• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

वर्गसमन्वय, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको राजनीति


  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
  • का. जनार्दन ##
    वर्गसमन्वय, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको राजनीति संशोधनवादीको नारा हो । संशोधनवाद माक्र्सवादको विरुद्ध र पुँजीवादको पक्षमा माक्र्सवादी हौँ भन्नेले उठाउने गरेको विकृत रूप हो । उनीहरूले आफूहरूलाई माक्र्सवादी हौँ भन्छन् । माक्र्सवादसँग उनीहरूको कुनै साइनो छैन । उनीहरू छद्म पुँजीवादी हुन् । माक्र्सवादले जनताको पक्षमा काम गर्छ भन्ने थाहा पाएर जनतालाई झुक्काउन र जनताको पिछडिएको राजनीतिक चेतनास्तरबाट फाइदा उठाउने काम गर्न लागेका अवसरवादी हुन् ।
    माक्र्सवाद वर्गसङ्घर्षमा आधारित सिद्धान्त हो । यो व्यावहारिक विज्ञान हो । व्यवहारमा वर्गसमन्वय होइन, सम्पन्नवर्गीय अधिनायकत्व प्रयोग भएको हुन्छ । एकातिर, व्यक्तिगत स्वामित्वमा उत्पादनका साधन थप्दै जाने र नाफा बढाउँदै अथवा शोषण बढाउँदै जाने, अर्कोतिर, माक्र्सवादको बिल्ला भिर्दै जाने—यो संशोधनवादी पर्दालाई जनताले नच्यातेसम्म संशोधनवादले भ्रम पारिरहन्छ† जनतालाई झुक्याइरहन्छ ।  

    Advertisement

    वर्गसङ्घर्ष परस्पर विरोधी वर्गबिच हुने बेमेलका कारण गरिने काम हो । माक्र्सवाद विरोधी वर्गले गर्ने विरोधको साधन हो । विरोधी वर्गबिच उद्देश्यमा नै विरोधाभास हुन्छ । विपरीत उद्देश्यद्वारा निर्देशित हुन्छ अनि त्यसलाई ढाक्ने वर्गसमन्वय संशोधनवादीको ठुलो हतियार हो । यो यसकारणले महत्त्व पाएको छ कि शोषितहरू विश्वासमा भर पर्छन्, प्रमाण जुटाउने काममा लाग्दैनन् । विश्वास मात्रै गर्ने, कामको सट्टा प्रमाण पनि जुटाउने गर्न लाग्दासाथ त्यो पर्दा च्यातिइहाल्ने छ । त्यसकारण क्रान्तिकारी माक्र्सवादीहरूको आफ्नो काम प्रमाण आफूले पनि जुटाउने र जनतालाई पनि विश्वास मात्र नगर्न र प्रमाण पनि जुटाउने धन्दामा लाग्न प्रोत्साहित गर्ने हो ।

    वर्गसङ्घर्ष वर्गको लडाइँ भए पनि एउटा वर्ग आफ्ना वर्गीय हतियारले सुसज्जित भएर वर्गसङ्घर्ष गर्ने, उसको प्रतिद्वन्द्वी आफ्ना शत्रुको हतियार भिरेर शोषणको जालोभित्र कसिइरहने भएको हुनाले वर्गसमन्वयको छद्म उद्देश्यले काम गरेको र गरिरहेको वर्तमान अवस्था हो । यो अवस्थामा आमूल परिवर्तन नगरेसम्म वर्गसङ्घर्षको राजनीतिले जनताको बिचमा काम गरेर उनीहरूको मुक्ति अभियानलाई अगाडि बढाउन सकिन्न । वर्गसङ्घर्ष चाहिन्छ भन्ने तर आफूले वर्गसमन्वयको हतियार भिरेर उभिने हुँदासम्म त्यो विरोधी वर्गको सफलतामा पुगेर उसको वर्गसङ्घर्ष विजयी भइरहन्छ र भनिरहन्छ, यो वर्गसमन्वयको राजनीति हो ।

    वर्गसमन्वयको साँच्चै राजनीति हो भने त खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य रोजगारी जस्ता मान्छेका आधारभूत समस्या सबैको समान हिसाबले समाधान हुनुपर्ने हो तर समाजमा त्यस्तो त हुन्न । एक थरीले फुर्तीसाथ काम नगरे पनि उच्चस्तरको जीवन जिउन पाउने, अर्कोले काम गर्ने योग्यता विकास गर्न पनि नपाउने, रोजगारी पनि नपाउने र रोजगार भए पनि उसका निम्नतम आवश्यकता पनि पूरा नहुने—यो विरोधाभास किन र कसरी भयो ? यो प्रश्नको जवाफ वर्गसमन्वयको राजनीतिले दिन सक्दैन । त्यो जवाफ पाउन वर्गसङ्घर्षको राजनीति गर्नुपर्छ र वर्गीयस्वार्थको राजनीति गर्न सक्षम हुनुपर्छ । त्यो भनेको माक्र्सवादी सिद्धान्त, राजनीति र सङ्गठन मातहत रहेर अनुशासित भई आमूल परिवर्तनको पक्षमा काम गर्न सक्नुपर्छ । त्यसो नगर्दासम्म यो समस्याको समाधान निस्कन्न । समस्याको जड विश्वदृष्टिकोणमा छ । त्यसको समाधान पनि विश्वदृष्टिकोणमा आमूल परिवर्तनबाट मात्र हुन सक्छ ।

    वर्गसङ्घर्षमा तीनओटा सङ्घर्ष हुन्छन् : पहिलो– आर्थिक सङ्घर्ष हो । यो शोषित वर्गले आफ्नो आर्थिक स्तरमा सुधार गर्न गरिने सङ्घर्ष हो । यो सङ्घर्षको पहिलो रूप हो । आर्थिक सङ्घर्ष गर्दा त्यसको सम्बन्ध राजनीतिक सङ्घर्षसँग भएको जानकारी हुन्छ । यसरी यो राजनीतिक सङ्घर्षको सहयोगी सङ्घर्ष हो ।

    वर्गसङ्घर्षको मुख्य रूप राजनैतिक सङ्घर्ष हो । यो राज्यसत्ता आफ्नो वर्गले कब्जा गरेर वर्गसङ्घर्षलाई उचाइमा पुर्‍याउनुका साथै वर्गविहीन, शोषणविहीन र राज्यसत्ताविहीन साम्यवादी समाजसम्म पुग्ने उद्देश्यसहित काम अघि बढाउँछ । राजनीति गर्न विधान, घोषणापत्रका साथै सिद्धान्त पहिलो, राजनीतिक लाइन दोस्रो र सङ्गठन तेस्रो महत्त्वका साथ अघि बढाउने काम राजनैतिक पार्टीले गर्दछ । त्यसो गर्दा दीर्घकालीन प्रकृतिको रणनीतिक लाइन र त्यसलाई सहयोग पुर्‍याउने कार्यनीतिक लाइन निश्चित गरेर आफ्नो सङ्गठनको बलले जनताको राजनीतिक चेतनास्तर उच्च बनाउने काम र जनतालाई आन्दोलितसमेत गराउने काम गर्दछ । जनताको आन्दोलन उठेकै समयमा जनसेनाको विस्तार गरेर स्थायी सेनालाई हराउनुपर्ने जिम्मा कम्युनिस्ट पार्टीको भएको हुनाले कम्युनिस्टको काँधमा महान् जिम्मेवारी छ भनेर लेनिनले भन्नुभएको छ । यो राजनैतिक सङ्घर्ष हो ।

    त्यसलाई सहयोग पुर्‍याउने तेस्रो वर्गसङ्घर्षको रूप वैचारिक सङ्घर्ष हो । यो राज्यसत्ता प्राप्त गर्नुभन्दा पहिले राज्यसत्ता प्राप्त गर्ने सङ्घर्षको साथमा र राज्यसत्ता कब्जा गरिसकेपछि समाजवाद निर्माणको समयमा गरी तीनओटै अवस्थामा वैचारिक सङ्घर्षको महŒव छ । वैचारिक सङ्घर्षको अभावमा राजनीतिक सङ्घर्षको उठान हुन सक्दैन । राजनीतिक सङ्घर्षलाई व्यवस्थित बनाऊँ र समाजवाद निर्माण गर्न पनि यही सङ्घर्षको आवश्यकता पर्दछ ।

    आफू ठुलो हुन गर्ने काम राजनीति हो । राजनीति वर्गीय हुन्छ । समाजमा उत्पादनका साधन आफ्नो नाममा दर्ता भएका र उत्पादनका साधन आफ्नो नाममा दर्ता नभएका परस्पर विरोधी वर्ग कायम छन् । परस्पर विरोधी कुन मानेमा हो भने एउटाले अर्कालाई आकर्षित गर्छ† सम्झौता हुन्छ र शोषण हुन्छ ।

    उत्पादन सामूहिक प्रकृतिको छ तर स्वामित्व व्यक्तिगत भएकाले मालिक बन्न आफ्नो स्वामित्वमा सम्पत्ति हुने मात्र होइन कि उत्पादन गर्न मजदुरलाई काम दिने बेलामा स्वामी, मालिक वा ठुलो मान्छे बन्छ र मजदुर सानो मान्छे भई शोषित हुन पुग्छ । मालिकले काम नदिए मजदुर बेरोजगार हुन्छ र उसलाई निम्नतम आवश्यकता पनि पूरा नहुने अवस्था आउँछ । त्यसैले ऊ ठुलो मान्छे भएको अभिनय गर्छ अथवा उसले मजदुर, जो उत्पादनकर्ता हो, उसलाई दासत्व स्वीकार्य बाध्यता बनाएको हुन्छ ।

    अहिले संसारभर एकाधिकारी पुँजीपतिको शासनको पहुँच विस्तार गरिएको छ । आफूसँग भएको धन कसरी आएको हो ? यो कुराको हिसाबकिताब नगरिकन अर्कालाई दिने र आफ्नो अधिकार जमाउने तर कर्तव्यको ख्याल नगर्ने पुँजीवादी अधिनायकत्व हो । आफूले दिएर ठुलो भएको अभिनय गर्ने पुँजीवाद हो । मालिकबाट लिएर दासत्व स्वीकार गर्नु शोषणमा पर्नु हो । यो पुँजीवादी अधिनायकत्व अस्वीकार गर्ने हो भने आफ्नो वर्गको सङ्गठन बनाएर राजनीतिमा सहभागी हुनपर्छ । त्यसले दासत्व समाप्त पार्न सक्छ किनभने उद्योगधन्दा सरकारी र खेतीकिसानी सहकारी भए उत्पादक वर्ग मालिक बन्ने अवसर मिल्छ अथवा सबै समान हैसियतमा रहनु सम्भव हुन्छ । त्यो काम आफै सजिलै र छिट्टै पूरा हुन सकिँदैन । त्ययसमा लामो समयको कष्टसाध्य र महत्त्वपूर्ण योगदान मिसाउन पर्छ । जनवादी अधिनायकत्वका लागि जनताको मन जित्न पनि लगातारको सम्पर्क इमानदारीताका साथै अध्ययन र व्यवहार पनि चाहिन्छ ।

    समाजमा अधिनायकत्व लागु भइरहेको हुन्छ । अझै हामी अर्धसामन्ती र अर्धऔपनिवेशिक दासत्वभित्र पिल्सिएर रहेका छौँ । पहिले यो दासत्व मिल्काउन जनवादी अधिनायकत्व स्थापना गर्नुपर्छ । जनवादी अधिनायकत्व स्थापना गर्न अनुशासित र मिलिट्यान्ट कम्युनिस्ट पार्टी निर्माण गर्ने पहिलो आवश्यक शर्त हो । दोस्रो मित्र राजनैतिक पार्टी अथवा जनवर्गीय सङ्गठनसँग एकाकार हुने गरी संयुक्तमोर्चा गठन र सञ्चालन गर्नुपर्दछ । तेस्रो आवश्यक शर्त जनसेना हो । जनसेनाको साङ्गठनिक प्रारूप कम्युनिस्ट पार्टीले तयार पारे पनि सङ्ख्या विस्तार र त्यो खर्च धान्न जनताको आन्दोलन उठेको अवस्था हुनुपर्छ । त्यसैका लागि संयुक्तमोर्चा हो ।

    संयुक्तमोर्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा गठन हुनुपर्छ । त्यस्तो अवस्था निर्माण र विश्वासको अवस्थामा पुर्‍याउन कम्युनिस्ट पार्टी वास्तविक माक्र्सवादी–लेनिनवाद र माओत्सेतुङ विचारधाराको सैद्धान्तिक र अव्यावहारिक धरातलमा उभिएर जनताको र मित्रशक्तिको विश्वास जितेको अवस्था हुनुपर्छ । त्यसका लागि लामो राजनैतिक आन्दोलनबाट खारिएको कम्युनिस्ट पार्टीको आवश्यकता पर्दछ । त्यस्ता पार्टीका मजदुरको र किसान प्रतिनिधिको सङ्गठन र सर्वहारा अधिनायकत्व भएको कम्युनिस्ट पार्टी बन्नु र बनाउनुपर्छ । जहाँसम्म अधिनायकत्वको प्रश्न छ, त्यसमा द्विविधा हुनहुन्न, पार्टीमा अवसरवादलाई ठाउँ दिइएको हुनुहुन्न । त्यसो गर्दा कि पुँजीपतिको अधिनायकत्व कायम भएको पार्टी हुन्छ कि सर्वहारा अधिनायकत्व भएको पार्टी हुन्छ । दुवै नभएको अवसरवादीको झुन्डबाहेक अरू केही हुन सक्दैन । अवसरवादीमा दक्षिणपन्थी संशोधनवादी, उग्रवामपन्थी अवसरवादी र मध्यपन्थी ढुलमुले अवसरवादीका विरुद्ध जीवनमरणको सङ्घर्ष गर्नुपर्दछ र गरेकै हुनुपर्छ ।

    समाजमा शान्तिपूर्ण तरिकाबाट समाजवादमा पुग्न सकिन्छ भन्नु हावादारी कल्पना मात्र हो । पुँजीपति वर्गले आफ्नो स्वर्ग सजिलै गुम्न दिन्न । एकातिर, सबै मान्छे एकजुट भएर प्रकृति विरुद्धको सङ्घर्षमा नलागेसम्म सम्पूर्ण नागरिकका आवश्यकता पूरा हुने अवस्था आउन सक्दैन† अर्कोतिर, यी दुबै कुराको निष्कर्ष हो : सर्वहारा वर्गले आफ्नो मुक्तिको लागि जीवनमरणको सङ्घर्ष गर्नैपर्छ । अहिले पनि विश्वमा सैनिक खर्च बढाइरहेका छन् एकातिर र मजदुरलाई रोजगारविहीन वा बेरोजगार बनाएर निम्नतम आवश्यकता पनि पूरा हुन नसकेको अवस्थामा अर्कोतिर करोडौँ जनता सङ्कटमा छन् । त्यसैले पुँजीवादी अधिनायकत्व अथवा सर्वहारा अधिनायकत्वको राजनीति गर्नैपर्ने बाध्यताको अवस्थामा हामी छौँ ।

    समाजमा शान्ति होइन, ध्रुवीकरण बढिरहेको छ र यसको समाधान सशस्त्र सङ्घर्ष गरेर विजयी बनेको सर्वहारा वर्गको अधिनायकत्व कायम गर्नैपर्ने बाध्यता हो । त्यस्तो नभए सशस्त्र सङ्घर्ष गरेर विजयी बन्न तथा बहुमत जनताको साथ र सहयोगमा पुँजीवादी अधिनायकत्व समाप्त पार्न सशस्त्र सङ्घर्षमा उत्रनैपर्ने अवस्था पनि हो । त्यस्तो पनि नभए बहुमत जनताको साथ र सहयोगका लागि जनताको राजनीतिक चेतनास्तर उठाउन र आफूले जनताको विश्वास जित्न मिहिनेत गर्नैपर्ने अवस्था त पक्कै हो । समाजमा शान्ति र समृद्धिको लागि हाम्रा विकल्प पुँजीवाद अधिनायकत्वको ठाउँमा सर्वहारा अधिनायकत्व, पुँजीवादी राज्यसत्ताको ठाउँमा उत्पादक वर्गको राज्यसत्ता, राजनैतिक स्वतन्त्रता र समानताको ठाउँमा आर्थिक स्वतन्त्रता र समानता हुन् । त्यही उद्देश्य शान्तिपूर्ण तरिकाबाट होइन, सशस्त्र सङ्घर्षबाट वर्ग विजयी भएर मात्र हुन सक्छ । 

    माथि वर्णन गरिएका तीनओटै विषय संशोधनवादीका हुन् । उनीहरूले आफूहरूलाई माक्र्सवादी बताएर माक्र्सवादका मूलभूत तत्त्वलाई संशोधन गर्छन् र पुँजीपति वर्गलाई सुहाउने गरेर आफ्नो अवसरवादी स्वार्थमा लागिरहन्छन् । धनबहादुर नाम राखेर धनी नभइए जस्तै, बलबहादुर नाम राखेर बलियो नभए जस्तै माक्र्सवादी नाम राखेर पनि माक्र्सवादी नभइने कुरा पक्का हो । उनीहरूले त्यो नाम जनताको पिछडिएको राजनीतिक चेतनास्तर कायम रहँदासम्म परिवर्तन गर्ने छैनन् तर जतिखेर जनताले धोका पाएको वास्तविकता थाहा पाउने छन्, त्यतिखेर उनीहरूले जनताबिच माफी माग्ने एकातिर र आफ्नो पार्टीको नाम परिवर्तन गर्ने अर्कोतिर गर्ने त छन् नै तर पनि जनताले माफी दिने अवस्था बाँकी रहने छैन किनभने राजनीति जनता झुक्काउने गर्ने काम होइन । त्यसो गरेबापत अरू सजाय माफी गरे पनि योग्यताअनुसार काम गर्ने, कामअनुसार पाएको दामले आफ्ना न्यूनतम आवश्यकता पूरा गर्ने र जनतालाई झुक्काएर आफ्नो नाममा दर्ता गरेका उत्पादनका साधन सबै सरकारी स्वामित्वमा र खेती गर्न जग्गाजमिन ठुलो स्केलमा भए सरकारी फार्ममा तथा सानो स्केलको भए सहकारी खेतीमा मिसाउन भने बाध्य पारिने छ अथवा त्यसैअनुसार दर्ता गरेर उनीहरूको प्रतिरोधलाई हार हुने गरी समाधान गरिने छ ।

    राजनीति नेताको मुक्तिका लागि गरिने प्रयत्न हो । आफू एक्लैको प्रयत्नले केही हुन्न । सामूहिक मिहिनेत परेको वस्तुलाई व्यक्तिगत नाममा दर्ता गर्ने कामलाई अथवा नाफा कमाउने कामलाई माक्र्सले कानुनी डकैती भन्नुभएको कुरा सत्य हो ।

    मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.