• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

कम्युनिस्ट पार्टीको सङ्गठन र त्यसको स्वरूप


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • गौरिश्वर पाण्डे ##
    वर्तमान पुँजीवादी राज्यसत्ता समाप्त गरी त्यसको ठाउँमा नयाँ जनवादी गणतन्त्र हुँदै समाजवाद स्थापना गर्नका लागि हामीले पहिले सही किसिमको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिर्माणमा ध्यान दिनुपर्दछ । पार्टी क्रान्तिकारी, अनुशासित र मिलिट्यान्ट बन्नका लागि सोही किसिमको सिद्घान्त, राजनीति र सङ्गठन हुनुपर्दछ । त्यति मात्र होइन, क्रान्तिकारी कम्युनिस्ट पार्टीमा सही प्रकारको नेतृत्वको आवश्यकता पर्दछ । सही सिद्घान्त, राजनीतिक, अनुशासित सङ्गठन र दृढ नेतृत्वबिना हामीले क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण गरेर त्यसको लक्ष्य, उद्देश्यअनुरूप अगाडि बढाउन सकिँदैन । यसका लागि हामीले पहिले कम्युनिस्ट पार्टीको सङ्गठन र त्यसको स्वरूपको बारेमा अध्ययन गरी आवश्यक विषयको बारेमा बुझ्नुपर्दछ ।

    Advertisement

    कुनै पनि वस्तु वा नियम कानुन निर्माण गर्दा हामीले त्यसको फ्रेम वा नक्सा पहिले आफ्नो मस्तिष्कमा तयार पार्नुपर्दछ । यसरी मस्तिष्कमा फ्रेम वा नक्सा तयार पार्दा त्यसबाट निस्कने सकारात्मक र नकारात्मक परिणामको बारेमा द्वन्द्वात्मक प्रकारले ध्यान दिनुपर्दछ ।

    प्रकृतिभन्दा बाहिर गएर कुनै पनि वस्तु तथा व्यवस्थाको कल्पना गर्नु मूर्खताबाहेक केही होइन । तसर्थ हामीले जुनसुकै कामको सोचविचार गर्दा पनि जीवन र जगत्मा भएका वस्तु र घटनालाई आधार मानेर गर्नुपर्दछ । त्यस्तै, हामीले कम्युनिस्ट पार्टीको सङ्गठन र त्यसको स्वरूपको बारेमा ध्यान दिदा त्यसका आदर्श, मूल्यमान्यतामा ध्यान दिनुपर्दछ । माक्र्सवादी दर्शन र त्यसको जगमा टेकेर लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई ध्यान दिँदै अगाडि बढ्ने कोसिस गर्नुका साथै व्यावहारिक क्रियाकलापलाई अगाडि बढाउन सकिए मात्र एउटा सही र क्रान्तिकारी कम्युनिस्ट पार्टीनिर्माणमा सफलता प्राप्त गर्न सकिन्छ ।

    वर्तमान अवस्थामा संसारभरि नै कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगिरहेको छ । आज संसारभरिका कम्युनिस्ट पार्टीमा सैद्घान्तिक तथा राजनीतिक विचलन बढेर गएको छ । मानवजाति अनुशासित र एकताबद्घ भएर विधिविधानभित्र रहेर आफ्ना गतिविधि अगाडि बढाउनुभन्दा पनि आफूले भनेको नभएपछि जुनसुकै ढङ्गबाट भए पनि काममा अवरोध गर्ने, अराजक र उग्र रूपले पद्घतिभन्दा बाहिर प्रस्तुत हुने प्रवृत्ति आम रूपमा बढेर गएको देखिन्छ । यसलाई रोकेर एउटा असल र क्रान्तिकारी कम्युनिस्ट पार्टीनिर्माण गर्नका लागि एक मात्र उपाय हो : राजनीतिक वा अन्य विषयमा भएका विवाद वा अन्तरविरोधलाई सङ्गठनको नीतिभित्र बसेर राजनीतिक, सैद्धान्तिक र सङ्गठनात्मक प्रकारले समाधान गरेर अनुशासित प्रकारले अगाडि बढ्नु र कम्युनिस्ट दृष्टिकोणको विकास गर्नु । हामीले निर्माण गर्न लागेको सही र क्रान्तिकारी कम्युनिस्ट पार्टीको बारेमा पहिले आफू स्पष्ट हुनुपर्दछ । त्यसको लक्ष्य, उद्देश्य र भविष्यमा प्राप्त गर्ने प्रतिफलको बारेमा प्रष्ट भई पार्टीनिर्माणमा ध्यान दिनु पर्दछ । यसका लागि लेनिनवादी सङ्गठनात्मक सिद्घान्तको आधारमा पार्टी र सङ्गठन निर्माण गर्नुपर्दछ ।

    पार्टी सङ्गठन सर्वहारा वर्गको अगुवा दस्ता बन्नुपर्दछ । यसका लागि सङ्गठनलाई परिस्थिति र त्यसका कामको उद्देश्यअनुकूल बनाउँदै लैजानु, क्रान्तिकारी वर्गसङ्घर्षका सबै अवस्थामा समाजवादको स्थापनामा ध्यान दिनुपर्दछ । कम्युनिस्ट पार्टीका सङ्गठनहरू कहिलै बदल्न नसकिने स्वरूपका हुन्छन् भन्ने सोच्नुहुँदैन । समय, परिस्थिति र क्रान्तिको आवश्यकताअनुसार साङ्गठनिक स्वरूप पनि परिवर्तन हुन सक्छन् ।
    अधिकांश कम्युनिस्ट पार्टीका निम्ति र विश्वभरिका क्रान्तिकारी सर्वहारा वर्गको संयुक्त दलको रूपमा कम्युनिस्ट अन्तर्राष्ट्रियका निम्ति उसका सङ्घर्षको यो समान लक्ष्य हुन्छ कि तिनीहरू हाबी रहेको पुँजीपति वर्गका विरुद्घ लड्नु छ र सत्तारूढ वर्गमाथि सर्वहारा क्रान्तिको विजयलाई सम्भव तथा सुनिश्चित बनाएर जाओस् ।

    कुनै पनि काम गर्नका निम्ति नेतृत्व अत्यन्तै महŒवपूर्ण आवश्यकता बन्न जान्छ । अझ कम्युनिस्ट पार्टी नेताहरूको सङ्गठन हो । यसको नेतृत्व कम र पार्टीप्रति आस्था विश्वास गर्ने कार्यकर्ता र शुभचिन्तक बढी हुनु स्वभाविक हुन्छ । कम्युनिस्ट पार्टी किसान, मजदुर तथा सम्पूर्ण उत्पीडित वर्गको अग्रदस्ता हो । त्यसकारण नेतृत्व सधैँ जनताको अगाडी लाग्नुपर्दछ । कम्युनिस्ट पार्टीमा इमान्दार, दृढ नेतृत्व बन्नका लागि पार्टीमा नै राम्रो नेता हुनुपर्दछ । त्यस्तो नेता उत्पादनमा लगातार ध्यान दिनुपर्दछ । सङ्घर्षका बदलिएका परस्थितिमा पार्टी र नेतृत्वदायी कमिटीले आफूलाई ती परिस्थितिको अनुकुल बनाउने र वर्गसङ्घर्षमा अगाडि बढ्ने क्षमता प्राप्त गर्न सक्नुपर्दछ । नेतृत्व उत्पादनको लागि जनतासँगको निकटतम सम्बन्ध अत्यन्तै आवश्यक हुन्छ ।

    कम्युनिस्ट पार्टीका सङ्गठनमा जनवादी–केन्द्रीयताको वास्तविक अभिव्यक्ति केन्द्रीयता र जनवादको समिश्रण हुनुपर्दछ । लगातारको समान कार्य र पार्टीका सम्पूर्ण सङ्गठनद्वारा लगातारका समान सङ्घर्षको आधारबाट नै यस प्रकारको समिश्रण सम्भव हुन सक्छ । पार्टीमा केन्द्रीयताको अर्थ औपचारिक र यान्त्रिक केन्द्रीयता होइन बरु त्यो पार्टीको कामकारवाहीको केन्द्रीकरण हो वा अर्काे यस्तो नेतृत्वको निर्माण हो, जुन युद्घका लागि तयार हुन्छ र आफूलाई हरेक परिस्थितिको अनुकूल बनाउने क्षमताको विकास गर्दछ ।

    पार्टी सङ्गठन सही प्रकारले सञ्चालन गर्न हामीले जनवादी केन्द्रीयतामा ध्यान दिनुपर्दछ । जनवाद बढी भए पार्टी अराजकतातिर जाने सम्भावना बढेर जान्छ भने केन्द्रीयता बढी भए तानाशाही बढेर जान्छ । त्यसकारण पार्टीले कुन अवस्थामा कति हदसम्म जनवादमा छुट दिने र कुन अवस्थामा केन्द्रीयता लगाउने भन्ने विषयमा ध्यान दिनुपर्दछ । जनवादी केन्द्रियतालाई कम्युनिस्ट पार्टीले केवल औपचारिक रूपमा मात्र प्रयोग गर्न थाल्यो वा त्यसको सही ठाउँमा सही प्रयोग गर्नेतर्फ ध्यान दिइएन भने पार्टी विघटनको दिशामा जाने सम्भावना बढेर जान्छ ।

    कम्युनिस्ट पार्टी माक्र्सवादको शिक्षा लिने पाठशाला हुनुपर्दछ । कम्युनिस्ट पार्टीका कार्यकर्ता वा सदस्यमाझ जीवित सम्बन्ध हुन जरुरी हुन्छ । पार्टीकामको दौरानमा दैनिक काममा जुटेर यो शिक्षा ग्रहण गर्नुपर्दछ ।

    लेनिनका अनुसार कम्युनिस्ट पार्टीको सदस्य बन्न तीनओटा मापदण्द पूरा गर्नुपर्दछ : पहिलो– पार्टीको नीति, कार्यक्रम बिनाशर्त स्वीकार गर्नु, दोस्रो– कुनै न कुनै पार्टी कमिटीमा बसेर पार्टीको काम गर्नु र तेस्रो– पार्टीमा तोकिएको लेबी नियमित तिर्नु । यी तीनओटा कार्य नियमित रूपले पालना गर्न नसक्ने व्यक्ति कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैन ।

    प्रारम्भिक चरणमा कम्युनिस्टका दर्शन, सिद्घान्त र राजनीतिलाई हेरेर मानिस कम्युनिस्ट पार्टीमा आकर्षण हुने र पार्टीसदस्य बन्ने इच्छा पनि जाहेर गर्दछन्, जब त्यसको साथसाथै अनुशासन र लेनिनवादी सङ्गठनात्मक पद्घतिको कुरा जोडिएर आउँछन् । उनीहरू तर्कन र पार्टीबाट पर भाग्न थाल्छन् । कम्युनिस्ट कार्यक्रम स्वीकार गर्नुको अर्थ खालि “कम्युनिस्ट बन्ने इच्छा जाहेर गर्नु” होइन । यदि कम्युनिस्टमा सक्रियताको अभाव छ र पार्टीका आम सदस्यका माझ निष्क्रियता छाइरहेको छ भने पार्टीले कम्युनिस्ट कार्यक्रम स्वीकार गरेका बेला आफ्ना लागि जुन प्रतिज्ञा गरेको थियो, त्यसको मामुली हिस्सा पनि पूरा गर्न सक्दैन ।

    कम्युनिस्ट सङ्गठन सञ्चालनसम्बन्धी कलाको आधार सर्वहारा वर्गको वर्गसङ्घर्षमा प्रत्यक सदस्यलाई कुनै न कुनै रूपले परिचालन गर्नु, पार्टीसदस्यमाझ पार्टीकार्यको कार्यविभाजन गर्नु, क्रान्तिकारी आन्दोलनमा आफ्ना सदस्यद्घारा श्रमजीवी समुदायको ठुलोभन्दा ठुलो हिस्सालाई लगातार आफूतिर आकर्षण गर्नु हो । त्यसका साथै आफ्नो योग्यता, क्षमताको विकासका लागि खास गरेर सामाजिक विज्ञान तथा माक्र्सवादी शिक्षाको अध्ययन, अनुभव र व्यावहारिक प्रयोगमा ध्यान दिनुपर्ने हुन्छ । पार्टीसदस्यले पार्टीसँग सक्रिय रहनु, जति सकिन्छ, इमान्दारितापूर्वक जिम्मेवारी पूरा गर्ने, आफूले सकेको पूरा शक्ति पार्टीमा समर्पित गर्ने र पार्टीको हितका लागि आफूसँग जे छ, त्यो पार्टीमा प्रयोग गर्ने गर्नुपर्दछ ।

    पार्टीकार्यलाई पूरा गर्नका लागि प्रत्येक सदस्यले नियमअनुसार कुनै काम गर्न सक्ने ग्रुपमा, कुनै समितिमा, कुनै आयोग, कुनै ठुलो गु्रप, फ्रयाक्सन या प्रारम्भिक एकाइको सदस्यसम्म भए पनि हुनपर्छ । यही तरिकाले नै पार्टी सदस्यको सही बाँडफाड हुन सक्छ र निर्देशन भई कामलाई पूरा गर्न सकिन्छ ।

    कमिटीमा रहेपछि कमिटीका सबै सदस्य अनिवार्य रूपमा बैठकमा उपस्थित हुनुपर्दछ । बैठकको आयोजना गर्दा बैठकको तयारीमा ध्यान दिनुपर्दछ । बैठकमा पेस हुने प्रस्ताव र छलफलमा आफ्ना राय र निर्णयमा पुग्ने माध्यमको तयारी हुनुपर्दछ । निर्णय गर्दा तत्काल पूरा गर्ने, केही समयपछि पूरा गर्ने र अलि पछि पूरा गर्ने कामको स्तरीकरण गर्नुपर्दछ । पार्टी कमिटीका कामरेडहरूले मातहतका समिति र सदस्यका सानाभन्दा साना कार्यप्रति पनि गम्भीरतापूर्वक ध्यान दिनुपर्दछ ।

    पार्टीका कामको विभिन्न समसामयिक प्रचार, पार्टी शिक्षा, समाचारपत्रको काम, साहित्य वितरण, सूचना आदि काम दिनदिनै गरिरहनुपर्ने कामका लागि कम्युनिस्ट पार्टीका प्रारम्भिक कमिटी गठनको आवश्यकता पर्दछ । त्यसैले, कम्युनिस्ट पार्टीले स्थानीय स्तरमा ससाना सेल निर्माणमा ध्यान दिनुपर्दछ । यस्ता प्रकारका एकाइ गठन गर्न सोचे जस्तो सजिलो हुँदैन । यसका लागि ढुक्कसाथ अडिएर कामलाई अगाडि बढाउने कोसिस गर्नुपर्दछ । एकाइ निर्माण गरिसकेपछि तिनीहरूलाई सावधानीपूर्वक प्रशिक्षण गर्ने, नीति र सिद्घान्तसम्बन्धी सिकाउने, अनुशासन र जिम्मेवारी पालना गराउने जस्ता कुरामा ध्यान दिनुका साथै माथिल्लो कमिटीबाट निगरानी, निर्देशन र नियन्त्रणमा ध्यान पुर्‍याउनुपर्दछ ।

    कम्युनिस्ट पार्टीले स्थानीय रूपमा सेल गठन गर्नुभन्दा पहिले पार्टीलाई समर्थन गर्ने पार्टीका बारेमा ध्यान दिने र केही जिम्मेवारी पनि पूरा गर्ने कार्यकर्ता तथा समर्थकसँग नेतृत्वले आफ्नै उपस्थितिमा आवश्यक छलफल गरी पार्टीका नीति, कार्यक्रम, अनुशासन, जिम्मेवारी, गोपनीयता र लक्ष्य, उद्देश्यको बारेमा निरन्तर प्रशिक्षित गर्दै जानुपर्दछ । उनीहरूको चेतनास्तर, आर्थिक दृष्टिकोण र सामाजिक दृष्टिकोणको ख्याल गर्दै प्रारम्भिक कमिटीमा राख्ने कार्यकर्ताको छनोट गर्नुपर्दछ । ग्रुप निर्माण गर्नुभन्दा पहिले ग्रुपका नेता वा नेतृत्वको बारेमा ध्यान दिनुपर्दछ ।

    यसरी गठन गरेका स्थानीय ग्रुपलाई बेलाबेलामा काम र जिम्मेवारीको आधारमा गठन/पुनर्गठन गरिरहनुपर्दछ । स्थानिय एकाइमा आई पर्ने समस्यालाई द्वन्द्वात्मक प्रकारले अध्ययन गरी त्यही नै टुङ्गाउने प्रयत्न गर्नुपर्दछ । समाधान गर्न नसकिएमा प्रक्रिया पुर्‍याएर त्योभन्दा माथिल्लो कमिटीमा पठाई सकभर छिटो किनारा लगाउने प्रयास गर्नुपर्दछ ।

    यसरी कम्युनिस्ट पार्टीको सङ्गठन र त्यसको स्वरूप निर्माण गरिसकेपछि झन् बढी होसियारी र चलाकिपूर्ण तरिकाले यसलाई लगातार विभिन्न धार र अतिवादबाट जोगाउँदै सर्वहारा वर्गको अधिनायकत्वमा समाजवादी व्यवस्था स्थापना र अन्त्यमा साम्यवादसम्म पुग्नु—यो त्यति सजिलो काम होइन । त्यसकारण कम्युनिस्ट पार्टीका समिति, सदस्य, शुभचिन्तक र समर्थकले आफ्नो माक्र्सवादी दृष्टिकोणलाई उच्च राख्ने दौरानमा आई पर्ने विभिन्न प्रकारका बाधाअड्चनलाई धैर्य र होसियारीपूर्वक पार गर्ने, आफूले सकेसम्म बढीभन्दा बढी समय माक्र्सवादी अध्ययन र व्यावहारिक प्रयोगमा लगाउने, योग्यता, क्षमताको विकासमा ध्यान दिने, श्रममा बाँच्न प्रयास गर्ने, किसान मजदुरको बिचमा रमाउने जस्ता दैनिक कार्यक्रमलाई नियमित रूपमा अगाडि बढाएर मात्र कम्युनिस्ट पार्टी आफ्नो लक्ष्य नजिक पुग्न सक्छ ।

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ
    सुनसरी घटनाको सन्दर्भमा
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.