले जनाएको छ। मर्मत योजना अनुसार इजरायलमा इन्जिन फेरबदल गरी २२ सेप्पेम्बर मा जहाज काठमाडौं अवतरण आइतबार निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै निगमले लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएकोमा एमआराओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीज (आईएआई) सँग लिज सहितको इन्जिन मर्मत गर्न सम्झौता गरिएको निगमले जनाएको छ।