• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शिक्षा विधेयकले शिक्षाक्षेत्र अस्तव्यस्त बनाउने शिक्षक सङ्घको दाबी


  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घले हालै प्रस्तुत शिक्षा विधेयकले समग्र शिक्षाक्षेत्र अस्तव्यस्त बनाउने दाबी गरेको छ ।

    Advertisement

    अध्यक्ष सानोभाइ कार्की र महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा २०८० भदौ ३० गते आइतबार प्रेसविज्ञप्ति जारी गर्दै सङ्घले यस्तो दाबी गरेको हो ।

    प्रेसविज्ञप्तिमा सदनमा हालै पेस भएको विधेयक पनि प्रतिगामी, शिक्षक कर्मचारी विरोधी, शिक्षाक्षेत्रलाई अस्तव्यस्त बनाउने प्रकृतिको रहेको बताएको छ ।

    सङ्घको राष्ट्रिय समितिद्वारा जारी सो विज्ञप्तिमा नेपाल शिक्षक सङ्घको आन्दोलनप्रति समर्थन जनाउँदै असोज ३ गतेदेखि देशभरिका विद्यालय बन्द गर्ने पनि बताइएको छ ।

    विज्ञप्तिमा भनिएको छ : “सरकारले हाम्रो धैर्यता टुटाइदिएपछि नेपाल शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलनमा २०८० असोज ३ गतेदेखि देशभरिका विद्यालय बन्द गरी सम्पूर्ण शिक्षक कर्मचारी काठमाडौँको सडक आन्दोलनमा सहभागी हुन र सरकारले आयोजना गरेका कुनै पनि कार्यक्रममा सहभागी नहुन अखिल नेपाल शिक्षक सङ्घ हार्दिक अपिल गर्दछ ।”

    यस्तो छ, विज्ञप्तिको पूर्ण पाठ :
    “आदरणीय स्वाभिमानी शिक्षक कर्मचारी मित्रहरू ¤ हामी शिक्षकहरू राष्ट्रनिर्माता हौँ । हाम्रो माग शिक्षालाई प्राथमिकतामा राखेर समयसापेक्ष शिक्षानीति, शिक्षा ऐनमार्फत शिक्षालाई व्यवस्थित गरौँ र राष्ट्र समृद्ध बनाऔँ । नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच भएका सहमति तथा शिक्षक–कर्मचारीका माग र हकहितको प्रतिकूल हुने गरी नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसदमा पेस गरेको विदितै छ ।

    बहुदलीय व्यवस्थासँगै शिक्षा ऐन–२०२८ प्रतिस्थापित भई आम नागरिकका सन्ततिले गुणस्तरीय शिक्षा पाउने जन्मशिद्ध अधिकार सुनिश्चित हुने गरी शिक्षानीति निर्माण भई आजसम्म समृद्ध नेपाल र सबैभन्दा आकर्षक पेसा शिक्षण पेसा हुनुपर्दथ्यो । विडम्बना ¤ हामी स्वाभिमानी शिक्षकले ऐन बनाउन भन्नुपर्दैनथ्यो ।

    २०६० माघ २ गते नेपाल शिक्षक युनियन गठन भएपश्चात नेपाली शिक्षाकर्मीहरूले २०६४ साल, २०६८ साल, २०७४ साल, २०७५ साल, २०७८ सालमा सरकारसमक्ष अत्यन्त धैर्यता र शालीनतासाथ शिक्षामा सुधार र पेसागत संरक्षणका विषय उठाएर मागपत्र पेस, शैक्षिक क्षति नहुने गरी प्रचारात्मक, दबाबमूलक कार्यक्रममार्फत सरकारको ध्यानाकर्षण गरायौँ । पहिले छाता सङ्गठन युनियनमार्फत र २०७२ पछि देशभरिका शिक्षक–कर्मचारीको आशाभरोसाका एक मात्र शक्ति नेपाल शिक्षक महासङ्घमार्फत सरकार समक्ष पेश भयौँ, वार्ता संवाद, छलफल गयौँ । महिनौँ सरकारका शिक्षामन्त्री, प्रधानमन्त्रीहरूलाई अनुरोध गर्‍यो र पटक पटक लिखित सहमति गर्‍यो । २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते ३० बुँदे र ५१ बुँदे सम्झौता गरेर सरकारका मन्त्रीहरूले हस्ताक्षर गरेको सहमतिको आधारमा सङ्घीय शिक्षा ऐन आउने प्रतिक्षामा हामी प्रतिक्षारत रहयौँ ।

    २०८० साउन १७ गते ५० वर्षपछि आएको विद्यालय शिक्षा विधेयक निरङ्कुश पञ्चायतकालीन शिक्षा ऐन–२०२८ भन्दा प्रतिगामी, शिक्षक–कर्मचारीलाई कार्यवाही मिचेर, त्रास दिएर शिक्षा अस्तव्यस्त वनाउने प्रावधान (शिक्षक हुने मान्छे नै नपाइएको समयमा शिक्षकको उमेरको हद ३५ वर्ष र आधारभूत तहमा योग्यता स्नातक) सहमति भएका बालशिक्षक, उमावि, राहत र विद्यालय कर्मचारीलगायतका विषयलाई पहिलो चरणमा साङ्केतिक आन्दोलनबाट दबाब दियौँ र दोस्रो चरणमा सहज निकासका लागि सरकारलाई विषयवस्तु बुझाउन पक्षीकरण, भेटघाट गरी एक महिना धैर्यतासाथ प्रतिगामी विधेयक सच्चाउन प्रयत्न गयौँ ।

    हाम्रो सहमति लत्याउँदै दोस्रोपटक सदनमा पेस भएको विधेयक पनि प्रतिगामी शिक्षक कर्मचारी विरोधी, शिक्षाक्षेत्रलाई अस्तव्यस्त बनाउने गरी पेस भएका कारण हामी तेस्रो चरणको अन्तिम आन्दोलन गर्न बाध्य भयौँ । सरकारले हाम्रो धैर्यता टुटाइदिएपछि नेपाल शिक्षक महासङ्घले घोषणा गरेको आन्दोलनमा २०८० असोज ३ गतेदेखि देशभरिका विद्यालय बन्द गरी सम्पूर्ण शिक्षक कर्मचारी काठमाडौँको सडक आन्दोलनमा सहभागी हुन र सरकारले आयोजना गरेका कुनै पनि कार्यक्रममा सहभागी नहुन अखिल नेपाल शिक्षक सङ्घ हार्दिक अपिल गर्दछ ।

    आदरणीय सम्पूर्ण अभिभावक, विद्यार्थी र प्रधानाध्यापकज्यूहरूलाई विनम्रतापुर्वक हाम्रो आन्दोलनलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । साथै यस आन्दोलनबाट हुने शैक्षिक क्षतिको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने यसै प्रेसविज्ञप्तिमार्फत अवगत गराउँछौँ ।”

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.