काठमाडौं । काठमाडौंमा सप्ताहव्यापी बृहत कला प्रदर्शनी हुने भएको छ।
Advertisement
ई–आर्टस् नेपालले यही भदौ ७ गतेदेखि १३ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बृहत कला प्रदर्शनी गर्न लागेको हो।
‘हिमालयन आर्ट फेस्टिभल’ ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैंको पूर्व सन्ध्याको अवसर पारेर आयोजना गर्दै आइरहेको छ।