काठमाडौं । पूर्वी लिबियामा बाढीका कारण करिव ५ हजार घरहरु क्षतिग्रस्त भएका छन् ।
बाढीका कारण खानेपानीको अभाव भएको बताइएको छ। पूर्वी लिबियामा बाढीबाट ३८ हजार ६४० भन्दा बढी मानिसहरु बिस्थापित भएको आईओएमको अनुसन्धानले देखाएको छ । बाढीले सबैभन्दा बढी क्षति पुर्याएको डेरनामा २ हजार २ सय १७ भवन भत्किएको बताइएको छ । अहिलेसम्म बाढीका कारण ५ हजार ५ सय बढीको ज्यान गएको बताइएको छ। त्यसतै १० हजार बढी बेपत्ता भएका छन् ।
बाढी पहिरोमा परेका लिबियालीलाई राष्ट्रसंघले सहयोग गर्ने
लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ ।
सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले यस्तो बताएका हुन् । बाथिलिले डेर्ना रु अन्य प्रभावित क्षेत्रहरुमा समन्वय बढाउने पनि बताए । उनले आवश्यकता परेकाहरुलाई सहायता उपलब्ध गराउने बताए ।