शङ्करप्रसाद पोखरेल, खलङ्गा ।
Advertisement
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ महेन्द्रदीपमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ ।
२०८० भदौ ९ गते शनिबार सो भेला सम्पन्न भएको हो ।
भेलाले भेषराज आचार्य अध्यक्ष र हनुभएको १५ सदस्यीय वडासमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा धनबहादुर नेपाली, सचिवमा बेगम नेपाली र कोषाध्यक्षमा भीमकला राना रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरू मोहन बस्नेत, ममताशान्ति राना, विष्णु थापा, मोहन राना, टेकबहादुर बस्नेत, जितबहादुर खड्का, बुद्धिबहादुर अधिकारी, रुमा विक, सीता गुरुङ, कमला गुरुङ र रामबहादुर खड्का रहनुभएको छ ।