खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको हिमाचल प्रदेशको रिकाङपिओबाट अगस्त १६, २०२३ का दिन हराएकी दुर्गा नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजी गरिरहेको छ ।
आफ्ना तीन बालबालिकामध्ये दुई बच्चा र पतिलाई छोडेर २९ वर्षीय दुर्गा हराएपछि मूल प्रवाहले खोजी कार्य तीव्र पारेको हो ।
मूल प्रवाह रिकाङपियो नगर समितिका अनुसार निज महिला कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दनाथ नगरपालिका वडा नम्बर ९ तलिउमकी स्थायी वासिन्दा हुन् ।
निखिल नेपालीको पत्नी उनी हिमाचल राज्यको रिकाङपिओबाट हराएकी हुन् । उनका पति मूल प्रवाहको नगर कार्यालय पुगी खोजी गरिदिन अनुरोध गरेको सचिव मिथुन सिंहले बताउनुभयो ।
कसैसँग भागेको हुन सक्ने आशङ्का गरिएको निज दुर्गा भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय, निखिल नेपाली फोन ००९१–७८७६१०१६७५ वा मूल प्रवाह रिकाङपिओको नगर कार्यालय फोन ००९१–९०१५१२१२५४ मा खबर गर्न अनुरोध गरिएको छ ।