• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

जनजाति सम्मेलनको कावा अध्यक्षमा अमरध्वज राना, महासचिवमा उषा पुन


  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको का. अध्यक्षमा अमरध्वज राना तथा का.वा. महासचिवमा उषा पुन चयन हुनुभएको छ ।
    २०८० साउन २८ र २९ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले सो निर्णय गरिएको हो ।

    Advertisement

    बैठकले अध्यक्ष निमबहादुर बुढाथोकीमगरले व्यावहारिक कारणले छ महिनाका लागि बिदा मागेकाले त्यसलाई स्वीकृत गरेर का.वा. अध्यक्षमा अमरध्वज रानामगरलाई चयन गरिएको, त्यसरी रिक्त हुन पुगेको का.वा. महासचिवमा उषा पुनलाई चयन गरिएको जानकारी गराइएको छ ।

    त्यस्तै, गुमानसिंह पुनलाई कोषाध्यक्षमा चयन गरिएको प्रेसविज्ञप्तिमा जानकारी गराइएको छ ।

    का.वा. महासचिव अमरध्वज रानाको हस्ताक्षरमा जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको छ । विज्ञप्तिमा देशमा प्रतिगमनका साथै साम्राज्यवादको हस्तक्षेप बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरिएको छ । लोकतन्त्र, गणतन्त्र र राष्ट्रियतासमेतको रक्षाका लागि व्यापक जनमत र आन्दोलन उठाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    त्यस्तै, जनजाति समस्या मूलत: वर्गीय समस्या भएको उल्लेख गर्दै वक्तव्यमा २०६२–६३ सालको आन्दोलनद्वारा प्राप्त उपलब्धिको रक्षा तथा जनजाति अधिकारको रक्षाका लागि एकजुट हुन पनि आग्रह गरिएको छ ।

    प्रेसविज्ञप्तिमा जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुनको असामयिक निधन भएकोमा शोक प्रस्ताव पारित गरिएको जानकारी गराइएको छ ।

    एवम् प्रकारले प्रेसविज्ञप्तिमा प्रदेश समितिको गठन/पुनर्गठन, सदस्यता वितरणमा ध्यान दिन आग्रह गरिएको छ । जनजाति सम्मेलनले आफ्नो सङ्गठनातमक अभियानले नेकपा (मसाल) को ऐतिहासिक तीन अभियानसित जोडेर अगाडि बढाउने निर्णय गरेको पनि बताइएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको बैठक २०८० साउन २८ र २९ गते काठमाडौँमा बस्यो । बैठकले अहिलेको तात्कालिक परिस्थितिबारे छलफल गरी जानकारीका लागि यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

    १. आज देशमा प्रतिगमनका साथै साम्राज्यवादको प्रभाव बढेर गएको छ । त्यसले गर्दा लोकतन्त्र, गणतन्त्र र राष्ट्रियतामा समेत गम्भीर खतरा पुग्ने सम्भावना बढेर गएको छ । त्यसैगरी, धर्मनिरपेक्षतासमेत माथि पनि गम्भीर आँच पुग्दै गइरहेको छ । यी विषयहरूमा व्यापक जनमत र आन्दोलन उठाउनुपर्ने आवश्यकतामा हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनले जोड दिन्छ ।

    २. एकातिर, भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद दिनप्रतिदिन नेपालमाथि हस्तक्षेपकारी भूमिका खेल्दै आइरहेका छन् । त्यसले गर्दा देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि खतरा बढेर गएको छ भने अर्कोतिर, एमालेलगायत राजावादी शक्तिहरूले देशलाई प्रतिगमनको बाटोतिर लैजाने खतरा बढेर गएको छ । यसले गर्दा २०६२–६३ सालको आन्दोलनबाट प्राप्त अधिकार गुम्ने खतरा बढेर गएको छ । त्यसरी लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि आवाज उठाउन हामीले देशका आदिवासी जनजातिसहित सम्पूर्ण शोषित, पीडित जनतासित अपिल गर्दछौँ ।

    ३. आदिवासी जनजातिका समस्या केवल जातीय समस्या मात्र होइन, त्यो वर्गीय समस्या पनि हो । वर्गीय समस्या समाधान यो पुँजीवादी गणतन्त्रबाट सम्भव छैन तर पनि २०६२–६३ बाट प्राप्त अधिकार रक्षा गर्नका लागि सङ्घर्षको आवश्यकता छ । त्यसकारण प्राप्त अधिकार रक्षाका लागि देशमा रहेका सबै जनजातिलाई एकजुट बनाउनुपर्ने आवश्यकतामा हाम्रो सङ्गठन जोड दिन चाहान्छ ।

    ४. बैठकद्वारा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीमगरले आफ्नो व्यावहारिक समस्याले गर्दा ६ महिनाका लागि बिदा माग्नुभएको हुँदा सो बिदा स्वीकृत गरी सम्मेलनका महासचिव अमरध्वज रानामगरलाई कार्यवाहक अध्यक्षमा राख्ने निर्णय भएको छ भने रिक्त महासचिव पदमा सचिव उषा पुनलाई कार्यवाहक महासचिव बनाइएको छ । त्यस्तै, रिक्त कोषाध्यक्ष पदमा गुमानसिंह पुनलाई राख्ने निर्णय गरिएको छ ।

    ५. अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुनको उपचारको क्रममा चितवनस्थित भरतपुर मेडिकल कलेजमा असामयिक निधन भएको हुँदा उहाँको शोकको घडीमा बैठकद्वारा शोकप्रस्ताव पारित गरिएको छ ।

    ६. बैठकले सङ्गठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ, जसमा जिल्ला समिति गठन/पुनर्गठन गर्ने बैठक बसाल्ने, सदस्यता वितरण जस्ता कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ ।

    ७. नेकपा (मसाल) ले सञ्चालन गरेको ऐतिहासिक तीन अभियानलाई सहयोग गर्ने निर्णय गरियो । असोजमा सञ्चालन गरिने अखिल नेपाल जनजाति सम्मेलनको सङ्गठनात्मक अभियानलाई ऐतिहासिक तीन अभियानसँग जोडेर लैजाने निर्णय गरिएको छ ।”

    मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.