टोकियो । जापानको सेन्दाइमा तिजी कार्यक्रम सम्पन्न भएको छ ।
जापान नेपाली एकता समाज सेन्दाई सम्पर्क समितिको आयोजनामा सेप्टेम्बर १३, २०२३ बुधबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जापान नेपाली एकताका केन्द्रीय सचिव प्रदीप विकको प्रमुख आतिथ्य रहेको थियो ।
सो अवसरमा समाजका केन्द्रीय सल्लाहकार धनबहादुर विक, स्थानीय जापानी महिला रेइको सान, एनआरएनए जापान सेन्दाईका संयोजक सन्दीप जिसी, नेपाली जनप्रगतिशील मञ्च सेन्दाईका संयोजक, रक्तिम सांस्कृतिक अभियान जापानका अध्यक्ष लीला परियार, विके समाजका अध्यक्ष मिट्ठु विक, केन्द्रीय जापान मोना पालिका समन्वय समितिका संयोजक सुरेन्द्र सुनार र जनप्रगतिशील मञ्च सेन्दाईका संयोजक तेज दाहालको पनि आतिथ्य रहेको थियो ।
समाजका केन्द्रीय सदस्य नवीन बस्यालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अध्यक्षता टीका सुनारले गर्नुभएको थियो । उपस्थित जनमानसलाई जस्मिन चौधरीले शब्दद्वारा स्वागत गर्नुभएको थियो
कार्यक्रममा ठुलो सङ्ख्यामा नेपाली महिला तथा पुरुषको सहभागिता रहेको थियो । नेपाली गीत तथा नृत्यसहित छमछमी महिलापुरुष नाचिरहँदा जापानी महिलासमेत साडी लगाएर कार्यक्रममा नृत्य गर्नुभएको थियो ।


