• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

जनतालाई पार्टीतिर, पार्टीलाई जनतातिर फर्काउने काम


  •   बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    कम्युनिस्टहरू जनताका मान्छे हुन् । जनताको सुखलाई आफ्नो सुख र जनताको दु:खलाई आफ्नो दु:ख महसुस गर्ने मान्छे मात्र कम्युनिस्ट हुन सक्छन् । अर्को कुरा जनताको बिचमा काम गर्ने राजनैतिक चेतनास्तर उच्च भएका जनताका नेता कम्युनिस्ट पार्टीका सदस्य हुन् । जनताका नेता भनेको जनताको मन जित्न सक्ने भनेको हो । जनताको प्यारो मान्छे बन्ने भनेको पनि त्यही हो ।
    जनताको चेतना प्रतिक्रियावादीको जस्तो हुन्छ । उनीहरू धर्म मान्छन्† ईश्वर मान्छन्† राजा मान्छन् र आफूलाई कुनै त्याग, बलिदान वा ठुलो काम गर्न नसक्ने शक्तिहीन मान्छन् । आफूले काम गर्छन् । त्यो कामको फल प्राप्त भयो भने ईश्वरले पूरा गरिदिएको भनेर ईश्वरलाई जस दिने काम गर्दछन् । फेरि पनि ईश्वरको नित्य पूजा गर्ने र आफ्नो सर्वेसर्वा त्यही अलौकिक शक्ति भएको मानेर जीवन बिताइरहेका हुन्छन् । धनी, सम्पन्नलाई उनीहरू धनी भएको शोषण गरेर भएको मान्दैनन् बरु ईश्वरले वरदान दिएका कारणले र अघिल्लो जुनीको कामको फल यो जुनीमा प्राप्त भएको मान्छन् ।

    Advertisement

    पार्टी जनताका अगुवाको समूह हो । जनतालाई पार्टीतिर फर्काउन गर्ने काम भनेको उनीहरूको राजनैतिक चेतनास्तर उच्च बनाउने नै हो । जनताको पिछडिएको राजनैतिक चेतनास्तरबाट फाइदा उठाउने काम नगर्ने मात्रै हो भने पनि जनतालाई सचेत र सङ्गठित बन्ने बनाउने काममा निकै ठुलो सहयोग पुग्दछ । हनुमान उड्न सक्ने क्षमता भएको भए पनि उड्ने काम नगर्ने जीव भएको तर ‘तिमी त वायुका छोरा हौँ, उड्न सक्छौ’ भनेपछि मात्र ‘ए हो र ! म उड्न सक्छु र !’ भनेर प्रयत्न गरेपछि उड्न सकेको कथा हामीले सुनेका छौँ । त्यसै गरेर जनतालाई आफूहरू इतिहासको निर्माता भएको स्मरण गराएपछि मात्र इतिहासको रचना गर्न सक्ने कुरा सही हो ।
    जनता सडकमा नआएको भए दासव्यवस्था, सतिप्रथा, सामन्ती व्यवस्था, राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्रलगायत कुनै पनि व्यवस्था समाप्त हुने थिएनन् । ती व्यवस्था चल्न नसक्ने बनाउने भनेको नयाँ इतिहासको रचना गरेको नै हो । त्यही व्यवस्था रहेको भए जनताको अधिकार प्राप्त भएको अहिलेको अवस्था आउने थिएन । त्यत्ति हो कि अहिलेको प्राप्त अधिकार पनि जनताले प्रयोग गर्ने गरेको अवस्था छैन । प्राप्त अधिकारको प्रयोग गरेर नयाँ खोज्ने हो ।

    दासले दासताको बन्धन तोडे तर नयाँ आफ्नो वर्गको इतिहास रचना गर्न सकेका भने होइनन् । त्यस क्रममा समाजमा परिवर्तन भयो तर मानव मानवबिच समानताको अर्थात् एउटा मान्छेले अर्को मान्छेलाई शोषण गर्ने र समाजमा असमानता बढाउने व्यवस्थाको अन्त्य गर्ने नयाँ इतिहासको रचना गर्न भने सकेका होइनन् ।

    क्रामबेलको नेतृत्वमा बेलायतमा सामन्ती व्यवस्थाको अन्त्य गर्ने पनि जनता नै हुन् फेरि पनि ती जनताले समानताको इतिहास रचना गर्न भने सकेका होइनन् । त्यति मात्र कहाँ हो र ? व्यक्तिगत सम्पत्ति प्रथाको दस हजार वर्षको इतिहासमा शोषण झन् व्यवस्थित र उच्चस्तरमा स्तरोन्नति हुँदै गयो । शोषित वर्गले सतिप्रथा र छुवाछुत प्रथाको कलङ्क पनि धेरै पुस्तासम्म व्यहोरेर नै समाज अगाडि बढ्ने गरेको इतिहास साक्षी छ ।

    सन् १८४८ फेब्रुअरीमा प्रकाशित भएको कम्युनिस्ट घोषणापत्रपछि मात्रै शोषित वर्गको मुक्तिसँगै समाजमा शोषण र शासन समाप्त पारेर राज्यसत्ता र शोषण नभएको समतामूलक समाजका लागि दस्तावेज समाजमा प्रवेश गरेको हो । त्यसपछिको राजनीतिक इतिहासमा समेत पुँजीवादी अधिनायकत्व कायम भइरहेको छ । पेरिस कम्युनको बहत्तर दिन, रुसको चालिस वर्ष र चीनको सत्ताइस वर्षको अनुभव मात्र समाजवादीहरूको इतिहासमा अङ्कित छ ।

    प्राचीनकालमा दासव्यवस्था नभएको भए आधुनिक कालमा समाजवाद पनि हुने थिएन । दासव्यवस्थामा दासका मालिकलाई त सन्चै भएको थियो । मान्छे किन्न बेच्न पाइने, आफ्नो चित्तबुझ्दो काम नगरेको अवस्थामा मार्न पनि पाइने सबै अधिकार मालिकलाई सुरक्षित थियो । अप्ठेरो, अन्याय परेको दासहरूलाई हो । उनीहरूको सङ्गठित विरोध प्रदर्शन भएपछि र मालिकले त्यसलाई दबाउन नसकेपछि दासव्यवस्था समाप्त गर्नैपर्ने अवस्था आएको हो ।

    हाम्रो देशमा राजालाई त सन्चै भएको थियो । जन्मको आधारमा सर्वेसर्वा अधिकार हुने कानुन थियो । जनताको चित्त नबुझेर उन्नाइस दिनसम्म सडकमा गएर गरेको जनताको आन्दोलन दबाउन नसकेपछि राजतन्त्र टिक्न नसकेर गणतन्त्र आएको हो ।
    वर्तमान अवस्थाको गणतन्त्रमा न्याय र समानता नभएको महसुस गरेर छ महिनासम्म जनता सडकमा निस्केपछि शान्त पार्न नसकेको अवस्थामा जनवादी गणतन्त्र अवश्य आउने थियो तर जनतालाई अन्याय र शोषणको महसुस गराउन नसकेकै कारणले यो अन्याय र शोषणको व्यवस्था कायम रहेको छ ।

    हामी जनताका मान्छे हौँ भने जनताको बहुमतले विजयी भएको नेतालाई नेता नस्वीकार्ने हामीसँग कुनै कारण छैन बरु जनता सचेत र सङ्गठित पार्न नसकेकै कारण जनताको पिछडिएको राजनैतिक चेतनास्तरबाट अवसरवादीले फाइदा उठाउने काम गर्छन् । हाम्रो कर्तव्य भनेको जनताको राजनैतिक चेतनास्तर उच्च बनाएर आफै सही र गलत राजनैतिक पार्टीलाई आफै छुट्टाउन सक्ने बनाउनु हो । त्यसका लागि राजनैतिक पार्टीले जनतालाई राजनीति सिकाउने, पढाउन र व्यावहारिक कामकारबाहीबाट आफैलाई जनताको मान्छे भएको प्रमाणित गराउने गर्नुपर्छ ।

    राजनैतिक कार्यकर्ता जनताभन्दा उच्च राजनैतिक चेतना भएका मान्छे हुन् । उनीहरूको जीवनशैली जनताले नक्कल गरेरे जनता सचेत र सङ्गठित हुन सक्ने हुनुपर्छ । जनताले नक्कल गर्न नसक्ने काम गर्ने मान्छेसँग जनता हेलमेल गर्न सक्दैनन् । त्यसैले राजनैतिक कार्यकर्ताको व्यवहार सरल र जनताले नक्कल गर्न सक्ने भयो भने मात्रै जनता त्यो कार्यकर्ताको नजिक हुन्छ ।
    राजनीतिमा सिद्धान्त पहिलो महत्त्वको, राजनैतिक लाइन दोस्रो महत्त्वको र सङ्गठन तेस्रो महत्त्वको हुन्छ । त्यो सिलसिला नमिलेको सङ्गठन अवसरवादीको झुन्ड हुन्छ ।

    जनताका राजनैतिक चेतनास्तर उठाउने काम लगातार गरिरहनुपर्ने काम हो । मात्रात्मक परिवर्तन हुँदै गएर एउटा निश्चित स्तरमा पुगेपछि गुणात्मक फड्को मारेर नयाँ समाज बन्ने कुरा ९९ डिग्री सेल्सियस तापक्रम पुग्दासम्म पनि रहने र १०० डिग्री सेल्सियस पुग्दाबित्तिकै बाफ बन्ने जस्तै गरी नयाँ समाजवादी व्यवस्था आउँछ भन्ने कुरा हुँदैन । वस्तुगत र आत्मगत, राष्ट्रिय र अन्तर्राष्ट्रिय, चेतनात्मक र सङ्गठनात्मक, आन्दोलनात्मक सबै अवस्था सही सही हुँदै गएको अवस्थामा क्रान्ति सम्पन्न हुन दुई वर्षको समय पर्याप्त हुन पनि सक्छ र सबै अवस्था अनुकूल नभएको अवस्थामा दुई सय वर्षको समय पनि पर्याप्त नहुन सक्छ । त्यसकारण क्रान्तिका कुरा गरेर आफू शासक बन्ने सपना देख्ने होइन कि आफू एउटा सच्चा देशभक्त र सम्पूर्ण संसारको असल नागरिक बन्ने न कोसिस गर्नुपर्छ किनभने साम्यवादी समाजमा शासक कोही पनि हुन्न† सबै नागरिक हुन्छन् । त्यसैले अहिलेदेखि नै क्रान्तिकारीहरूले गर्ने कोसिस भनेको असल नागरिक बन्नका लागि नै हो । वर्गीय समाजमा मात्रै आआफ्ना वर्गका उच्च तहका व्यक्ति नेताको रूपमा गणना गरिन्छन् । वर्गविहीन र शोषणविहीन समाजमा हुने भनेको नागरिक नै हो ।

    जनताका बिचमा धेरै कमजोरी खराबी छन् । जनताका गन्तव्यलाई सही दिशानिर्देश गर्ने धेरै उच्च तहका खोज, अध्ययन, अनुसन्धान भएका छन् । अध्ययन, अनुसन्धान गरेर मानव समाजमा दस हजार वर्षपछि लागु हुन सक्ने वास्तविकता अहिले नै लिपिबद्ध भइसकेका पनि छन् । बाँकी रहेको काम बदल्ने हो । बदल्ने भनेको समाजमा भएका कमीकमजोरी हटाएर हो । समाजमा भएका कमीकमजोरी हटाएपछि समाज आफै बदलिएको अवस्थामा जान्छ । त्यो बदल्ने काम जहाँ जे जस्ता कमजोरी छन्, त्यहाँ तिनै कमजोरी हटाउने हो । भौतिक निर्माणमा भएका कमजोरी त्यहीँ हटाएर बदल्ने, शासनसत्तामा भएका कमजोरी शासनसत्ताबाट हटाउने र समाजमा भएका कमजोरी समाजबाटै हटाएर बदल्ने हो ।

    सबै क्षेत्र र सबै विषयमा भएका कमजोरी एकल प्रयत्नले हटाएर बदल्न सकिन्न, सङ्गठित प्रयत्नबाट बदल्ने हो । त्यसका लागि आआफ्नो क्षेत्रमा आआफ्नो योगदान थप्दै जाने हो । कतिपय कमजोरी तुरुन्तै हटाएर बदल्ने प्रकृतिका छन् भने कतिपय खराबी हटाएर बदल्न धेरै पुस्ता लाग्ने प्रकृतिका छन् । त्यसकारण आफ्नो सम्पूर्ण क्षमता लगाउने हो ।

    हाम्रो समाजमा भएको सबैभन्दा ठुलो कमजोरी र बदल्नैपर्ने कमजोरी मान्छेले मान्छेलाई शोषण गर्ने कमजोरी हो । मान्छे मान्छे आपसमा मिलेर सम्पूर्ण मान्छेको क्षमता प्रकृतिलाई बदल्नेमा लाग्नुपर्ने ठाउँमा मान्छेले मान्छेलाई शोषण गर्न धेरै ठुलो मान्छेको शक्ति प्रयोग भइरहेको छ । त्यो मानव समाजको सबैभन्दा ठुलो कमजोरी हो । त्यसैलाई बदलेर सम्पूर्ण मान्छेको शक्ति प्रकृतिलाई बदलेर मान्छेको हितमा लगाउन गर्ने योगदान सबैभन्दा ठुलो र सबैभन्दा महत्त्वपूर्ण योगदान हो । त्यो भनेको राजनैतिक योगदान हो; त्यो भनेको सङ्गठनात्मक योगदान हो र त्यही योगदान भनेको समाजमा आमूल परिवर्तनको लागि थप्ने योगदान हो ।

    प्रकृतिको सबैभन्दा उच्च जीव मान्छे हो । त्यस्तो उच्च जीव उच्च तहको पदार्थ दिमागसहित छ । त्यो मानव मस्तिष्कलाई प्रकृति विरुद्धको सङ्घर्षमा खर्च गर्नुपर्ने ठाउँमा व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन थप्ने र नाफा कमाउने जस्ता तल्लो स्तरको निच काममा धेरै ठुला ठुला योग्यता, क्षमता खर्च भइरहेका छन् । लडाइँ र हत्याका प्रयत्न भइरहेका छन् । उक्त लडाइँलाई समाप्त गर्न पनि लडाइँ नै गर्नुपर्ने अवस्था छ । त्यसकारण वर्गीय शोषणबाट मुक्त हुन वर्गीय लडाइँ नगरी नहुने हुनाले सङ्गठित लडाइँ चाहिएको छ ।

    बिहिबार, भदौ २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.