काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । सर्वोच्चले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरेको हो।
कैलालीको टीकापुरमा २०७२ सालमा भएको प्रहरी वरिष्ठ उपरीक्षक र नाबालकसहित ९ जना हत्या भएको थियो ।
टीकापुर घटनामा मुख्य योजनाकार भनिएका रशेमलाल चौधरीलाई भने सरकारले सर्वोच्चको फैसला लगतै आममाफी दिएर रिहा गरिसकेको छ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशमसहित केहीको हकमा जिल्ला अदालतकै फैसला सदर गरेको थियो।
सीताराम चौधरी र गंगाराम चौधरीले सफाई दिएको थिए। लक्ष्मण थारुको हकमा यसअघि तोकिएको ५ वर्ष कैदको फैसला बदर गर्दै तीन वर्ष कैदको सजाय सुनाएको थियो।
सीताराम चौधरी र गंगाराम चौधरीलाई २०७५ फागुनमा कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सुनाएको थियो। २०७७ पुसमा उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो।
पूर्णपाठ