खिमराज चालिसे, चन्डिगढ (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको आयोजनामा भारत पन्जाबको बठिन्डामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसकिो प्रमुख आतिथ्यमा अगस्त १२, २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षण दिँदै प्रशिक्षक जिसीले एक्काइसौँ शताब्दीसम्म आइपुग्दा पनि महिलाहरूको स्थितिमा पनि समान अधिकारको अनुभूति नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– “यो अवस्थामा महिलाहरू अझै सशक्त रूपमा सचेत र सङ्गठित हुँदै निरन्तर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’
राजमोनेतृ जिसीले समाजमा व्याप्त अनियमितताको विरुद्धमा स्वयम् जागरुक हुनुपर्नेमा पनि जोड दिनुभयो ।
उहाँले विदेशी भूमिमा मूल प्रवाह नेपाली एकता समाजको श्रमजीवी मजदुर वर्गप्रतिको लगनशीलताको प्रशंसा गर्नुभयो ।
‘यो सङ्गठनले निभाएका जिम्मेवारीहरू ऐतिहासिक छन्’ उहाँले भन्नुभयो– ‘सबै महिला पुरुष मजदुर एकता समाजको झन्डामुनि गोलबन्द भएर अगाडि बढ्नुपर्दछ ।’

कार्यक्रममा शुभकामना दिने वक्ताहरूमा मूल प्रवाह केन्द्रीय सदस्य नर बहादुर ओली, केन्द्रीय महिला विभागकी सदस्य शुष्मा खड्का, क्षेत्रीय सदस्य तुल्सा थापा, क्षेत्रीय महिला विभागकी सदस्य लक्ष्मी खनाल, सङ्गरुर नगर समितिका उपाध्यक्ष नारायणप्रसाद भुसाल, बठिन्डा नगरका बालाराम जिसीलगायत हुनुहुन्थ्यो ।
सङ्गिता नेपालीको अध्यक्षता तथा गिरिबहादुर मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा ज्ञातअज्ञात सहिदप्रति एक मिनेट मौनधारणपश्चात् लक्ष्मी खनालले स्वागत गर्नुभएको थियो ।