लन्डन । यमन हुँदै खाडी मुलुक प्रवेश गर्न खोज्ने इथियोपियाली आप्रवासीमाथि साउदी सीमा सुरक्षागार्डले विस्फोटक हतियार प्रहार गरेको हुयुमन राइट्स वाच ९एचआर डब्लु० ले सोमबार जनाएको छ ।
रियादले तत्काल कुनै टिप्पणी नगरेका यी आरोपले सोमाली प्रायद्वीप ९हर्न अफ अफ्रिका० देखि साउदी अरेबियासम्म खतरनाक पूर्वी मार्गमा दुब्र्यवहारको उल्लेखनीय वृद्धिलाई सङ्केत गर्दछ, जहाँ लाखौँ इथियोपियाली बस्छन् र काम गर्छन् ।
“साउदी अधिकारीले यस दुर्गम सीमाक्षेत्रमा सयौँ आप्रवासी र शरण खोज्नेको हत्या गरिरहेका छन्” एचआरडब्लुका अनुसन्धाता नादिया हर्डम्यानले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्– “साउदी छवि सुधार्न व्यावसायिक गल्फ, फुटबल क्लब र प्रमुख मनोरञ्जन कार्यक्रम किन्न अरबौँ खर्च गर्नु यी भयानक अपराधबाट ध्यान हटाउनु हुँदैन ।”
न्युयोर्कस्थित उक्त समूहले साउदी अरब र यमनमा इथियोपियाली आप्रवासीविरुद्ध करिब एक दसकदेखि भएको दुव्र्यवहारको अभिलेखीकरण गर्दै आएको छ तर पछिल्लो हत्या व्यापक र व्यवस्थित देखिएको छ र यो मानवता विरुद्धको अपराध हुन सक्छ ।
सन् २०२२ को पहिलो चार महिनामा दक्षिणी साउदी अरब र उत्तरी यमनमा साउदी अरबका सुरक्षा फौजले सीमापार गोलाबारी र साना हातहतियारबाट गरेको आक्रमणमा करिब ४३० आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घका विज्ञले गत वर्ष बताएका थिए । (राससरसिन्ह्वा)