खिमराज चालिसे, चन्डिगढ (भारत) ।
जाजरकोट घर भई गत केही समयअघि भारत पुगेकी ७० वर्षीया जैकलीले ज्यान गुमाएकी छिन् ।
हिमाचलको शिमलाबाट नेपाल फर्कने क्रममा हरियाणाको पञ्चकुलामा दुर्घटनामा परी सेप्टेम्बर १२, २०२३ मङ्गलबारका दिन उनको मृत्यु भएको हो ।
रावत चियानास्ता खान भनी पञ्चकुलामा बस रोकिएका बेला सडक पार गर्दै थिइन् । सडक पार गरी बाथरुम जाने क्रममा तेज गतिमा आएको सेतो क्रेटा गाडी नम्बर HR 26 EH-4790 ले जोडदार ठक्कर मार्दा उनको मृत्यु भएको हो ।
उनी गम्भीर घाइते भएपछि अस्पतालमा लैजाने क्रममा निधन भएको यात्रामा आमासँगै रहेका छोरा काली रावतले बताएका छन्।
मृत्युपश्चात मूल प्रवाहका स्थानीय कार्यकर्ता हरिप्रसाद खरेलको सक्रियतामा एफआइआर दर्ता गर्ने र मृतकको शव कानुनी प्रकृया पूरा गरी पोस्टमार्टम गराउने कार्य भएको थियो ।
तत्पश्चात प्रशासनद्वारा छोरालाई हस्तान्तरण गरिएको शवको मूल प्रवाहका कार्यकर्ता खरेलको सक्रियतामा चन्दा सङ्कलन गरी चन्डिगढस्थित मनिमाजारामा सेप्टेम्बर १३ बुधबार साझ दाहसंस्कार गरिएको थियो ।
मृतक जाजरकोट जिल्लाको नलघाट नगरपालिका वडा नम्बर ४ निवासी गोपाल रावतकी पत्नी हुन् ।
